भर्खरै :

‘श्रमिक र ‘मजदुर’ नेपालको ‘प्राब्दा’

 सुनिल प्रजापति
‘श्रमिक’ साप्ताहिकको २७ औँ र ‘मजदुर’ दैनिकको २२ औँ वार्षिक समारोहमा सहभागी हुन पाउँदा हामी अत्यन्त खुसी छौँ । सर्वप्रथम ‘श्रमिक’ र ‘मजदुर’ पत्रिका निरन्तर प्रकाशन गर्न प्रत्यक्ष र परोक्ष सहयोग गर्ने तमाम मजदुर, किसान, युवा, विद्यार्थी, महिलालगायत सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक धन्यवाद एवम् शुभकामना दिन्छौँ ।
पत्रिका प्रकाशनमात्रै होइन, त्यसको वितरण र आर्थिक व्यवस्थापन त्यत्तिकै चुनौतीपूर्ण हुन्छ । ती सबै चुनौतीहरूको सामना गर्दै कामदार वर्गका जनताको साथ र सहयोगमा आजको अवस्थासम्म ल्याई पु¥याउने सम्पादकमण्डल, प्रकाशक साथी र लेखक साथीहरूलाई धन्यवाद ¤
पहिले ‘श्रमिक’ साप्ताहिक एउटै पत्रिका थियो । टोल–टोलमा साथीहरूले वितरण गर्नुहुन्थ्यो । रात्री कक्षाहरूमा ‘श्रमिक’ मा छापिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय लेख र समाचारहरूबारे छलफल हुन्थ्यो । एउटै पत्रिका धेरैले अध्ययन गर्थे र किसान, मजदुरलाई राजनैतिकरूपमा सचेत पार्ने काम हुन्थ्यो । त्यतिबेला आजको जस्तो ठूलो आकारका व्यवसायिक पत्रिकाहरू धेरै थिएनन् ।
निजी क्षेत्रले मिडियामा लगानी गर्नथालेपछि व्यवसायिक पत्रकारिता अगाडि बढ्यो । ठूलठूला घरानियाँहरू (विग हाउस) ले दैनिक पत्रिका, टीभी, एफएम, अनलाइन पत्रिकामा लगानी गर्न थालेपछि सञ्चारमाध्यम ठूलो व्यापारमा रुपान्तरण हुँदै गयो । पुँजीपति वर्गको लगानी, पुँजीवादी सरकारहरूबाट विभिन्न खालका सुविधा र विज्ञापनहरू पाइरहने हुँदा त्यस्ता ठूला पत्रिकाहरूले पुँजीपति वर्गको सेवा गर्नु स्वाभाविक हो । अझ भनौँ, पुँजीपति वर्गले जनतामा भ्रम फैलाई कामदार वर्गीय आन्दोलनलाई कमजोर पार्न विभिन्न सञ्चारमाध्यमहरूको प्रयोग गरिरहेको हुन्छ । सञ्चारका साधनहरू पुँजीपति वर्गको गलत कामलाई सही ठह¥याउन प्रयोग भइरहेका हुन्छन् । त्यसैले कामदार वर्गीय पार्टीको विचार जनताबीच पु¥याउन आफ्नै सञ्चार साधनको आवश्यक पर्छ । नेमकिपाको विचार, गतिविधि जनताबीच पु¥याउन ‘श्रमिक’ र ‘मजदुर’ दैनिकले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
प्रतिगमनविरोधी आन्दोलनको बेला ‘श्रमिक’ र ‘मजदुर’ ले सरकारको विरोधमा आन्दोलनमा उत्रन साझा पर्चाको काम गरे । नेताहरू ‘श्रमिक’ र ‘मजदुर’ को खोजी गर्नुहुन्थ्यो । सात दल र पाँच दलको बैठकमा निरन्तर वितरण हुन्थ्यो । कति बैठकहरू सुरु हुनुअघि बालुवाटारमा ‘श्रमिक’ को सम्पादकीय र ‘जोराल’ को सम–सामयिक लेख पढेको ताजा स्मरण छ । अहिले पनि ती नेताहरू भेट्दा उहाँहरू सोध्ने गर्नुहुन्छ, ‘श्रमिक’ र ‘मजदुर’ को हालखबर के छ ? हामीले निरन्तर प्रकाशित भइरहेको जानकारी दिँदा उहाँहरू आश्चर्य मान्नुहुन्छ ।
