भर्खरै :

चीनले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्नेमा विश्व स्वास्थ्य सङ्गठन विश्वस्त

पेइचिङ, २८ जनवरी
(सिन्ह्वा) । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोभ घेब्रेयेसुसले चीनले नोवल कोरोना भाइरसको सङ्क्रमणको महामारीलाई नियन्त्रण गरेरै छाड्ने विश्वास व्यक्त गर्नुभएको छ ।
चीनको राजधानी पेइचिङमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङसित जन बृहत् सभा भवनमा भेटवार्तापछि पत्रकारहरूका जिज्ञासाको जवाफ दिँदै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
उहाँका अनुसार उहानमा नयाँ कोरोना भाइरसबाट सङ्क्रमित निमोनिया भएदेखि चीनले सबैभन्दा छोटो समयमा रोगको पहिचान गरी विश्व स्वास्थ्य सङ्गठन तथा अरू देशहरूसँग भाइरसको पूर्ण जीन अनुक्रम जानकारी बाँडेको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र चीन सरकारले यस महामारीको रोकथाम तथा नियन्त्रणमाथि उच्च महत्व दिँदै महामारीको प्रसारलाई रोक्नका लागि सकेसम्म प्रभावकारी कदम चालेको छ । चीनको दक्षता र प्रभावकारी कदमप्रति महानिर्देशक टेड्रोसले सम्मान व्यक्त गर्नुभएको छ । विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय जगतले चीन सरकारको कदममाथि उच्च प्रशंसा गर्नुका साथै महामारीको रोकथामका लागि चीनले धेरै प्रयास गर्न धन्यवादज्ञापन गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले चीनसँग सहयोगलाई सबल पारी चीनको मागअनुसार सक्दो प्रयासमा आवश्यक समर्थन गर्ने इच्छा राखेको छ ।
महाप्रनिर्देशक टेड्रोसका अनुसार, केही देशले चीनबाट स्वदेशी नागरिक फिर्ता लाने आशा व्यक्त गरेको अवस्थामा विश्व स्वास्थ्य सङ्गठनले ध्यान दिनुका साथै समर्थन गर्दैन । वर्तमान परिस्थितिमा शान्ति कायम राख्नुपर्छ । विश्व स्वास्थ्य सङ्गठनले चीन सरकारको क्षमताप्रति विश्वास गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले वस्तुगत तथा निष्पक्ष अडान लिएर चीनका कदममाथि सकारात्मक मूल्याङ्कन गरेकोमा चीनले प्रशंसा गरेको चिनियाँ विदेशमन्त्री वाङ यीले बताउनुभयो । मन्त्री वाङका अनुसार, सो अवधिमा महानिर्देशक घेब्रेयेसुसले चीनको भ्रमण गरेर चीनलाई समर्थन व्यक्त गर्नुका साथै चीन र विश्व स्वास्थ्य सङ्गठनको सहयोगको प्रवद्र्धनलाई पनि शक्ति थपेको छ । यो भ्रमणद्वारा महाप्रबन्धकले महामारीको विरोध गर्न चीन सरकार र जनताको दृढ अठोट तथा विचारको अनुभव गर्ने विश्वास छ ।
चीनले खुला तथा स्पष्ट धारणा लिएर विश्व स्वास्थ्य सङ्गठनलगायत अन्तर्राष्ट्रिय जगतसँग निरन्तररूपमा सहयोगलाई सबल पारी अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य कार्यमा प्रयास गर्ने इच्छा राखेको मन्त्री वाङले बताउनुभयो ।
चिनियाँ राज्य परिषद्का सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले जनवरी २८ कै दिन पेइचिङमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोभ घेब्रेयेसुससँग भेटवार्ता गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *