जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, २६ वैशाख । नेपाल क्रान्तिकारी महिला सङ्घले कामदार वर्गका महान् गुरू कार्ल माक्र्सको २०८ औँ जन्म दिवस शनिबार मनाएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले धनी र पढेलेखेको हुँदैमा सबै असल नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “भ्रष्टाचारमा ठुल्ठुला पढेलेखेका, ठुलै जातिका मान्छेको नाम आउँछन् । देशलाई पढेलेखेकाले नै धोका दिए । पैसा भएपछि विदेश गए । भावना र विचार नहुँदा देशमा विध्वंस भयो ।”
उहाँले भन्नुभयो, “हिजो गरिब थिए, हामीसँग थिए । हामीले सहयोग ग¥यौँ । धनी भए, अरूसित गए । ०४५ सालको राज्य दमनमा परेका नेता कार्यकर्ताले नयाँ पुस्तालाई पुराना घटनाबारे नबताएको हुनाले अरूको लहैलहैमा लागे ।”
सिरानीमुनि सर्प राखेर सुत्नु बुद्धिमानी नहुने विचार राख्दै उहाँले भन्नुभयो, “सङ्गठनलाई धान–चामल केलाएझैँ केलाउनुपर्छ ।”
कार्ल माक्र्सलाई आजको युगका महर्षि भन्नुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले कम्युनिस्टहरूलाई बदनाम गर्न कम्युनिस्टहरूलाई नै प्रयोग गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कम्युनिस्ट बनेर जनताबिच आउँछन्, छलछाम गरेर जान्छन् ।”
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले मजदुरहरूको सङ्ख्या बढिरहेको बताउनुभयो ।
वर्तमान सरकारले कामदार जनतालाई कष्टकर परिस्थितिविरूद्ध लड्न नभनी झुक्न लगाएको उहाँको तर्क थियो । माक्र्सको विचार आजको सबैभन्दा नयाँ र आधुनिक विचार हो भन्दै उहाँले कामदार जनतालाई शिक्षित र सङ्गठित हुन आग्रह गर्नुभयो ।
वर्तमान सरकारले स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण नगरेको जिकिर गर्दै उहाँले सरकारले पुरानै शासक दलहरूको स्वभाव देखाएको बताउनुभयो । उहाँले दुई दिन सरकारी अस्पताल बिदा दिनु निजी स्वास्थ्य संस्थाहरूलाई पोस्नु हो भन्नुभयो ।
नेक्रामसङ्घकी अध्यक्ष अनुराधा थापामगरले अमेरिकी डलर खाएका नयाँ शासकहरूले नेपाली जनताको समस्या कहिल्यै बुझ्न नसक्ने भन्नुभयो ।
सुकुमवासी क्षेत्रमा डोजर आतङ्कबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “अघाएको मान्छेले भोको मान्छेको पीडा बुझ्दैन ।”
उहाँले साना विद्यार्थीहरूको तातो रगत बगाएर र तातो बहस गरेर बनेको वर्तमान सरकारले अन्त्यमा निराशाबाहेक केही नदिएको बताउनुभयो ।
सरकारले शिक्षा र स्वास्थ्यमा कुनै नयाँ काम नगरेको, जनतामाथि थप विदेशी ऋणको भार बोकाएको र सरकारी उद्योगधन्दा खोल्ने सङ्केत नदेखाएको चर्चा गर्दै उहाँले भन्नुभयो, “समाजवादको विकल्प छैन ।”
नेक्रामसङ्घकी मञ्जु चौधरीले गत निर्वाचनको अनुभव सुनाउँदै भन्नुभयो, “चुनावमा हार्दैमा हाम्रो क्षमता घट्दैन ।”
कार्यक्रममा नेक्रामसङ्घकी सृजना सैँजुले हरिबहादुर श्रेष्ठको पुस्तक ‘माक्र्स र एङ्गेल्स’ मा आधारित रहेर कार्ल माक्र्सको जीवनीबारे प्रस्तुति राख्नुभएको थियो ।
नेक्रामसङ्घकी गङ्गा वैद्यले माक्र्सलाई माक्र्स बन्नका लागि जेनी माक्र्सले खेलेको भूमिकाबारे प्रकाश पार्नुभएको थियो ।
गायिका सपना शाहीले गीत प्रस्तुत गर्नुभएको कार्यक्रममा सुजी ह्यङ्गोजू, राजन भण्डारी, मनिषा थापा र निशा थापाले कविता प्रस्तुत गर्नुभएको थियो । आस्था सांस्कृतिक परिवारका कलाकारहरूले कार्ल माक्र्सको कविता ‘जीवन लक्ष्य’ को कलात्मक प्रस्तुति तथा नृत्य प्रस्तुत गरेका थिए ।
Leave a Reply