देशभरि राम्रा कार्यकर्ताहरू पुग्न सकेका छैनन् । श्रमिक, मजदुर र अनलाइन मजदुरको माध्यमबाट नेमकिपाको विचार देशमा मात्रै होइन संसारको कुनै पनि देशमा बसेका नेपालीले पनि थाहा पाइरहेका हुन्छन् । हाम्रा पत्रिकाहरू पत्रिकाको रूपमा मात्रै नभई एक राजनैतिक कार्यकर्ताको रूपमा काम गर्दै छन् । ‘श्रमिक’ अध्ययन गरेरै वामपन्थी विचार मन पराएको, नेमकिपाको सम्पर्कमा आएको भन्ने पनि धेरै छन् । बौद्धिक समुदायमा नेमकिपाको विचार प्रस्ट पार्न पनि हाम्रा प्रकाशनहरूले मद्दत पु¥याउँदै आएका छन् ।
राजनीति भनेको सिद्धान्त र विचार हो, आदर्श समाज निर्माण गर्ने दर्शन हो । नेमकिपाले यसलाई जोड दिँदै आएको छ । तर पुँजीवादी सरकारहरूले विचार र सिद्धान्तभन्दा पनि पैसा र संस्थालाई नै जोड दिँदै आएका छन् । उनीहरू निर्वाचनमा पैसा बाँड्ने, भोज खुवाउने, डर, धम्की र त्रास देखाउने र विभिन्न प्रलोभनहरू देखाएर जित्छन् । ती पार्टीहरू आफ्नो निर्वाचन घोषणापत्रअनुसार काम गर्दैनन् । घोषणापत्र र पार्टी नीतिलाई देखाउने दाँतको रूपमा उनीहरू प्रयोग गर्छन् । उनीहरूले सरकारमा जानेबित्तिकै नैतिक, अनैतिक नभनी पैसाको निम्ति जे पनि गर्ने, राजनीतिलाई व्यापार बनाउने काम गरे र गर्दै छन् । यसकारण सरकारमा जाने दलहरू जनताबीच उदाङ्गिए र अझ उदाङ्गिदै छन् । हाम्रा प्रकाशनहरूले सरकारले गरेका हरेक जनविरोधी क्रियाकलापहरूको जनतासामु उदाङ्ग्याउँदै आएका छन् । त्यसैले कति नेताहरू श्रमिक र मजदुरदेखि तर्सन्छन् । तिनीहरूले नेमकिपाको विचारलाई कमजोर पार्न वा बन्द गर्न संसद् र प्रदेशसभामा थ्रेसहोल्ड अर्थात् मत सीमाको व्यवस्था गरे । तर विचारलाई न कानुनले रोक्न सक्छ न पैसा र बलले नै । यो सबैभन्दा शक्तिशाली विचार हो । विचारले निर्देशित गरेपछि समाज र विश्वलाई बदल्छ । यस्तै समाजवादको विचार बोकेर अगाडि बढेको नेमकिपालाई कसैले पनि समाप्त पार्नसक्दैन । २०४५ सालको घटनाले पनि यो कुरा पुष्टि गरिसकेको छ । ‘श्रमिक’ र ‘मजदुर’ प्रतिक्रियावादीहरूको निन्द्रा भङ्ग गर्ने सशक्त हतियार बनेका छन् । त्यसको निरन्तरता अझै आवश्यक छ ।
जनताको अधिकार अतिक्रमण भएमा वा रोक लगाइएमा त्यसको सशक्तरूपमा सङ्घर्ष गर्नु नेमकिपा आफ्नो कर्तव्य ठान्छ । नेमकिपाले वर्तमान सरकारप्रतिको दृष्टिकोण, भारतीय विस्तारवादले गरेको थिचोमिचो र अमेरिकी साम्राज्यवादले इराक, लिवियालगायतमाथि गरेको हस्तक्षेपको विरोध गरी आफ्नो विचार स्पष्ट पार्दै आएको छ ।
२०६१ मा राजा ज्ञानेन्द्रले ‘कु’ गरेपछि हाम्रो प्रकाशन गृहमा सेनाले तालाबन्दी गरे । त्यो बेला पनि प्रकाशन रोकिएन । ‘जन समाचार’ दैनिकको नाउँमा पत्रिकाले निरन्तरता पायो ।
