भर्खरै :

पहिलो अन्तर्राष्ट्रिय मार्शल आर्ट्स हाप्किडो सेमिनार सम्पन्न

पोखरा, १३ माघ । नेपाल मार्शल आट्स हाप्किडो सङ्घको आयोजनामा पर्यटकीय नगर पोखराको रङ्गशालामा आइतबार पहिलो अन्तर्राष्ट्रिय मार्शल आर्टस् हाप्किडो सेमिनार सम्पन्न भएको छ । सेमिनारमा अमेरिकाका ग्राण्डमास्टर हि क्वान लि, अष्ट्रियाका ग्राण्डमास्टर गेरहार्ड अग्रीज, इरानका पुलिस हेडमास्टर जफार नभेइ र स्पेनका मास्टर सल्भाडोर कभालेरोले आत्मरक्षासम्बन्धी विशेष प्राविधिक कला खेलाडी तथा प्रशिक्षकहरूलाई प्रशिक्षण दिइएको थियो ।
सोही अवसरमा प्रशिक्षणमा सहभागी भएका सफल खेलाडी तथा माघ ४ र ५ गते पहिलो राष्ट्रिय रेफ्री सेमिनारमा सफल रेफ्री तथा प्रशिक्षकहरूलाई ग्राण्ड मास्टरहरूबाट प्रमाणपत्र प्रदान गरियो । गण्डकी मार्शल आटर््स हाप्किडो सङ्घ र कास्की मार्शल आटर््स हाप्किडो सङ्घको संयुक्त व्यवस्थापनमा आयोजित समापन कार्यक्रममा नेपाल मार्शल आर्टस हाप्किडो सङ्घका अध्यक्ष तथा ग्राण्डमास्टर कालीबहादुर घर्तिमगरको सभापतित्वमा सम्पन्न भएको थियो । सो कार्यक्रममा कास्की जिल्लाका अध्यक्ष मदन जिसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा रेफ्री सेमिनारका प्रशिक्षक तथा केन्द्रीय सङ्घ उपाध्यक्ष सुस्मिता गुरुङ, प्रशिक्षक भुवन मगर, कास्की जिल्लाका विशिष्ट व्यक्तित्वहरूलगायत गण्डकी जिल्ला समितिका एमवि आस्था, उपाध्यक्ष तारा थापा, भक्तपुर मार्शल आटर््स हाप्किडो सङ्घका अध्यक्ष पद्मा खयरगोली, उपाध्यक्ष रविन श्रेष्ठको पनि उपस्थिति थियो ।
शनिबार पहिलो अन्तर्राष्ट्रिय मार्शल आर्टस हाप्किडो सेमिनार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री माननीय नरदेवी पुनले विदेशी ग्राण्डमास्टर, मास्टरलगायत नेपालका विभिन्न ४० जिल्लाबाट सहभागी खेलाडीहरूको उपस्थितिमा समुद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा एक सातासम्म आत्मरक्षाका विभिन्न कलाहरू अभ्यास गरिएको कलाको प्रदर्शन शनिबारै समुद्घाटन समारोहमा प्रर्दशन गरिएको थियो । भक्तपुर मार्शल आर्टस हाप्किडो सङ्घले बालबालिका तथा महिला आत्मरक्षाका विभिन्न कलाहरू प्रस्तुत गरिएको सो कार्यक्रममा रुपन्देही, कास्की, दाङ तथा आर्मी फोर्सले पनि आत्मरक्षाका कला प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *