‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
भक्तपुर, ११ माघ । श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको २०७६÷२०७७ को अर्ध–वार्षिक समीक्षा बैठक सम्पन्न भयो ।
कार्यक्रममा सञ्चालक कोषाध्यक्ष नारायणप्रसाद लागेले आ.व.को अवधिमा संस्थामा आबद्ध महिला १८९८ जना, पुरुष १६६५ जना गरी जम्मा सदस्य ३५६३ जना र बाल सदस्य ६०३ जनाबाट कुल शेयर पँुजी रु.३,४६,४१,३००।, कुल निक्षेप रु.३२,८५,८९,५१३।– जगेडा कोष, अन्य तथा दायित्व रु.३,८६,३९,११६।– समेत गरी कुल रु.४०,१८,६९,९२९।– को कारोबार भएको जानकारी दिनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष गणेशभक्त सितिखु र निवर्तमान अध्यक्ष मदन खाताखोले आर्थिक प्रतिवेदन र संस्थाको गतिविधि तथा आगामी कार्यक्रमबारे सामाजिक, आर्थिक एवम् राजनैतिक उद्देश्य र सम्बन्ध कायम राख्दै सदस्यहरूलाई आर्थिक सन्तुष्टी प्रदान गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष गणेशलाल फोजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा सञ्चालक उपाध्यक्ष एवम् ऋण उपसमिति संयोजक बिकुलाल सुवालले ऋण र सचिव पुण्यराम दुवालले संस्थाको गतिविधि तथा नीतिगत निर्णय सम्बन्धमा जानकारी दिनुभयो । संस्थाका संस्थापक सदस्यहरू विकुनारायण चोकामी र गोविन्दराम त्वानावासुले प्रतिवेदनमाथि विभिन्न सुझाव दिनुभयो ।
Leave a Reply