रुसी क्रान्तिपछि नेता स्तालिनले भन्नुभएको थियो, १९१२ को प्राब्दा (सत्य) १९१७ को क्रान्तिको आधारशिला थियो ।
प्राब्दा ५ मई १९१२ मा पहिलो अङ्क प्रकाशित भएको थियो । प्राब्दा बोल्शेभिक पार्टीको महत्वपूर्ण हतियार थियो । त्यो क्रान्तिकारी मजदुरहरूको आफ्नो पत्रिका थियो । ५ मई प्राब्दाको पहिलो अङ्क प्रकाशित भएको दिनलाई मजदुर प्रेस दिवसको रूपमा बोल्शेभिकहरूले मनाउने गर्थे ।
प्राब्दा प्रकाशित हुनुअघि साप्ताहिकरूपमा ज्वेज्दा साप्ताहिक प्रकाशित हुन्थ्यो । त्यहीँ पत्रिकामा लेनिनका अन्तर्वार्ता र भाषणहरू प्रकाशित हुन्थे । दैनिक घटनाहरू, अन्य राजनैतिक विषयहरू दैनिकरूपमा मजदुरसमक्ष पु¥याउन नसक्ने भएपछि दैनिक पत्रिका ‘प्राब्दा’ को सुरु भएको थियो ।
प्रतिक्रियावादीहरूले प्राब्दालाई धेरै पटक बन्द गर्न खोजे । धेरै जरिवाना गर्थे । प्रतिक्रियावादीहरूको त्यस दमनको विरोधमा पनि बोल्शेभिकहरूले रातारात काम गर्थे । कैयौँ पटक जफत भएका पत्रिका पनि मजदुरहरूको हात हातमा पु¥याउँथे ।
त्यस पत्रिकामा मजदुर वर्गमाथि पुँजीपति वर्गले गरेको अन्याय, अत्याचार र दमनका समाचारहरू छापिन्थे । कारखाना मालिकहरूको विरुद्ध मजदुरहरूले गरेको बन्द, हडताल र सङ्घर्षका वर्णनहरू छापिन्थे र आन्दोलनको लागि उत्साहित गरिरहन्थे । साथै किसानहरूमाथि जमिनदारले गरेको दमनका कुराहरू पनि छापेर मजदुर र किसानहरूलाई एकता गर्ने काम पत्रिकाले निरन्तर गथ्र्याे ।
हाम्रा प्रकाशनहरू ‘श्रमिक’ र ‘मजदुर’ सोभियत कालको प्राब्दा भएर निस्कनुपर्छ । श्रमिकमा इराक र लिवियाबारे राम्रो नलेखेको भए कतिलाई भ्रम हुने थियो । राजमोले नै लिवियामाथि गरेको आक्रमणको संसदमा बोलेको थियो । इराकको पनि त्यस्तै थियो ।
एक पटक माओवादीले बजेट अधिवेशन बहिष्कार गरेको थियो । प्रतिपक्षविना संसद चल्न नसक्ने एक जनामात्रै संसदमा बसेर पास गर्न सहयोग गरेको थियो तर खाना भने सबैले त्यही खाने गर्थे । ‘बजेट अधिवेशन बहिष्कार, खाना खान माओवादीहरू संसद भवन’ मा आसयको समाचार दैनिक मजदुर छापेपछि खैलाबैला भयो ।
एक जना संसद्का कर्मचारीले सोध्नुभयो, नेमकिपाका सांसदहरूले बोल्नुभएको कुरा पार्टी कार्यालयमा रेकर्ड हुन्छ रे हो ? हामीले सांसद स्वतन्त्र व्यक्ति नभई पार्टीको प्रतिनिधि भएको र पार्टीको नीतिअनुसार चल्ने भएकोले बोल्ने हरेक विषयमा पार्टीमा छलफल हुने जवाफ दियौँ ।
(श्रमिक साप्ताहिक, मजदुर दैनिक र अनलाइन मजदुरको वार्षिकोत्सको अवसरमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य –सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *