नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
कोलम्बो, ११ माघ (रासस÷एएफपी) । मुलुकको गृहयुद्धमा जीवन गुमाएका हजारौँ व्यक्तिको मृत्यु प्रमाणपत्र प्रमाणीकरणपछि मात्र दिइने राष्ट्रपति गोताबाया राजापाक्षले बताउनुभएको छ । उहाँले यसै हप्ता युद्धमा बेपत्ता सबै जनाको मृत्यु भएको बताउनुभएको थियो ।
राष्ट्रपति गोताबाया राजपाक्षेले एक विज्ञप्तिमार्फत् हराएकाहरू वास्तवमा युद्धमा मारिएका बताउनु भएको थियो । तर यसले पिडित परिवार र आफन्तलाई सरकारले बेपत्ता प्रियजनलाई के भयो भनेर सम्बोधन नगरी मुद्दा बन्द गर्न लागेको भनी चिन्तित बनाएका समाचारपछि राजपाक्षेको यो भनाइ आएको हो ।
“आवश्यक अनुसन्धान गरिसकेपछि राज्यले मृत्यु प्रमाण पत्र जारी गर्नेछ र परिवारलाई उनीहरूको भविष्यलाई यथासम्भव सहज बनाउन आवश्यक सहयोग पु¥याउने कदम चाल्नेछ,” राजापाक्षेको कार्यालयले जनाएको छ ।
श्रीलङ्कामा लामो पृथकतावादी युद्धमा हजारौँ मानिस हराएको सम्भावनालाई श्रीलङ्काको राष्ट्रपतिस्तरबाट पहिलो पटक स्वीकारिएको हो । सन् २००९ मा युद्ध अन्त्य भएको घोषणा गरिएको थियो तर युद्धमा कति मारिएका थिए र कति बेपत्ता थिए भन्नेबारे राष्ट्रपतिद्वारा यसअघि उल्लेख गरिएको थिएन तर शुक्रबार सार्वजनिक तथ्याङ्कमा हराएका भनी राज्यमा दर्ता गरिएका व्यक्तिको सङ्ख्या २३ हजार ५०० देखाइएको छ । तीमध्ये पाँच हजार सुरक्षाकर्मी रहेका थिए ।
राष्ट्रपति राजापाक्ष र श्रीलङ्काका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गरबीचको छलफलपछि राष्ट्रपतिको कार्यालयले बेपत्ताको सूचीमा रहेका अधिकांश नागरिक लिबरेशन टाइगर्स अफ तमिल इलम (एलटीटीई) ले भर्ती गरेका लडाकू रहेको उल्लेख गरिएको छ ।
Leave a Reply