बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
–आरोही श्रेष्ठ
हिजो–आज सहरी र ग्रामीण सबैतिर भर्खर ताती गर्न लागेका शिशुदेखि प्रायः सबै बालबालिकालाई खेलौना वा समय कटाउने साधनको रूपमा अभिभावकहरूले मोबाइल थमाएको देख्छौँ ।
अझ कतिपय आमाहरू त घमण्ड नै गर्छन् – हाम्रो बाबु÷नानी त मोबाइलमा कार्टुन फिल्म नदेखाई खानै खाँदैन । बच्चाको अगाडि प्लेटमा खाना । आँखा र ध्यान भने मोबाइलमा । मोबाइलमा देखाइन्छ, कार्टुन वा गीत । आजकाल बच्चालाई यसरी खाना खुवाइन्छ । बालबालिकाको क्षेत्रमा काम गरिरहेका विज्ञहरूको चिन्ता छ, ‘हाम्रा बाबुनानी मोबाइल वा टीभीबिना रहनै नसक्ने भए । बालबालिकालाई अभिभावकले एडिक्ट बनाइरहेका छन् ।’
विकसित देशहरूमा अहिले निश्चित उमेर नभइकन मोबाइललगायत साधन दिन नपाइने कानुन लागू गर्न थालिएका छन् । ती देशमा गरिएका कैयौँ अध्ययन र अनुसन्धानहरूले बालबालिकाको संवेगात्मक विकासमा मोबाइललगायत इलेक्ट्रोनिक्स साधनहरूभन्दा बाल साहित्यसम्बन्धी पुस्तक बढी उपयोगी सावित भएका छन् । हामी भने बालबालिकालाई मोबाइलको एडिक्ट किन बनाउँदै छौँ ?
Leave a Reply