भर्खरै :

विभिन्न जिल्लामा नेमकिपा स्थापना दिवस

भक्तपुर
नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा नेमकिपा मध्यपुर नगर समितिको आयोजनामा शनिबार मध्यपुरमा चोक सभा सम्पन्न भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले संसारमा समाजवाद र पुँजीवादबीच वैचारिक युद्ध चलिरहेकोमा अन्ततः समाजवादी सिद्धान्तले विजय हासिल गर्ने बताउनुभयो ।
नेमकिपाले देशलाई विस्तारवाद र साम्राज्यवादको प्रभावबाट मुक्त गरी देशलाई आत्मनिर्भर बनाउन सङ्घर्ष गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “नेमकिपाको वैचारिक स्पस्टता र नेमकिपाले अँगालेको सिद्धान्तदेखि पुँजीवादी पार्टीहरू तर्सेका छन् । राजनीतिमा मुढेबलभन्दा वैचारिक शक्ति महत्वपूर्ण हुन्छ ।”
विदेशीले निःस्वार्थपूर्वक सहयोग नगर्ने स्पष्ट पार्दै उहाँले सर्तसहितको विदेशी सहयोगले राज्यको ढुकुटी कब्जा गर्नेछ भन्नुभयो ।
उहाँले भन्नुभयो, “ओली सरकारले कम्युनिस्टको नाउँमा पुँजीपतिहरूलाई सेवा गरिरहेको छ । ओली सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारा जनतालाई झुक्याउन चालमात्र हो ।”
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले ओली सरकारले कम्युनिस्ट सिद्धान्तकै बदनाम हुने गरी काम गरिरहेको धारणा राख्नुभयो ।
अमेरिकाले विकासको नाममा आफ्नो राजनैतिक तथा आर्थिक प्रभाव बढाउने तथा चिनियाँ प्रभावलाई क्रमशः घटाउने उद्देश्यले एमसीसीको प्रस्ताव ल्याएको उहाँले स्पष्ट पार्नुभयो ।
एमसीसी पारित भए नेपाल साम्राज्यवादीहरूको युद्धभूमि हुने धारणा उहाँले राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष सूर्यराम थाको सभापतित्वमा भएको उक्त सभामा विक्रम वैद्य, सुरोज प्रजापति, सुनिल प्रजापति, अम्बर दली र सुरेन्द्र थालगायतले बोल्नुभएको थियो ।
काठमाडौँ
नेपाल मजदुर किसान पार्टीको ४६ औँ पार्टी स्थापना दिवसको अवसरमा शनिबार नेपाल क्रान्तिकारी महिला सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा शनिबार महिला भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पार्टी स्थापनाको इतिहासबारे प्रस्ट पार्दै नेमकिपा नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रकाशस्तम्भ हो भन्नुभयो ।
नेमकिपाले स्थापना कालदेखि नै देश र जनताको सेवामा निरन्तर लागिरहेको उल्लेख गर्दै उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा समाजवादको झन्डा फहराउने पार्टी नेमकिपाले गरिरहेको बताउनुभयो ।
नेमकिपाको विचार र सिद्धान्तबाट तर्सेर पञ्चायत कालमा पञ्चहरूले भक्तपुर काण्ड रची नेमकिपालाई समूल नष्ट गर्ने दुष्प्रयास गरेको र अहिले गणतन्त्रमा पनि कम्युनिस्ट भनाउँदा र प्रजातन्त्रवादी भन्ने पार्टीहरूले थ्रेसहोल्ड लगाई दललाई नियोजन गर्न खाजेको आरोप लगाउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका अध्यक्ष मीना महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा रमिता प्रजापति, वन्दना महर्जन, सर्जु महर्जन, यशुमती महर्जनलगायतले बोल्नुभएको थियो ।
कोहलपुर
४६ औँ स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिले शनिबार कोहलपुरमा ¥याली तथा जनसभा ग¥यो ।
जनसभामा नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर वासीले देशको सार्वभौमसत्ता र स्वाधीनता जोगाउन चाहने देशभक्त र स्वाभिमानी जनता एकजुट भई एमसीसी सम्झौताको विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
