ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
काठमाडौँ १६ माघ । नेपाली सेनाको आयोजनामा प्रधानसेनापति पाँचौँ खुला दौड प्रतियोगिता आगामी फागुनमा गरिने भएको छ । आगामी फागुन ३ गते हुने एकदिने उक्त प्रतियोगितामा म्याराथन, हाफ म्याराथन १० किमी, वाकाथन पाँच किमी र छात्रछात्रा दौड पाँच किमी गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली सेना जनसम्पर्क तथा सूचना विभाग निर्देशक विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।
म्याराथनमा पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन् भने अन्य विधामा महिला तथा पुरुष दुवै खेलाडीले सहभागिता जनाउनेछन् । त्यसैगरी हाफ म्याराथनमा ४५ वर्षसम्म र ४५ वर्षमाथि उमेर समूहका धावकले सहभागिता जनाउन पाउनेछन् । दस किमी दौडमा सैनिक सहचारी, सैनिक अधिकृत तथा गैरसैनिक धावकले सहभागिता जनाउनेछन् भने वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती उच्च पदाधिकारी र विदेशीको सहभागिता रहनेछ ।
त्यसैगरी पाँच किमी दौडमा सैनिक महाविद्यालय तथा उपत्यकाभित्र कक्षा ७ देखि १२ सम्म अध्ययनरत छात्रछात्रा तथा सकल दर्जाका छोराछोरीले पनि सहभागिता जनाउन पाउने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताअन्तर्गत म्याराथनमा पहिलो हुने खेलाडीले रु. १ लाख २५ हजारका साथै एक थान मोटरसाइकल पाउनेछ । त्यसैगरी दोस्रो हुने खेलाडीले रु. ६५ हजार, तेस्रोले रु. ३५ हजार, चौथोले रु. २५ हजार, पाँचौँले रु. १५ हजार, छैँटौँले रु. १० हजार, सातौँले रु. ७ हजार, आठौँले रु. ५ हजार, नवौँले रु. ३ हजार तथा दसौँ हुने खेलाडीले रु. २ हजार प्राप्त गर्नेछन् ।
हाफ म्याराथनअन्तर्गत ४५ वर्षसम्मको उमेर समूहमा पहिलो हुने खेलाडीले रु. ५० हजार, दोस्रोले रु. ३५ हजार तथा तेस्रो हुने खेलाडीले रु. २५ हजार प्राप्त गर्नेछन् । सोही स्पर्धाअन्तर्गत ४५ वर्ष माथि उमेर समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु. ४० हजार, रु. २५ हजार र रु. १५ हजार पाउनेछन् । दस किमीतर्फको दौडमा पहिलो हुने खेलाडीले रु. १० हजार, दोस्रोले रु. ७ हजार र तेस्रो हुने खेलाडीले रु. ५ हजार प्राप्त गर्नेछन् । वाकाथनमा भने मेडल, प्रमाणपत्र र ट्रयाकसुट प्रदान गरिनेछ । पाँच किमी दौडमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु. १० हजार, रु. ७ हजार र रु. ५ हजार पाउनेछन् ।
Leave a Reply