कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
वसन्तप्रतात सिंह
पछिल्लो समय ‘इन्भेन्ट’ पत्रकारिताको महत्व घट्दै गएको छ । ‘इन्भेस्टिगेटिभ÷इन डेफ्थ’ रिपोर्टिङको महत्व बढ्दै गइरहेको छ । पत्रकारिता पढ्ने विद्यार्थी अथवा पत्रकारिता गर्दै गरेका प्रायः मा यो खाले चुनौती महसुस भइसकेको छ । क्षमताको विकास, काम र नामसँगै दामको हिसाबमा छन् पत्रकारहरू । उनीहरू साँच्चिकै ‘त्ेन्ट’ पत्रकारिताभन्दा माथि उठ्न चाहन्छन् ।
संयोग नै भन्नुपर्छ, गएको साउन ३२ र भदौ १ गते काठमाडौँमा ‘इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम्’ सम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन भयो । यो न्यू मिडियामा खोजपत्रकारितासम्बन्धी देशकै पहिलो राष्ट्रिय सम्मेलन थियो । जसमा देशभरका खोज पत्रकारहरू, मूलधारे मिडियाका सम्पादक, विदेशी मिडियामा कार्यरत खोजपत्रकार तथा सरोकारवालाहरू सहभागी थिए । विभिन्न जिल्लामा काम गर्दै आएका खोज पत्रकारहरूले सम्मेलनलाई चासोपूर्वक लिएका थिए । खोजमूलक र मल्टिमिडियाको संयोजनलाई मूलधारे मिडियाले कसरी प्राथमिकता दिन्छन् ? र पत्रकारितामा कार्यरत अनि आउने पुस्ताले कसरी अघि बढ्ने ? उनीहरूको चासो थियो ।
सम्पादकहरूबीच ‘इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम्’ सम्बन्धी ‘प्यानल डिस्कसन’ चल्दै थियो । दूरदराजका पत्रकारहरू पनि उत्सुक थिए । नेपालकै ठूलो अङ्ग्रेजी पत्रिका मानिने दि हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमालले नेपालका मूलधारे पत्रिकालाई ‘डे टु डे न्यूज फिल गर्नै सकस भइरहेकोले ‘इन्भेस्टिगेटिभ’ प्राथमिकतामा नपरिरहेको र रिपोर्टरहरू पनि बिट कभरमा नै रमाइरहेका’ भन्नासाथ अधिकांश पत्रकारले नाक खुम्च्याए । जवाफमा उनले भनेका थिए, “हामी (मूलधारे मिडिया) कमोडिटी भएकोले बजार, बजार भनेको पाठक, पाठक पनि त्यो (खोजमूलक स्टोरी खाज्ने) स्टेजमा पुगिसकेको छैन ।’ रिमालले पाठकले खोज्न थालेपछि मात्रै खोजमूलक ‘कन्टेन्ट’ का लागि चेत खुल्ने तर्क दिइरहँदा सहभागीहरूले सम्मेलनबाट अपेक्षाअनुसार खास उपलब्धि पाउन नसकेको गुनासो गरे । प्यानल डिस्कसनका लागि जुन विषयवस्तु थियो, सम्पादकहरूले गहन छलफलमा प्रवेश गरेनन् । एक सहभागीले भने, “सम्मेलन खोजी र मल्टिमिडियाको हैन, त्ेन्टमै बढी केन्द्रित भयो, त्यसमा पनि आशाको केन्द्र मानिएका मूलधार मिडियाका सम्पादक त्ेन्टमै केन्द्रित भए ।” यथार्थमा त्यही भएको थियो । सम्मेलन आयोजक मिडिया फाउन्डेसनको फेसबुक पेजमा गएर पनि भिडियो हेर्न सकिन्छ ।
यो एक उदाहरण हो । जसले नेपाली पत्रकारिताको विद्यमान अवस्थालाई प्रस्ट पारेको छ । खोजी, मल्टिमिडिया र दैनिक घटना रिपोर्टिङको चेपुवामा छ नेपाली पत्रकारिता । प्रविधिको फड्कोसँगै अहिलेको टड्कारो आवश्यकता बनिरहेको ‘इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम्’ नेपालमा कुन अवस्थामा छ भन्ने यथार्थ यो सम्मेलनको ‘प्यानल डिस्कसन’ ले देखाउँछ । मूलधारे पत्रिकाका सम्पादकहरूको भनाइले नै प्रस्ट छ । यदि सम्पादक रिमालले भनेजस्तै विषयवस्तु उठान पाठकको रुचिमा मात्रै भरपर्ने हो भने देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका पछिको चौथो अङ्ग मानिने पत्रकारिताको हैसियत कस्तो रहने ? यसतर्फ मूलधारका मिडियाले नै ध्यान दिन सकेको छैन । आधुनिक जमानामा अगुवाले नै परम्परागत धारणामा अल्झिएपछि पत्रकारितामा नयाँ अभ्यासको अपेक्षा कसरी गर्न सकिन्छ ?
मेरो साथी जब मल्टिमिडियाका लागि एक सञ्चारमाध्यमको समाचार कक्षमा सगौरव छिरे तब चाहेजस्तो वातावरण नपाएर खिस्रिक्क हुँदै आफैँ बाहिरिए । अझै पनि मूलधारका मिडियाहरू उदार बन्न सकेका छैनन् । ६० को दशक यता हो नेपालमा प्रविधिले फड्को मारेको । लगभग १६ वर्षको दौरानमा पनि मिडियाले परम्परागत मान्यतालाई फेर्न सकेका छैनन् । नेपालको पत्रकारितामा नयाँ प्रयोगहरू नभएका भने होइनन् तर जुन गुणस्तर र परिमाणमा हुनुपर्ने हो त्यो भइरहेको छैन । मेहनत गर्छु भन्ने पत्रकारलाई नै पर्याप्त वातावरण छैन । उसलाई गर्नुपर्ने लगानी र जगाउनुपर्ने उत्साह नै देखिन्न ।
भिडियो र दुईचार लाइन ‘टेक्स्ट’ लाई नै मल्टिमिडिया भन्ने भ्रम छ । किन यस्तो भइरहेको छ त ? स्थापित मिडियाकै हालत किन दयनीय ? खोज पत्रकारितामा चासो राख्ने पत्रकारहरू किन निरुत्साहित बनिरहेका छन् ? यसको मुख्य कारण हो, लगानी । क्षमता भएका मिडियाहरू नै लगानी गर्न कन्जुस्याइँ गरिरहेका छन् । अनि उनीहरू नै भनिरहेका छन्, “खोजी समाचार तत्कालैका लागि पाठकको रुचि नै होइन ।”
खोज पत्रकारिता केन्द्र नेपालका सम्पादक शिव गाउँले सार्वजनिकरूपमै भन्ने गर्छन्, “विदे शका पत्रकार आÇनो खोजी पत्रकारितामार्फत बहालवाला राष्ट्रपतिलाई पदच्युत गर्ने क्षमता राख्छन्, हामी नेपालमा कस्तो जर्नालिजम्को ‘प्राक्टिस’ गरिरहेका छौँ, बडो अचम्म छ ।” वास्तविकता यही नै छ । प्रभावकारी रिपोर्टिङ्का लागि लगानी, ‘मेन्टरिङ’ र मैत्रीपूर्ण समाचार कक्षको विकास भई नसक्नुले नेपाली पत्रकारिता सङ्क्रमणकालीन ‘स्टेज’ मै गुज्रिरहनुपरेको छ । परम्परागत ढर्रामै चित्त बुझाइरहेका सम्पादक र व्यापारिक फाइदामात्रै जानेका मिडिया मालिकले गर्दा पत्रकारिताको मर्मले खुट्टा कमाउनुपर्ने स्थिति छ ।
खोजीका लागि समय र अध्ययन आवश्यक हुन्छ । मल्टिमिडियाका लागि इन्टरनेट, टेलिफोन, मोबाइल, ल्यापटप, क्यामेरा, रेकर्डर, ट्राइपडलगायतका महँगा मेसिनरी सामग्री चाहिन्छ । न्यूनतम तलबसमेत पाउन नसकिरहेका पत्रकारका लागि तिनको जोरजाम गर्नु फलामको चिउरा चपाउनुसरह हुन्छ । मिडिया हाउसले ‘कन्टेन्ट’ को आवश्यकता ठानिरहे पनि लगानी गर्दैन । यसले गर्दा ‘इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम्’ गर्छु भनेर पत्रकारितामा प्रवेश गरेको पत्रकार अथवा चाहना बोकेको पत्रकार निराश हुनुको विकल्प छैन ।
