तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १२ माघ । नेमकिपाको ४६ औँ स्थापना दिवसको अवसरमा नेमकिपा चाँगु २ वडा एकाइ समितिको आयोजनामा सोमबार दोखातिलामा कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले नेमकिपाले स्थापनाका आधारहरूबारे प्रस्ट पार्दै भक्तपुरको किसान आन्दोलनमा नेमकिपाको योगदान अविस्मरणीय छ भन्नुभयो ।
भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरूद्ध पार्टीले स्थापनाकालदेखि सङ्घर्ष गर्दै आएको चर्चा गर्दै उहाँले भन्नुभयो, “शोषणविरूद्धमा हुने हरेक आन्दोलनमा नेमकिपाले ऐक्यबद्धता व्यक्त गर्दछ । नेमकिपाले बडा राष्ट्र अहङ्कारवाद र अन्धराष्ट्रवादको विरोध गर्दै आएको छ ।”
मिलेनियम च्याजेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन भए नेपाल साम्राज्यवादीहरूको युद्ध मैदान हुने भएकोले यसको विरूद्ध सम्पूर्ण जनता एकजुट हुनुपर्छ, उहाँले भन्नुभयो ।
गणेशराम सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा तुलसा कार्की, लक्ष्मी कार्कीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply