भर्खरै :

सक्वको म राजदास– १७

फेरि मलाई अवसरले साथ दियो
 ई. राजदास श्रेष्ठ
हो, मेरो लन्डन यात्रामा मैले खानामा खास कुनै ध्यान दिइनँ । रेष्टुराँहरूमा गएर मीठो–मीठो खाना र ड्रिङ्कस लिनसक्थेँ, बाटोभरि दायाँ–बायाँ ठाउँ–ठाउँमा रेष्टुराँहरू थिए । मोटा–मोटा ससेजहरूका साथ तन्दुरी चिकेनहरू रातो पहेँलो रङ्गका झुन्ड्याइराखेका देख्थेँ । रेष्टुराँ नजिक पुग्दा मगमग बास आउँथ्यो । तर, मनले खान मागे पनि पाइला म अन्तै रेष्टुराँको विपरीत दिशामा मोड्थेँ । एउटा मनले रेष्टुराँ गएर खान जाऊँ भन्थ्यो, अर्को मनले आफ्ना श्रीमती र दुई साना–छोराहरूको सम्झना आउँथ्यो । मैले राम्रा राम्रा लुगाफाटा र सामानहरू लिएर आउँछ भनेर तिनीहरू रुसमा पर्खिबसेका थिए । त्यसैले एक छाक खानामा २–३ पाउन्ड खर्च गर्नुभन्दा एक जोर राम्रो जुत्ता किनेँ भने मस्कोमा ४०–५० डलर आउँछ भन्ने कुरा सम्झन्थेँ र भोकै पेट हिँडेँ लन्डन बजारमा ।
मलाई थाहा थियो, यो काम राम्रो र वैधानिक होइन, जुन म गर्दै थिएँ । एउटा समाजवादी देशमा वर्जित व्यवसाय म गदैँ थिएँ, तर आफ्नो लोभ, बाध्यता र विवशताले गर्दा मैले यो आफ्नै मनले नखाएको काम कुरो गर्न पुगेँ युरोपको लन्डनमा आएर ।
१९६० को दशकमा युरोपमा एक म्युजिक स्टार बिटल्सहरूले जस्तै लामो लामो कपाल पालेर, हाई हील जुत्ता, बेल–वटन पाइन्ट र ज्याकेट लाउने चलन र फेसन थियो जिन्स कपडाको । रुसमा यस्ता सामानहरू बजारमा किन्न पाइँदैनथ्यो । तर, विदेशीहरूले मस्को स्क्वायरमा यसमा कपडा लाएर हिँडेको देख्दा रुसी युवायुवतीमा त्यस्तै फेसनमा हिँडने सोख जाग्नु स्वाभाविकै थियो । त्यसैकारण हामी (विदेशी विद्यार्थी) युरोप जाने कुरा थाहा भयो भने आफ्ना क्लासका सहपाठीहरूले विभिन्न थरीका लेडीज तथा जेन्स सामानहरू ल्याइदिनुभनी अड्भान्स पैसा दिएर अर्डर गर्थे । भित्रभित्र यस्तो कुरा फस्टाउँदै गरेको देख्दा मलाई रुसी जनताप्रति एकप्रकारको दया उत्पन्न भयो । यसले रुसी समाजवादी व्यवस्थालाई नै एक किसिमले नकारात्मक प्रभाव अवश्य पार्छ भन्ने लाग्यो । रुसी विद्यार्थीहरूमात्र होइन समाजका विभिन्न तहका मानिसले विदेशबाट राम्रा राम्रा लुगा र सुटका कपडा मगाउँथे । मैले दुई तीन जनालाई लन्डनबाट दुई तीन पीस उनका कपडाका सुटपीसहरू र दुई तीन जोर सावरका जुत्ताहरू ल्याइदिएको थिएँ उनीहरूको अर्डरबामोजिम । उनीहरू अलि उच्च तह र ओहदाका मानिस थिए । उनी आफ्ना क्लासका थुप्रै केटीहरूले कसैलाई मोहेर (ऊन) को टोपी, स्वीटर, पञ्जा अनि हल्का खालका रङ्गीन छाताहरू र कसैले नाइलनका स्टकीङ्गस र अन्डर गार्मेन्टहरू मगाएका थिए भने केटाहरूले जीन्सका पाइन्ट र जाकेटहरू, हाइ हील जुत्ताहरू र कसैले बीटल्सका रेकर्डहरू मगाएका थिए र भनेअनुसार विनासङ्कोच पैसा तिर्थे । यस्ता कुराहरूले मनमा भित्र कता कता यो सोभियत व्यवस्थाप्रति जनताको वितृष्णा बढ्दै गएको मैले महसुस गरेँ । आफ्नो देश त्यत्रो शक्तिशाली भएर पनि विदेशीहरूको जस्तो राम्रा कुरा खान र लाउन नपाएकोप्रति जनतामा भित्रभित्रै असन्तोष र आक्रोश भइरहेको पनि अनुभव गरेँ । नजिकका चिन्ने जान्ने मानिसहरूसँग कुरा गर्दा ।