यसले गर्दा एकातिर व्यावसायिक पत्रकारिता धरापमा परिरहेको छ भने अर्कातिर पाठक, दर्शक र स्रोताले मिडियालाई मिडिया भन्ने कि नभन्ने चुनौती थपिँदै छ । किनकि आज समाचारको ‘ब्रेकिङ’ फेसबुक, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जालले दिइरहेका छन् । सामाजिक सञ्जालले दिने जानकारी र सूचनाका लागि पाठक, दर्शक र स्रोताले थप कष्ट किन गरुन् ? जुन कुरा मिडिया हाउसका सम्पादक र मालिकलाई पनि थाहा छ । तर, उनीहरू लगानी कसरी बचाउने भन्नेमा मात्रै चिन्तित देखिन्छन् ।
सबै पत्रकार खोज पत्रकारितामा रुचि र दख्खल राख्ने हुँदैनन् । धैर्य, मेहनत र परिश्रमीले मात्रै विशेष खोजीमा बिक्न र टिक्न सक्छन् । जसले समाचार कक्षबाट जहिल्यै पनि मैत्रीपूर्ण वातावरण खोजिरहेका हुन्छन् । तर, मालिक, सम्पादक र केही बिचौलिया सहकर्मीकै सिन्डिकेटले गर्दा अवसर पाउँदैनन् ।
मिडिया हाउसहरूले अब पनि लगानी अभावकै कारण देखाएर पत्रकारितालाई खुम्च्याउनु भनेको ‘अडियन्स’ प्रतिको घात हुन जान्छ । पत्रकारलाई सीमिततामा रुमल्याउनु अर्को घात हो । च्याउसरिका मिडिया हाउसहरूले तत्कालको फाइदाका लागि मात्रै हेर्दा पत्रकार र पत्रकारिताको दीर्घकालीन भविष्यमाथि खेलबाड हुन जान्छ ।
यसैगरी पत्रकारितामा नयाँ पुस्ताको प्रवेश त्यति उत्साहपूर्ण छैन । उत्साह जगाउनका लागि अहिलेको प्रतिस्पर्धासँग भिड्नसक्ने जमात तयार हुनै सकेको छैन । तयार गर्ने वातावरण बन्न सकिरहेको छैन । मौजुदालाई नै कतिपय अवस्थामा आर्थिक, सामाजिक हिसाबले सकस भइरहेको बेला नवप्रवेशी पाउन हम्मे भइरहेको यथार्थ हो ।
यसकारण पत्रकारितालाई हैसियत दिने र उचाइमा लैजाने हो भने मूलधारे मिडियाहरूले पत्रकारिताको ‘प्याटर्न’ फेर्नैपर्छ । प्रतिस्पर्धी बजारमा नयाँपन दिने त्यो तयार गर्नकै लागि पनि फेर्नुपर्छ । मालिकले आर्थिक र व्यवस्थापकीय लगानीमा, सम्पादकले समाचार कक्ष र मेन्टरिङमा, रिपोर्टरले काममा जिम्मेवार र जवाफदेही बन्नैपर्छ । हाम्रो पत्रकारिता व्यक्तिगतरूपमा करियरसँगै जोडिएको भएपनि समाजका लागि ऐना हो । जसमा समाजको वास्तविकता देखिनुपर्छ । वास्तविकता देखाउनका लागि लगानी, धैर्यता र मेहनतको बलियो संयोजन हुनैपर्छ ।
मूलधारका मिडियाहरूले ‘इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिजम्’ लाई ‘अडियन्स’ को बहानामा सामान्यीकरण गरिरहेका छन् ।
मिडियाका मालिक र सम्पादकले लगानी र मैत्रीपूर्ण समाचार कक्षभन्दा पनि नाफामुखी व्यापारलाई ध्यान दिएका छन् ।
नयाँ पुस्ताका लागि परिस्थिति थप जटिल र प्रतिस्पर्धात्मक बन्दै छ ।
(लेखक कान्तिपुर दैनिकका बझाङ रिपोर्टर हुनुहुन्छ ।)
– संहिता, पुस अड्ढबाट
Leave a Reply