पैसा दान लिने नाममा एमसीसीको सर्तअनुसार नेपालका सबै ऐन कानुन संशोधन गर्न तयार नेपाली शासकहरूले एक–एक पाइला गर्दै देशको अस्तित्व मेट्न लागेको चर्चा गर्दै केन्द्रीय सदस्य वासीले एमसीसी सम्झौता संसद्बाट पारित गरे पनि संरा अमेरिका सन्तुष्ट नभएको अवस्थामा सम्झौताअनुसारको योजना कुनै पनि बेला रोकिन सक्ने स्पष्ट पार्नुभयो ।
उहाँले लिम्पियाधुरा लिपुलेकलगायत अतिक्रमित नेपाली भूमि फिर्ता लिन र कालापानीबाट भारतीय सेना हटाउन प्रधानमन्त्रीले मुद्दा उठाउन हिम्मत नगरेको उल्लेख गर्नुभयो ।
नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले संसारका जुनसुकै देशमा भएका साम्राज्यवादी अमेरिकी हस्तक्षेपको नेमकिपाले विरोध गरेको छ भन्नुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले कामदार जनताको शासन हुने समाजवादी व्यवस्था स्थापना गर्ने आन्दोलनमा सहभागी हुन आह्वान गर्नुभयो ।
नेमकिपा बाँकेका उपाध्यक्ष गौरीकान्त आचार्यको सभापतित्वमा सम्पन्न जनसभामा सुरेशलाल थारू, अञ्जिरबहादुर शाही, कल्पना थापा र रसिद सिद्धिकीले शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा कलाकारहरू सपना शाही, देवीसरा शाही, दीपशीखा शाही र प्रविणा थापाले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
यसअघि कालिकानगर चोकबाट साझा हँुदै न्युरोड चोकसम्म ¥याली गरेको थियो ।
कलैया
नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा नेमकिपा बारा जिल्ला समितिले शनिबार कार्यकर्ता भेला ग¥यो । भेलामा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष मुक्तिप्रसाद यादवले समाजवादी व्यवस्थामा मात्र कामदार जनताको भलो हुने भएकोले कामदार जनता एक हुनुपर्छ भन्नुभयो ।
किसानहरूको पक्षमा पार्टीले सङ्घर्ष गरेको स्मरण गराउँदै अध्यक्ष यादवले तराईमा किसान आन्दोलन नभएकै कारण किसानहरू पछि परेको हो भन्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी बाराका रेन्जुदेवी साह, सरलमिया जुलाहा, विजय यादव, राजन यादव, मुक्सार अन्सारीलगायतले पार्टी स्थापनापश्चात् पार्टीले गरेको आन्दोलनको विषयमा बोल्नुभएको थियो ।
रत्ननगर
पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा नेमकिपा जिल्ला समिति चितवनको आयोजनामा अध्ययन गोष्ठी कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा चितवनका अध्यक्ष हरिप्रसाद दुवालले पार्टी स्थापना कालदेखि नेमकिपाका नेता–कार्यकर्ताहरूले निरन्तर निःस्वार्थरूपमा देश जनताको सेवा गर्दै आएको बताउनुभयो ।
कम्युनिस्ट भनाउँदा पुँजीवादी पार्टीका नेता र कार्यकर्ताहरूको बोल्ने र गर्ने व्यवहारको ठेगान नहँुदा देश नै भद्रगोलको स्थितिमा पुगेको उल्लेख गर्दै उहाँले संशोधनवाद, अराजकतावाद, अवसरवादी विचारले ग्रस्त नेपाली कम्युनिस्ट आन्दोलनमा नेमकिपाले छुट्टै छवि बनाउँदै आएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ चितवन जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले सोभियत सङ्घ विघटनसम्मको अवस्थामा पुग्नु सोभियत सङ्घको केन्द्रीय समितिमा नै विदेशी गुप्तचरहरूको हावी भएको प्रस्ट पार्नुभयो । लेनिनको नेतृत्वमा सम्पन्न भएको अक्टोबर क्रान्तिले संसारमा नै पहिलो देश रूसमा कामदार जनताको शासनसत्ता समाजवाद स्थापना भएको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका ज्ञानेन्द्र चेपाङले नेमकिपाले प्रतिक्रियावादी सङ्घ संस्थाभित्र छिरेर पनि देश र जनताको सेवा गर्दै आएको बताउनुभयो । कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खन्डन गर्दै, जनतालाई सचेत पार्ने काम नेमकिपाले गरेको छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा विद्यार्थी अर्जुन चेपाङ, पदम मगर, विष्णु शर्मालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *