संविधान संशोधनबारे व्यापक छलफलको आवश्यकता
- श्रावण ४, २०८३
काठमाडौँ, १७ माघ । गणेश इङ्गलिस सेकेन्डरी स्कूलको रजत जयन्ती शुक्रबार एक समारोहबीच सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले असल र देशभक्त विद्यार्थी तयार गर्ने विद्यालय नै उत्कृष्ट विद्यालय हुने बताउनुभयो ।
“परीक्षा परिणाममा उत्कृष्ट भए पनि विद्यार्थी इमानदार र नैतिकवान भएन भने त्यस्ता विद्यार्थीले देश र जनताको सेवा गर्नसक्दैनन् । अर्कालाई खसालेर आफू अगाडि बढ्ने गलत भावनाबाट विद्यार्थीलाई बचाउनुपर्छ”, उहाँले भन्नुभयो ।
संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) का केन्द्रीय उपाध्यक्ष सनकमान महर्जनले शिक्षाको सम्पूर्ण जिम्मेवारी राज्यले लिएको अवस्थामा संस्थागत विद्यालय स्वतः बन्द हुन्छ भन्नुभयो ।
संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिबाट वञ्चित गर्नु असंवैधानिक भएको धारणा राख्दै उहाँले भन्नुभयो, “सार्वजनिक विद्यालयमा विद्यार्थी घट्यो भनेर संस्थागत विद्यालयलाई हतोत्साही गर्नुहुन्न ।”
विद्यालयका प्रबन्ध निर्देशक शैलेश डंगोलको सभापतित्वमा भएको कार्यक्रममा टोखा नगरपालिका, शिक्षा शाखा प्रमुख बाबुराम गौतम, टोखा नपा वडा नं २ का सदस्य पञ्चकुमारी श्रेष्ठ, मिर्मिरे साकोसका प्रबन्ध निर्देशक कृष्णमान श्रेष्ठ, विद्यालय सञ्चालक समितिका उपाध्यक्ष मदन श्रेष्ठ, चण्डेश्वरी माविका प्रअ गोपाल दाहाल, विद्यालयका प्रिन्सिपल विश्वक डंगोलले पनि बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयका विभिन्न कक्षामा उत्कृष्ट नतिजा ल्याउने र विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गर्नुको साथै शैक्षिक प्रदर्शनी गरेका थिए ।
Leave a Reply