भर्खरै :

इमानदार नभएरै भ्रष्टाचार बढ्यो

– गोपाल नगरकोटी
कुनै पनि कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता या सदस्यहरू सिद्धान्त र विचार पालना गर्छन् । सिद्धान्त र विचार बोकेर जनताको घर आँगनमा पुग्छन्, जुट्छन् र जनतालाई प्रशिक्षित पार्छन् या सुसूचित पार्छन् । यो प्रत्येक कम्युनिस्ट पार्टीको दायित्व हो । नेता तथा कार्यकर्ताले सिद्धान्त र विचारको पालना गर्दैनन् भने पार्टीले जस्तो आचारसंहिता जारी गरे पनि तिनीहरू सच्चा कम्युनिस्ट हुँदैनन् । कम्युनिस्ट नेता तथा कार्यकर्ताहरू असल नागरिक बन्नुपर्छ भन्नेमा कसैलाई भ्रम छैन । तिनीहरू अनुशासित, निःस्वार्थ, इमानदार, देशभक्त, नैतिकवान, चरित्रवान, कर्तव्यपरायण, जिम्मेवार तथा देश र जनताप्रति समर्पित हुनुपर्छ भन्ने कुरा पनि निर्विवाद छ । यस्ता चरित्रवान र असल नागरिक कम्युनिस्ट पार्टीको मात्र होइन हरेक दलका नेता तथा कार्यकर्ता हुनुपर्छ ।
कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार बोकेका कुनै नेता तथा कार्यकर्ताहरू असल बन्नुपर्छ । कम्युनिस्ट पार्टीका असल नेता तथा कार्यकर्ताले मात्र सिद्धान्त पालना गर्छन्, सिद्धान्तलाई व्यवहारमा लैजान उनीहरू अघि बढ्छन् । कम्युनिस्टको सिद्धान्त र विचार पालना गर्नु नै प्रत्येक कम्युनिस्ट सदस्यहरूको जिम्मेवारी हो । पार्टीले मार्गदर्शक सिद्धान्त र विचारअनुसार राजनीति गर्ने हो । यदि त्यसो गरिँदैन भने जति बुँदा आचारसंहिता सार्वजनिक भए पनि त्यसको कुनै तुक हुनेछैन । प्रत्येक कम्युनिस्ट सदस्यहरू इमानदार भएका भए नेकपाले सरकारको नेतृत्व गर्नेबित्तिकै देशमा दुईतिहाइ भ्रष्टाचार हट्नुपर्ने थियो, गरीबि घट्नुपथ्र्यो, हत्या हिंसाका घटना घट्नुपथ्र्यो । तर, त्यस्तो सङ्केत देखिएको छैन ।
सिद्धान्त, विचार र आचारसंहितालाई देखाउने दाँत बनाउनु हुँदैन । ती सबै पालना गर्न हो, लागू गर्न हो । नेकपाले आचारसंहिता लागू गर्नुको अर्थ नेकपाभित्र धेरै विकृति र विसङ्गति भएरै हो । सिद्धान्त र विचार भाँचकुँच गरेर मनपरी कार्य गरेकोले आचारसंहिता चाहिएको हो । नेकपाका नेता तथा कार्यकर्ताहरूमा ठूला र शक्तिशाली सरकारको अभिमानीको पारोमात्र चढेको होइन उनीहरू भ्रष्ट आचरणमा फसे, अनियमित काम गर्न अग्रसर भए । सामाजिक आचरण नाघेर आपराधिक क्रियाकलापमा संलग्न भएपछि ती नेता तथा कार्यकर्ताहरू कसरी सच्चा हुन्छन् ? पदको दुरूपयोग गरेर अकुत सम्पति कुम्ल्याउने, विकासको रकम आम्दानीको स्रोत बनाउने नेता तथा कार्यकर्तालाई नेकपाको आचारसंहिताले छुँदैन । आचारसंहिता लागू भए पनि तिनीहरूले पार्टीमा लागेर देश र जनताको सेवा गर्नुभन्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरकानुनी संस्थाभित्र पसेर अकुत सम्पति कमाउन छोड्ने छैनन् । आचारसंहितामा सम्पतिको सीमा, विदेशमा सम्पति राख्न नपाउने आदि उल्लेख भएको भए जाती हुन्थ्यो नि होइन र ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *