तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १७ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शुक्रबार नेपाल क्रान्तिकारी शिक्षक सङ्घको दोस्रो भक्तपुर नगर सम्मेलनको उद्घाटन गर्नुभयो ।
सो अवसरमा अध्यक्ष रोहितले समाजमा आमूल परिवर्तनको निम्ति शिक्षकहरूले समाजका नागरिक र विद्यार्थीहरूलाई पुँजीवादी विचार होइन समाजवादी विचार प्रदान गरेर कम्युनिस्ट बनाउनुपर्ने बताउनुभयो ।
पार्टी या सङ्गठनमा रहेका कार्यकर्ताहरूले पदअनुसारको आचरण गरे आफ्नो जिम्मेवारी पूरा हुने उल्लेख गर्दै उहाँले एक ठाउँमा बाँधिएर बसेर सङ्गठन विस्तार हुनेछैन भन्नुभयो ।
क्रान्तिकारी पार्टीविना क्रान्ति नहुने विचार व्यक्त गर्दै अध्यक्ष रोहितले क्रान्तिकारीहरूले क्रान्ति या आमूल परिवर्तनको कुरा गर्नैपर्छ भन्नुभयो ।
साथीहरूले भनेबित्तिकै सबै कुरा समयमै नबुझ्ने हुँदा कति सही कुरा सङ्गठनमा पु¥याउन कठिनाइ हुने स्मरण गर्दै उहाँले भन्नुभयो, “कति कुरा साथीहरूलाई चित्त बुझाउन गा¥हो हुन्छ । तर पनि साथीहरूलाई छोड्नुहुँदैन ।”
अध्यक्ष रोहितले भन्नुभयो, “व्यक्तिवादी भावना छोड्नुपर्छ । भाग्यमा विश्वास गर्नुहुँदैन, नागरिक भावना हुनुपर्छ ।”
“शिक्षकहरूलाई दबाबमा होइन, सम्झाइ–बुझाइ चित्त बुझाउनुपर्छ, असल र योग्य बन्नुपर्छ, आ–आफ्नो प्रवृत्ति र चरित्र विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
समसामयिक अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै उहाँले संरा अमेरिकाले निहुँ खोजेर चीनमा हमला गरे नेपाल पनि सुरक्षित नहुने हुँदा अमेरिकाको एमसीसीको गोटीचालमा नेपाल फस्न नहुने विचार व्यक्त गर्नुभयो । उहाँले अमेरिकासँग डराएको सरकारले नेपाललाई आत्मनिर्भर बनाउन सक्दैन भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले शिक्षकहरू आफ्नो पेशाबाहेक सामाजिक भूमिका निर्वाह गरेर समाजका सबै पक्षलाई जागरूक बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
स्वार्थी शिक्षकले समाज परिवर्तन गर्न नसक्ने उल्लेख गर्दै उहाँले साँचो क्रान्तिकारी शिक्षकहरू देश र जनताको सेवामा निरन्तर लागिरहेका हुन्छन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सङ्ख्याको आधारमा शक्तिशाली ठानिएको नेकपाको सरकारले पद र पैसाको निम्ति देशलाई बन्धक राख्ने काम गरिरहेको बताउनुभयो ।
नेकपा देश समृद्ध बनाउन र बहुमत जनताको हित गर्न एक नभएको उल्लेख गर्दै केन्द्रीय अध्यक्ष प्रजापतिले झन्डै दुईतिहाइ मत प्राप्त सरकारले दुईतिहाइ भ्रष्टाचार घटाउनुपथ्र्यो, दुईतिहाइ विकास गर्नुपथ्र्यो भन्नुभयो ।
अमेरिकी साम्राज्यवादले फैलाएको जालोमा नेपाल फसे नेपालको सार्वभौमिकतामा आँच पुग्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
नेक्राशिसङ्घ जिल्ला समिति भक्तपुरका उपाध्यक्ष सन्तराम दुलालले पार्टीको सिद्धान्त र विचारबाट प्रेरित भएर सङ्गठन विस्तारमा जानुपर्ने आवश्यकता औँल्याउँदै असल र योग्य नागरिक बनाउन प्रेरित गरिरहनुपर्नेमा जोड दिनुभयो ।
नेक्राशिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालको सभापतित्वमा भएको सो कार्यक्रममा नेक्राशिसङ्घ चाँगुनारायण नगर समितिका प्रतिनिधि इन्द्रबहादुर फोजू, आयोजक समितिका उपाध्यक्ष तुल्सीराम ग्वाछाले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
सम्मेलनको बन्दसत्रले गणेशराम थुसाको अध्यक्षतामा १६ सदस्यीय नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समिति गठन गरेको छ ।
Leave a Reply