नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
विज्ञानलाई हालसम्म थाहा नै नभएको एउटा भाइरसले चीनमा अहिले फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको छ र त्यो रोग विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ ।
मध्य चीनको वुहान सहरमा डिसेम्बरमा पहिलोपटक देखा परेको कोरोनाभाइरसको सङ्क्रमणका कारण २५ जनाको ज्यान गएको खबर प्राप्त भएको छ ।
यो भाइरसले सयौँ जनालाई सङ्क्रमित तुल्याइसकेको छ र विज्ञहरूले त्यो सङ्ख्या अझै बढिइरहने बताइरहेको छ ।
बिरामीलाई निमोनिया गराउने नयाँ भाइरस विश्वभरिका स्वास्थ्य अधिकारी तथा विज्ञहरूका लागि चिन्ताको विषय हो । त्यसैले उनीहरू उच्च सतर्कताको अवस्थामा छन् ।
तर के यो कोरोनाभाइरस सङ्क्रमण आज देखिएर भोली नै हराउँने खालको हो वा अझ खतरनाक कुनै रोग वा महामारीको पहिलो लक्षण हो ?
विश्व स्वास्थ्य सङ्गठन के भन्छ ?
विश्व स्वास्थ्य सङ्गठनले अहिले देखिएको नयाँ भाइरसको सङ्क्रमण चीनको लागि सङ्कटकाल भए पनि त्यो बाँकी विश्वका लागि त्यस्तो नभइसकेको बताएको छ ।
जिनिभामा दोस्रो दिनको बैठकपछि डब्लूएचओले चीनमा कोरोनाभाइरस सङ्क्रमण रोक्न चालिएका कदमहरूको चर्चा गर्दै त्यो विश्वका अन्य देशहरूमा सीमित मात्रामा मात्रै देखिएको बताएको छ ।
बीबीसीकी विश्व स्वास्थ्य संवाददाता टुलिप मजदुर भन्छिन्, “प्रारम्भिक अध्ययनअनुसार यो भाइरस सरेका व्यक्तिहरूबाट निकै कम मानिसमा भाइरस सरिरहेको देखिएको छ । सङ्क्रमितमध्ये एकचौथाइको मात्र ज्यान गइरहेको छ ।”
उनका अनुसार विज्ञहरूको अहिलेको निष्कर्ष के हो भने यो प्राणघातक भाइरस होइन ।
चीनमा यो भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । अन्य एसियाली देश र अमेरिकामा पनि यो भाइरस पुगिसकेको छ । जापानमा दोस्रो सङ्क्रमितको उपचार भइरहेको घोषणा गरिएको छ ।
यो भाइरस के हो ?
चिनियाँ अधिकारीहरूका अनुसार पछिल्ला सङ्क्रमण कोरोनाभाइरसका कारण भइरहेका छन् । यस क्रममा देखिएका धेरैमध्ये ६ वटाले मात्र मानिसहरूलाई सङ्क्रमित तुल्याइरहेका छन् ।
अहिले देखिएको नयाँ थपिँदा ती भाइरसको सङ्ख्या सात पुग्न जान्छ ।
सन् २००२ मा सार्स भन्ने भाइरसको महामारीले झन्डै आठ हजार एक सय जनालाई सङ्क्रमित तुल्याएको थियो । तीमध्ये सात सय ७४ जनाको ज्यान गयो ।
वेलकम ट्रस्ट नामक संस्थाकी डक्टर रोजी गोल्डिङको भनाइमा “सार्सको बलियो स्मृति अझै बाँकी नै छ र अहिले देखिएको त्रास त्यसैको एक प्रभाव हुनसक्छ ।”
तर अहिले चिकित्सकहरू यस्ता सङ्क्रमणसँग जुध्न धेरै नै तम्तयार भइसको उनले बताइन् ।
लक्षणहरू कस्ता हुन्छन् ?
कोरोनाभाइरसको सङ्क्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ । केही हप्तापछि सास फेर्न गा¥हो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ । तर कैयौँ अवस्थामा यस्ता लक्षण नदेखिएका बिरामीमा पनि भेटिने गरेको विज्ञहरू बताउँछन् ।
एडिनबरा विश्वविद्यालयका प्राध्यक मार्क वुलहाउसका अनुसार अहिले देखिएका बिरामीमा रुघाखोकीको जस्तै लक्षण देखिन्छन् र त्यो चाहिँ चिन्ताको विषय हो ।
तर यो सङ्क्रमण सार्सको सङ्क्रमण जति गम्भीर प्रकृतिको नहुने उनको भनाइ छ ।
यो कति घातक छ ?
कोरोनाभाइरसको सङ्क्रमणका कारण अहिलेसम्म २५ जनाको ज्यान गएको छ । त्यो भनेको जम्मा सङ्क्रमितको तीन प्रतिशत मात्रै हो ।
तर यो सङ्क्रमण प्राणघातक बन्न केही समय लाग्ने भएकोले ज्यान जानेको सङ्ख्या अझै बढ्ने भय व्यक्त भइरहेका छन् ।
अहिले सम्म ८३० जना सङ्क्रमित भएका विवरण प्राप्त भएका छन् । त्यसमाथि चिकित्सकहरूले थाहै नपाएको सङ्क्रमण कति छ भन्ने अझै प्रस्ट भइसकेको छैन ।
यो कहाँबाट आयो ?
नयाँ भाइरसहरू जुन बेला पनि देखिइरहन्छन् । उनीहरू एउटा प्रजातिबाट फरक बन्दै मानव शरीरमा प्रवेश गर्छन् ।
नटिङ्घम विश्वविद्यालयका भाइरसविद् प्रोफेसर जोनाथन बलको भनाइमा “अहिले देखिएको भाइरस यदि कोरोनाभइरस हो भने त्यो कुनै जनावरको खोरबाट आएको हुनुपर्छ ।”
सार्स भाइरस वनमा पाइने सानो बिरालोबाट मानवमा प्रवेश गरेको थियो ।
सन् २०१२ तिर मध्यपूर्वमा देखिएको मेर्स सार्ने भाइरस चाहिँ उँटबाट मानिसमा सरेको थियो । त्यसले सङ्क्रमित झन्डै तीन हजारमध्ये आठ सय ५८ जनाको ज्यान लिएको थियो ।
कुन जनावर ?
विज्ञहरू भन्छन् एक पटक जनावरको खोर र तिनलाई राखिने स्थानको खोजी गरियो भने समस्याको जरो थाहा पाउन सजिलो हुन्छ ।
कोरोनाभाइरस चाहिँ वुहान सहरको समुद्री माछा होलसेल बजारबाट आएको हुन सक्ने अनुमान गरिएको छ ।
कसरी सर्छ ?
चिनियाँ स्वास्थ्यविद् भन्छन्, यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्नसक्छ ।
कोरोनाभाइरसको यो नयाँ सङ्क्रमणका कारण मानिसमा श्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्छ । विज्ञहरूले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन भिडभाडयुक्त स्थानमा नजान, साबुनले हात धोइराख्न र बाहिर निस्किदा मास्क लगाउन सुझाव दिएका छन् ।
ज्वरो र रुघाखोकी लागेमा सावधान रहन र चिकित्सकको परामर्श लिनुपर्ने उनीहरूको सुझाव छ ।
बीबीसी नेपाली सेवा
Leave a Reply