लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाडौँ, ११ माघ । विचारप्रधान ‘श्रमिक’ साप्ताहिकको २७ औँ, मजदुर दैनिकको २२ औँ र अनलाइन मजदुरको चौथो वार्षिकोत्सवको अवसरमा शनिबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले समाजको परिवर्तनशीलता र परिवर्तनको अवश्यम्भाविताबारे जनतालाई सचेत बनाउन ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र अनलाइन मजदुरले जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले वैचारिक अस्पष्टतालाई विभिन्न प्रकाशनमार्फत स्पष्ट बनाउनुपर्ने कुरामा जोड दिँदै श्रमिक, मजदुर र अनलाइन मजदुरले आस्था र विचारको पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारितालाई व्यापार, नाफा–नोक्सानको विषय बनाउनुहुन्न ।”विचारवान र उत्साहित मानिसले नै समाजमा आमूल परिवर्तन गर्ने चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले त्यस्ता मानिस वैचारिक प्रकाशनको अध्ययन–अन्तरक्रियाबाट सम्भव भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अरूले गर्ने प्रशंसाबाट सजग हुनुपर्छ, आलोचनाले मात्र सही ठाउँमा पु¥याउँछ ।”
बिजुक्छेँले स्वाभाविक गतिमा हुने विकास प्रगति नभएको चर्चा गर्दैै व्यक्तिको मूल्याङ्कन व्यवहारको आधारमा हुनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले तीन वटै सञ्चारमाध्यमलाई शुभकामना व्यक्त गर्दै कामदार जनतालाई सैद्धान्तिक र राजनीतिकरूपमा सचेत र शिक्षित बनाउन आस्थाको पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “श्रमिक साप्ताहिक, मजदुर दैनिक र अनलाइन मजदुर नहुने हो भने नेपालमा संसारका साम्राज्यवादविरोधी आन्दोलनबारे धेरै भ्रम हुने थियो ।”

सांसद सुवालले श्रमिक, मजदुर र अनलाइन मजदुरले नेपालमा समाजवादी प्रचार अभियानलाई व्यापक बनाउन महत्वपूर्ण भूमिका निभाएको बताउनुभयो । उहाँले किसान–मजदुरको राजनीति अघि बढाउनु नै हाम्रा सञ्चार माध्यमको प्रमुख जिम्मेवारी भएको प्रस्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतिगमनविरोधी आन्दोलनमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक आन्दोलनरत सबै राजनीतिक दलको साझा पत्रिका भएको चर्चा गर्नुभयो ।

उहाँले रूसी क्रान्तिमा वोल्शेविक पार्टीको पत्रिका ‘इस्क्रा’ र ‘प्राब्दा’ जस्तै नेपाली क्रान्तिमा श्रमिक, मजदुर र अनलाइन मजदुरले समाजवादी क्रान्तिको पत्रिकाको भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पुँजीपति वर्गले आफ्नो नियन्त्रणका सञ्चारमाध्यममार्फत अनेक थरी भ्रम छरेर क्रान्तिकारी आन्दोलन कमजोर बनाउन खोजिरहेको प्रस्ट पार्दै किसानहरूको रात्रीकालीन कक्षामा पढिने श्रमिक र मजदुर पत्रिका जनताको पत्रिका भएको बताउनुभयो ।
श्रमिक साप्ताहिकका सम्पादक अनुराधा थापामगरको सभापतित्वमा भएको कार्यक्रममा मजदुर दैनिकका प्रकाशक÷सम्पादक नीरज लवजू, सम्पादक विष्णुगोपाल कुसीलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा इन्जिनियर समाज नेपालका अध्यक्ष रवीन्द्र फोजूले नेमकिपाको इतिहास, नेपाल प्राध्यापक समाजका सचिव ई. सुजन माकले अनलाइन मजदुर, डा. राजुभाइ त्यातले ‘मजदुर’ दैनिक, ई. सुनिल दुवालले ‘श्रमिक’ साप्ताहिकबारे चर्चा गर्नुभएको थियो ।
श्रमिक साप्ताहिक २०५० साल, मजदुर दैनिक २०५५ साल र अनलाइन मजदुर २०७३ सालमा आरम्भ भएको हो ।
Leave a Reply