तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १७ माघ । वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा राममन्दिर स्थापनाको शतवार्षिक कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले धार्मिक सहिष्णुता कायम गर्दै भक्तपुरवासीले सम्पदा संरक्षणमा अग्रणी स्थान हासिल गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
संस्कृतिभित्र जीवन दर्शन रहेको कुरा प्रस्ट्याउँदै उहाँले सम्पदा संरक्षणमा भनपाको कार्य प्रशंसनीय छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले १०० वर्ष नाघेको सांस्कृतिक महत्व बोकेका कुनै पनि वस्तु सम्पदा बन्ने हुँदा राममन्दिर पनि सम्पदाको रूपमा रहेको छ भन्नुभयो ।
पुर्खाले सिर्जेका ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका सम्पदाहरूको संरक्षण गर्नु नगरपालिकाको दायित्व रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “देश र समाजको सेवा नै धर्म हो ।”
भाषा, कला, संस्कृतिको संरक्षणमा नगरवासीको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै प्रमुख प्रजापतिले चैत ४–८ गतेसम्म हुने भक्तपुर महोत्सव सफल पार्न सहयोगको लागि सबैमा अनुरोध गर्नुभयो ।
साँस्कृतिक सम्पदाहरू जीर्णोद्धार एवं पुनःनिर्माण कार्यमा स्थानीय श्रम र सीपलाई उपयोग गरी उपभोक्ता समितिबाट कार्य गराउँदै आएको चर्चा गर्दै उहाँले उपभोक्ता समितिमार्फत कार्य गराउँदा गुणस्तरीय निर्माण हुनुका साथै कम खर्चमा निर्माण सम्पन्न भइरहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मानव जीवनलाई नैतिक र समाजसेवाप्रति उत्तरदायी बनाउन धेरै समयदेखि धार्मिक आस्थाले काम भइरहेको चर्चा गर्दै जीवनलाई पूर्ण र कल्याणकारी बनाउन अमूर्त सम्पदाले काम गर्ने बताउनुभयो ।
पूर्खाले सिर्जेको कला र संस्कृति र सम्पदाको संरक्षण कार्य भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै उहाँले यसबाट नैतिकवान समुदाय र सुन्दर समाज बनाउन सकिने धारणा राख्नुभयो ।
पुरातत्व विभाग, भक्तपुरका प्रमुख सरस्वती सिंहले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त राममन्दिरको पुनःनिर्माण कार्यको लागि पुरातत्व विभागबाट हालसम्म १ करोड ९० लाख बजेट विनियोजित भई कार्य सम्पन्न भएको जानकारी गराउँदै संरक्षण कार्यमा सहयोग पु¥याउने समुदाय र संरक्षण समितिका पदाधिकारीहरूप्रति आभार प्रकट गर्नुभयो ।
राममन्दिर संरक्षण समितिका सभापति इन्द्रप्रसाद प्रजापति, सचिव विजयराम प्रजापति, कोषाध्यक्ष विनोद प्रजापति, सदस्य मिनाक्षी प्रजापति, महन्त हरिदास वैष्णवलगायतले बोल्नुभएको कार्यक्रममा ‘राममन्दिर’ स्मारिका विमोचन, संरक्षण कार्यमा सहयोग गर्नुहुने व्यक्तिहरूलाई सम्मान तथा प्रशंसापत्र वितरण गरिएको थियो ।
Leave a Reply