नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
तुलसी ग्वाछा
विशाल गरिब किसान परिवारमा जन्मे, हुर्के र बढे । आमाको माया र बाबुको प्रेरणाले उनलाई एस.एल.सी. सम्मको पढाइ पूरा गर्ने सुअवसर प्राप्त भयो । गरिबीको कारण आफूले उच्च शिक्षा हासिल गर्न नपाए पनि आफ्ना सन्तानलाई भने कृषि र फुर्सदको बेला मजदुरी गरी राम्रै विद्यालयमा पढाए । आर्थिक अवस्था कमजोर भए तापनि छोराछोरीलाई कहिल्यै अभावको आभास हुन दिएन । छोराछोरीले पनि लगनशील र मेहनतका साथ पढेकाले प्रथम श्रेणीमा उत्तीर्ण गरे । आमाबाबुको इच्छा र छोराको रुचिलाई मनन गरी छोरालाई ख्वप इन्जिनियरिङ्ग कलेजमा पढाए । दुई वर्षपछि छोरीले पनि इन्जिनियर पढ्ने प्रस्ताव राखिन् । बुबाले छोरीलाई सम्झाउँदै भने, “छोरी, दुवै जनालाई इन्जिनियर पढाउन गा¥हो हुन्छ, बरु तिमीले द्यक्ऋ पढ्नू, त्यो पनि त राम्रै विषय हो नि ।”
“बाबाले दाइको पालामा भए पैसा छैन भन्नुभएन, अब मेरो पालामा पैसा छैन भन्नुभयो, है ममी ¤” छोरीको मीठो र तीतो मिश्रित गुनासो आमाले बाबालाई सुनाइन् ।
विशाल धर्म सङ्कटमा परे । एकजनालाई पढाउन त भ्याइनभ्याइ छ, अब दुवैलाई पढाउन त सा¥है गा¥हो भो, बा । यद्यपि विशालले हरेश खाएनन् । ऋण लिएर पढाउने दृढ सङ्कलप गरे । आफ्नो कमाइ छोराछोरीको उज्ज्वल भविष्यको लागि शिक्षामा लगानी उनले गर्नुपर्छ भनी चित्त बुझाए ।
समय बित्दै गयो । अभिभावकको सद््भाव र छोराछोरीको मेहनतले इन्जिनियरको उपाधि हासिल गर्न सफल भयो । दुवै आ–आफ्ना खुट्टामा उभिन सक्षम हुँदा आमाबुबाको मुहारमा खुसीको लहर छायो । आफूले खाइनखाइ खुवाउने आमा र ऋण काढेर पढाउने बाबाको गुणलाई छोराछोरीले कहिल्यै बिर्सेनन् । कहिल्यै बिर्सेनन् ।
Leave a Reply