सोभियत सङ्घमा ५–६ वर्ष बसेर अध्ययन गर्दा मैले एक समाजवादी देशमा पाइने धेरै सुविधा प्राप्त गरेँ र भोगेँ पनि । तर, पनि सोभियत सङ्घभित्रको अर्थ व्यवस्था र जनताबीच जुन असन्तोष र एक प्रकारको मौन आक्रोश अनुभव गरेँ त्यसले मलाई सोभियत समाजको उन्नत र सुखद भविष्य देख्न सकिनँ । तर, त्यो बाहिर कुनै कतै व्यक्त गर्ने कुरा पनि भएन, केवल मेरो र श्रीमतीको बीचमा यो बहस हुन्थ्यो र कहिलेकाहीँ झगडा पनि हुन्थ्यो यसै विषयलाई लिएर । मेरो श्रीमती कट्टर सोभियत समर्थक थिइन् र सोभियत नेता लेनिनलाई धेरै स¥हाहना गर्थिन् । लेनिन एक राजनेतामात्र होइन धेरै असल व्यक्ति नि हुन् भनी उनी टिप्पणी गर्थिन् । स्तालिनको बारेमा त्यति धेरै बोल्दैनथिन् ।

सन् १९६० को दश वर्षहरूमा सोभियत रुसको चीनसँग वैचारिक मतभेदले उत्कर्ष ठाउँ लिँदै थियो भने अमेरिका र पश्चिम युरोपसँग शीतयुद्ध चल्दै थियो । दोस्रो विश्व युद्धपछि विश्वका देशहरू दुई खेमामा विभाजित थिए भने चीनसँगको फाटोपछि सोभियत ब्लक, चीन समर्थक र पश्चिमा साम्राज्यवादी शक्तिहरू (अमेरिकासहित) गरी ध्रुवमा विभाजित भए । तेस्रो विश्वका नव स्वतन्त्र देशहरू जुन अक्टोबर क्रान्ति र सोभियत समाजवादबाट प्रभावित भएका थिए अब चीन अथवा रुस कसको बाटोमा लाग्ने भन्ने अन्योलमा पुगे । कुनै देशले चीनलाई समर्थन गरे भने पूर्वी युरोपका समाजवादी देशहरू सोभियत रुसको अधीनमा थिए, यद्यपि तिनीहरूमध्ये धेरैजसो देशहरू प्रिबाल्टिक राज्यहरूसहित रुसको अधीनमा रहन तयार थिएनन् । सोभियत सङ्घको नेतृत्वमा रहेका देशहरू हङ्गेरीका १९५६ मा र चेकोस्लोभाकियामा १९६५ मा ठूलो विद्रोह नै भएको तर तिनलाई दबाइयो ।
सोभियत सङ्घमा ५–६ वर्ष बसेर अध्ययन गर्दा मैले एक समाजवादी देशमा पाइने धेरै सुविधा प्राप्त गरेँ र भोगेँ पनि । तर, पनि सोभियत सङ्घभित्रको अर्थ व्यवस्था र जनताबीच जुन असन्तोष र एक प्रकारको मौन आक्रोश अनुभव गरेँ त्यसले मलाई सोभियत समाजको उन्नत र सुखद भविष्य देख्न सकिनँ । तर, त्यो बाहिर कुनै कतै व्यक्त गर्ने कुरा पनि भएन, केवल मेरो र श्रीमतीको बीचमा यो बहस हुन्थ्यो र कहिलेकाहीँ झगडा पनि हुन्थ्यो यसै विषयलाई लिएर । मेरो श्रीमती कट्टर सोभियत समर्थक थिइन् र सोभियत नेता लेनिनलाई धेरै स¥हाहना गर्थिन् । लेनिन एक राजनेतामात्र होइन धेरै असल व्यक्ति नि हुन् भनी उनी टिप्पणी गर्थिन् । स्तालिनको बारेमा त्यति धेरै बोल्दैनथिन् । एउटा दुइटामात्र कमेन्टहरू सुनाउँन्थिन् । लेनिनको मृत्युपश्चात् स्तालिनले सत्ता सम्हाल्दा सोभियत रुस र उब्रगइनामा ठूलो भोकमरी भएको थियो । बजारमा खाद्य पदार्थ र चिनीको अभाव हुन्थ्यो बेला–बेलामा । तर, जनतामा स्तालिनप्रति ठूलो आस्था र भरोसा थियो । उनी सर्वशातिmमान र सर्वमान्य नेता थिए । त्यसकारण कुनै बेला बजारमा चिनीको अभाव हुँदा जनता भन्ने गर्थे रे, “सायद स्तालिनलाई थाहा छैन होला हामीकहाँ चिनीको अभाव छ भनेर । यदि उनलाई थाहा भए अवश्य यस्तो अभाव हुने थिएन ।” यतिसम्म जनताले त्यसबेला स्तालिनमाथि विश्वास गर्थे । तर, आलोचकहरूले यो स्तालिनको व्यक्तिपूजाको प्रभाव भन्थे । त्यसकारण १९६० को दशकमा म सोभियत सङ्घमा हुँदा खु्रश्चोभपछि लिओनिद ब्रेझ्नेभको शासनकालमा स्तालिनको बारेमा कुनै कुरा हुँदैनथ्यो । सोभियत कम्युनिस्ट पार्टीको इतिहास पढाउँदा पनि स्तालिनको बारेमा चुइँक्कसम्म बोल्दैनन्, बरु ट्रट्स्की, बुखारिन, रोजा लक्जेम्बर्ग जस्ता व्यक्तिहरूको चित्रण हुन्थ्यो प्रतिक्रान्तिकारी मेन्सेभिकहरू भनेर । यदाकदा माओ सेतुङ्ग र चिनियाँ नेतृत्वको पनि आलोचना हुन्थ्यो कक्षामा माओ त्सेतुङ्गलाई चाउभिनिस्ट वा ठूला राष्ट्र अहङ्कारवादीरूपमा व्याख्या गर्दै । तर, माक्र्स, एङ्गेल्स र लेनिनको ठूलो प्रशंसा हुन्थ्यो, जहाँतहीँ सरकारी र शिक्षण संस्थाहरूको कक्षा–कक्षामा लेनिनका प्रतिमाहरू राखिएका देखिन्थे । स्तालिनको बारेमा प्रायः सबै मौन नै थिए सोभियत सङ्घमा र १९५३ पछि सोभियत सत्ता ख्रुश्चोभको हातमा आएदेखि स्तालिनको धेरै निन्दा हुनथाल्यो र सोभियन सङ्घको सबै ठाउँबाट स्तालिनको सालिक र प्रतिमाहरू हटाइएमात्र स्तालिनको जन्मस्थल जर्जियामा र मास्कोबाहेक । सन् १९६३ मा भएको रेडस्क्वारमा समाधिभवनभित्र लेनिनसँगै राखिएको स्तालिनको शव पनि झिकेर क्रेमलिन दरबारका पर्खालसँगै राख्न लगे जहाँ अन्य उच्च सोभियत नेताहरूको शव गाडिएका थिए ।
यसरी स्तालिनको अवसानपछि विकसित सोभियत राजनीतिको दिशा र अर्थनीतिको व्यवस्थापनले सोभियत जनमानसमा द्विविधा उत्पन्न भएको महसुस गर्नसकिन्थ्यो र यसैको उपज थियो । सोभियत सङ्घभित्र दुई किसिमका राजनीतिक धार र दुई किसिमका अर्थ व्यवस्था र यसै द्विविधाको अर्थनीतिले गर्दा सोभियत समाज भित्रभित्र विदेशी सामानहरू र विलासिताका चीजबीजहरूको मात्र बढ्दै गएको र सोभियत जनताबीच विदेशी अर्थनीति (पुँजीवादी व्यवस्था र बजार अर्थनीति) को प्रभाव उत्पन्न भएको । यसले गर्दा दशौँ बिसोँ हजार विदेशबाट आएका पर्यटक तथा विद्यार्थीहरूमार्फत एक प्रकारको भूमिगत कालोबजारको व्यवस्था सृजना भयो सोभियत सङ्घमा । त्यसमध्ये म पनि पर्न गएँ एक जो लन्डन गएर विदेशी सामान सोभियत सङ्घभित्र ल्याएर पैसा आर्जन गर्न उद्यत भएँ । (आज म थाहा पाउँदै छु त्यो मेरो काम राम्रो थिएन ।)
डनहील चुरोट तान्दै, क्याडबुरी चकलेट टोक्दै म एक आरामदायी मेचमा बसँे इङ्गलिस क्यानलमा चल्न थालेको पानीजहाजमा । आनन्दले सास फेरेँ आफूले लन्डनमा किनेको दुई झोला सामानहरू छेउमा राखेर । त्यसबेला म चुरोट पनि खान्थेँ र ड्रिङ्कस पनि प्रायः भोडका र ह्वीस्कीजस्ता हार्ड ड्रिङ्कस नै लिन्थेँ । त्यही एक बट्टा चुरोट र एकबार चकलेटको भरमा म लन्डनबाट मस्कोसम्म आएँ । चकलेट त एक दिनमै सकियो तर चुरोट मस्कोसम्मलाई पुग्यो । भोक लाग्यो कि चुरोटको धुँवाले पेट भर्न प्रयास गथेँ ।
पानीजहाजको एक घन्टा जतिको यात्रापछि म रेल चढ्दै आएँ हल्यान्डबाट पच्छिम जर्मनी पार गर्दै दुइटा बर्लिनको बीचमा रहेको खैरो आकारको ठूलो बर्लिन वाल हेर्दै । पोल्यान्डको राजधानी वार्सा पुगेँ साँझतिर । वार्साको रेलवे स्टेशन पुग्दा वार्साबाट रुस जाने ट्रेन छुटिसकेको थियो । अब भोलि बिहानमात्र आउँछ रे अर्को टे«न । धेरै फसाद प¥यो मलाई । दिनभरिको थकाइले मलाई निद्रा आउला जस्तो भयो र रेल स्टेशनमै रात बिताउने विचारले एउटा बेञ्चमा म पल्टिरहेँ । तर, एक घन्टा जति सुतेपछि एक जना पुलिस आएर मलाई हल्का लट्ठीले हानेर ब्युँझाए र मेरो पासपोर्ट हेर्न मागे । मैले आफ्नो पासपोर्ट र मस्को जाने टिकट देखाएँ । पोलिस भाषा र रुसी भाषा अलि अलि मिल्दोजुल्दो छ । मैले उसको कुरा बुझेँ । उसले भन्यो, राति यसरी स्टेसनमा सुत्न मिल्दैन, तिम्रो ट्रेन भोलि बिहानमात्र आउँछ । त्यसकारण होटेलमा बस्न जानु भनेर उनी गए आफ्नो ड्युटीमा । खल्तिमा एक पैसा थिएन, कहाँ कसरी होटेलमा जाने, धेरै अन्योलमा परेँ । त्यसबेला संयोगले एक जना २५–३० वर्ष जतिको पोल्याण्डको केटो मकहाँ नजिक आए र केही समस्या छ कि साथी भनेर कुरा गर्न आए । मैले आफ्नो समस्या सुनाएँ र रात कहाँ बस्ने, मसँग एक पैसा पनि छैन भनेँ र आफ्नो बायाँ हातको आँैंला देखाउँदै भने यदि सम्भव भए यो एउटा औँठी बेच्न चाहन्छु मैले भनेँ । उनले अलि पर लगेर एउटा गार्भेनर पसल नजिक मेरो औँठी लिएर दुई सय जलोति (पोल्यान्डको रुपैयाँ) मलाई दियो र भन्यो यदि होटेलमा बस्ने भए यहाँ नजिकै एउटा होटेल छ तर तिमी जान चाहन्छौँ भने अहिले एक घण्टामा फ्रान्सबाट एउटा रेल आउँदै छ लेनिनग्राड जाने । त्यो रेलमा जानसक्छौ तिमी भन्यो । यो कुरा सुनेर म धेरै खुसी भएँ र उनलाई धेरै धेरै धन्यवाद दिंदै म २०० जलोति बोकेर त्यहीँ सँगैको गार्मेन्ट पसलभित्र छिरें । केही सामान किन्ने सोँख फेरि जाग्यो मेरो मनमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *