भर्खरै :

स्ववियुको कम्प्युटर तालिम सम्पन्न

भक्तपुर, १४ माघ । स्वतन्त्र विद्यार्थी युनियन भक्तपुर बहुमुखी क्याम्पसद्वारा सञ्चालित २० दिने बेसिक ट्याली र ग्राफिक्स कम्प्युटर तालिम सोमबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेलले स्ववियुले गर्दै आएको गतिविधि समयसापक्ष प्रशंसनीय रहेको बताउनुभयो ।
विद्यार्थीहरुको व्यक्तित्व विकासका निमित्त विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्दै आएकोमा स्ववियुलाई धन्यवाद व्यक्त गर्नुभयो । सौद्धान्तिक ज्ञान प्राप्त गरेर नहुने साथसाथै व्यवहारिक ज्ञान पनि उतिकै हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । हामी व्यवहारमा जति कुशल रह्यौँ उतिकै हाम्रो जीवन सफल हुने बताउँदै, तालिमअवधि हासिल गरेका ज्ञानहरुलाई व्यवहारिक रुपमा लागू गर्नुहुन अनुरोध गर्दै उहाँले सम्पूर्ण विद्यार्थीलाई शुभकामना व्यक्त गर्नुभयो ।
तालिमका प्रशिक्षक बाल कृष्ण बनमालाले आजको शताब्दी सूचना प्रविधिको युगको रूपमा विकसित हँुदै आएको बताउनुभयो ।
भक्तपुर क्याम्पसका स्ववियुका अध्यक्ष दिनेश खड्गीले हालसम्म स्ववियुले गर्दै आएको गतिविधिहरुबारे प्रस्ट पार्नुभयो । स्ववियु भनेको विद्यार्थीहरुको लागि एउटा मञ्चको रूपमा रहने हुँदा उक्त मञ्चमा प्रस्तुत हुने जिम्मेवारी विद्यार्थीहरुकै रहेको बताउनुभयो । विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा पनि जानकार रहनुपर्ने बताउनुभयो । आजको युगमा जोसँग धेरै सूचना रहन्छ त्यो नै सबैभन्दा शक्तिशाली रहने कुरामा जोड दिनुभयो । कार्यक्रममा तालिममा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र पनि वितरण गरियो । उक्त कार्यक्रमको सञ्चालन विद्यार्थी सार्थी विनिस लुबंजारले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *