भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
भक्तपुर, १७ माघ । ख्वप मावि र ख्वप कलेजको वार्षिक उत्सवको अवसरमा भइरहेको बास्केटबल प्रतियोगिताको सेमिफाइनलसम्मका खेलहरू शुक्रबार सम्पन्न भयो ।
प्रतियोगिताअन्तर्गत विद्यालयस्तरीय बास्केटबल (छात्र) खेलतर्फ शुक्रबार भएको खेलमा चाणक्य माविलाई सैनिक महाविद्यालयले र न्यातापोल स्कूललाई नेपाल प्रहरीले पराजित गरी फाइनलमा पुग्न सफल भए । प्लस टु छात्रतर्फको खेलमा चाणक्यलाई जनप्रेमीले र ख्वपलाई सैनिक महाविद्यालयले पराजित गरी फाइनलमा पुग्न सफल भए ।
त्यस्तै विद्यालयस्तरीय छात्रा प्रतियोगितामा निष्टले जेन्यूइनलाई पराजित गरेको छ ।
कलेजस्तरीय छात्र प्रतियोगितातर्फ लुम्बिनी कलेजलाई अक्सब्रिजले र नेस्टफिल्डलाई जेभियर कलेजले पराजित गरी फाइनलमा पुग्न सफल भए ।
आयोजक विद्यालय÷कलेजका अनुसार आइतबार विद्यालयस्तरीय छात्रातर्फ एभरेष्ट र निष्ट स्कूलबीच, प्लस टु छात्रातर्फ सैनिक र ख्वप माविबीच, प्लस टु छात्रतर्फ सैनिक र जनप्रेमी स्कूल, स्नातक छात्रातर्फ लुम्बिनी र चाणक्यबीच र स्नातक छात्रतर्फ अक्सब्रिज र जेभियर स्कूलबीच बास्केटबलको फाइनल खेल हुनेछ ।
त्यस्तै वार्षिक उत्सवकै अवसरमा शुक्रबार ख्वप मावि तथा कलेजमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा मोर्डन स्कूलका यमुना खड्का र एभरेष्ट स्कूलका अभिलाषा मगर संयुक्त रूपमा प्रथम हुन सफल भए । एभरेष्ट स्कूलका अर्थव बल र सैनिक आवासीय माविका विमर्स दाहाल क्रमश द्वितीय र तृतीय भइन् । विजेता विद्यार्थीहरूलाई माघ २२ गते हुने वार्षिक उत्सव कार्यक्रममा पुरस्कार वितरण गरिने आयोजक विद्यालयले जानकारी दिएको छ ।
Leave a Reply