भर्खरै :

नयाँ सरूवा रोगलाई परास्त गर्न चीन विश्वस्त तथा सक्षम

पैचिङ, २२ जनवरी
(सीआरआई) । चीनको हु पै प्रान्तको वु हान सहरमा हाल नयाँ कोरोना भाइरसबाट सङ्क्रमित निमोनियाका बिरामीहरू भेटिएका छन् । यसका साथै त्यसको फैलावट पनि भइरहेको छ । जसले चिनियाँ तथा अन्तर्र्राlष्ट्रय समाजको उच्च ध्यानाकर्षण गरेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार जनवरी २१ तारिख राती २४ बजेसम्म चीनका १३ वटा प्रान्तस्तरीय क्षेत्रमा नयाँ कोरोना भाइरसबाट सङ्क्रमित निमोनियाका बिरामीहरूको सङ्ख्या ४४० पुगेको र तीमध्ये ९ जनाको मृत्यु भएको छ । त्यसका अतिरिक्त, जापान, गणतन्त्र कोरिया, अमेरिकालगायत मुलुकहरूमा यस रोगका बिरामी भेटिएका छन् ।
नयाँ वर्षको सुरूमा मानव जातिको सामु एउटा नयाँ सरूवा रोगको चुनौती देखापरेको छ । सर्वसाधारणको सुरक्षा तथा स्वास्थ्यको संरक्षण गर्न चीन सरकारले खुला र पारदर्शीरूपमा समयमै सरूवा रोगको प्रतिरोध तथा नियन्त्रण गरी अन्तर्राष्ट्रिय सहयोगलाई सबल पारेको छ ।
सन् २०१९ को डिसेम्बर ३० तारिख वु हान सहरमा नयाँ खालको निमोनिया भेटिएपछि चीन सरकारले प्रथम समयमै चिकित्सकहरूलाई त्यहाँ पठाएको थियो । एक हप्ताको समयमा मात्र यस भाइरसलाई नयाँ कोरोना भाइरस भएको निश्चित गरेको थियो । यसका साथै यस रोगसम्बन्धी खबर खुला तथा पारदर्शी रूपमा सार्वजनिक भएको छ । अहिलेसम्म नयाँ कोरोना भाइरसबाट सङ्क्रमित निमोनिया लाग्ने कारण थाहा पाइएको छैन । त्यसको फैलावट हुनसक्ने जोखिम छ । तथापि चिकित्सा प्रविधिको विकास तथा अन्तर्र्रािष्ट्रय सहयोग सबल भएको परिप्रेक्षमा मानव जातिले सरूवा रोगको सामना गर्ने दक्षता निरन्तररूपमा बढ्दै आएको छ । नयाँ सरूवा रोगलाई परास्त गर्न चीन सरकार तथा चिनियाँ जनता विश्वस्त तथा सक्षम छन् ।
चीन सरकार तथा चीनका विभिन्न ठाउँ, विभिन्न निकायहरूले त्यसको सक्रिय व्यवहार गरी सर्वसाधारणको ज्यानको सुरक्षा तथा स्वास्थ्यको प्रत्याभूति दिएर उत्पादन तथा जीवनको सामान्य अनुशासनको संरक्षण गरिरहेका छन् ।
राष्ट्रिय स्वास्थ्य आयोगले सरूवा रोगको प्रतिरोध कार्यलाई सबल पारी नयाँ कोरोना भाइरसबाट सङ्क्रमित निमोनियालाई कानुनी सरूवा रोगमध्येको ख प्रकारको भनेर व्यवस्थापन गरेको छ । राष्ट्रिय स्वास्थ्य आयोगले जनवरी २० तारिखदेखि समस्त चीनमा नयाँ कोरोना भाइरसबाट सङ्क्रमित निमोनियाका बिरामीहरूको सङ्ख्या प्रतिदिन रिपोर्ट गर्ने व्यवस्थाको स्थापना गरेको छ ।
वु हान सहरको स्वास्थ्य समितिका प्रमुख फङ हौ फङले जनवरी २१ तारिख बोल्दै अहिले वु हान सहरले कोरोना भाइरसबाट सङ्क्रमित निमोनिया बिरामीहरूका लागि तीन वटा नियमित अस्पतालका ८०० शैय्या मिलाएको र यो रोग लागेका बिरामीहरूलाई निःशुल्क उपचार प्रदान गर्ने जानकारी दिनुभयो ।त्यसका अतिरिक्त, चीनका क्वाङ तुङ, पैचिङ तथा शाङहाईलगायत ठाउँहरूले तुरून्तै प्रतिक्रिया जनाएर नयाँ कोरोना भाइरसबाट सङ्क्रमित निमोनिया अवस्थाको प्रतिरोध गरेका छन् ।
वु हानको स्वास्थ्य समितिका अनुसार, अहिले नयाँ कोरोना भाइरसबाट सङ्क्रमित निमोनिया लागेका चिकित्सक भेटिएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गत चिकित्सक सञ्चालन विभागका उप–प्रमुख च्याउ या ह्वैले यसबारे चर्चा गर्दै सरूवा रोगको प्रतिरोधका लागि अरू गम्भीर कदम चाल्ने बताउनुभयो ।
नयाँ कोरोना भाइरसबाट सङ्क्रमित निमोनिया भेटिएपछि चीन सरकारले समयमै विश्व स्वास्थ्य सङरगठन, सम्बन्धित मुलुक तथा क्षेत्र र हङकङ, मकाउ तथा थाइवान क्षेत्रलाई जानकारी दिनुका साथै त्यसको प्रतिरोधका लागि उनीहरूसँग आदान–प्रदान तथा सहयोग गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *