भर्खरै :

अवकास प्राप्त शिक्षिका थापाको बिदाइ

भक्तपुर, १२ माघ । गणेश मावि भार्वाचोमा ३२ वर्षदेखि अनवरत अध्यापनरत अनिवार्य अवकास प्राप्त शिक्षिका विमला थापा (तुल्सी) को आइतबार बिदाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाले विद्यालयको विकासमा समर्पित शिक्षक–शिक्षिकाहरूको महत्वपूर्ण भूमिका रहने चर्चा गर्दै शिक्षकहरूको सक्रियता, लगनशीलता र जागरुकताले नै देशमा असल नागरिक तयार हुने बताउनुभयो ।
शिक्षिका विमला थापा (तुल्सी) ले झन्डै चार दसक शिक्षण पेशामा रहेर शिक्षाको विकासमा योगदान पु¥याएझैँ अवकास प्राप्त जीवनमा पनि समाजको विकासका लागि योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, विद्यालयका सल्लाहकार लक्ष्मीनारायण राजलवट, विव्यसका पूर्वअध्यक्ष कृष्णबहादुर दुगुजू, सहायक प्रधानाध्यापक गणेशराम थुसाले शिक्षिका थापाले विद्यालयको विकासका लागि गर्नुभएको योगदानको चर्चा गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद याकामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षिका सुशिला न्याइच्याई, विद्यार्थी हित समिति एकाइ समितिका अध्यक्ष सोनी दोङले पनि बोल्नुभएको थियो ।
अवकास प्राप्त शिक्षिका थापालाई अध्यक्ष खर्बुजाले दोसल्ला ओढाइ सम्मान गर्नुका साथै प्रशंसापत्र र मायाको चिनो प्रदान गर्नुभयो भने शिक्षक–शिक्षिका र विद्यार्थीहरूले पनि मायाको चिनो प्रदान गरी बिदाइ गर्नुभयो ।
२०३७ सालदेखि अध्यापन क्षेत्रमा होमिनुभएका शिक्षिका थापाले सिरुटार मावि र तारा मावि हुँदै २०४४ सालदेखि हालसम्म गणेश मावि भार्वाचोमा नेपाली विषय अध्यापन गराउनुभएको थियो । कर्तव्यनिष्ठ र विद्यार्थीका प्रिय शिक्षिका थापा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका सदस्य पनि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *