कृत्रिम बौद्धिकताबारे तालिम सम्पन्न
- जेष्ठ १०, २०८३
ललितपुर, १३ माघ । शैक्षिक प्रगतिको उदाहरण बनेको भक्तपुरका ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका सफलताको सृङ्खलामा अर्को एउटा सफलता थपिएको छ । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको सिभिल इन्जिनियरिङ विद्यार्थी समाज नेपाल (CESS-Nepal)ले आयोजना गरेको ११ औ“ राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता २०७६ (11th National Civil Engineering Exhibition Cum Competition-2076) मा ख्वप इन्जिनियरिङ कलेज सिभिल इन्जिनियरिङ विभाग चौथो वर्ष प्रथम सेमेस्टर (२०७३ समूह) प्रथम हुन सफल भएको छ । समूहमा विद्यार्थीहरू शिवहरी पोखरेल, प्रमेश भैल, नीरज सुवाल, सोमराज तामाङ र सुवर्ण केसी सामेल हुनुहुन्थ्यो । उहाहरूले बनाउनुभएको हाइड्रो कायनेटिक इनर्जी नामक मोडेलले प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका विभिन्न कलेजहरूको २५ वटा मोडेल सहभागी थिए ।
प्रतियोगितामा ख्वप कलेज अफ इन्जिनियरिङ सिभिल इन्जिनियरिङ शैक्षिक कार्यक्रम तेस्रो वर्ष प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू विवेकराज पराजुली, वसन्त भट्ट, कल्याण काराखेती, नवीन अधिकारी र नेमिका सचिनको समूहले तयार पारेको “Seismic Effect on Structure-Earthquake Simulator” नामक मोडेलले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
त्यसैगरी इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसकै आयोजनामा भएको LOCUS 2020, 17th National Technological Festival मा ख्वप कलेज अफ इन्जिनियरिङ कम्प्युटर इन्जिनियरिङ विभागको तेस्रो वर्ष प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको समूह प्रथम भएको छ । समूहमा लक्की सिङटोन श्रेष्ठ, आयुष मुस्याजू र प्रसुन चित्रकार सामेल हुनुहुन्थ्यो । समूहले तयार गरिएको Android based Tourism apps n] “Tourism” category मा प्रथम स्थान हासिल गर्न सफल भएको हो । जम्मा १३ वटा समूहको सहभागिता रहेको सो प्रतियोगितामा उत्कृष्ट ५ मा प्रतिस्पर्धा गरी २०७६ माघ १२ गते सम्पन्न अन्तिम चरणको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको हो । प्रतियोगिता माघ १० गतेदेखि माघ १२ गतेसम्म सञ्चालन भएको थियो ।
Leave a Reply