मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
४६ वर्षको उमेरका व्यक्तिलाई नेपाल विद्यार्थी सङ्घको सभापति पदमा नियुक्त गरेर प्रमुख प्रतिपक्ष दल नेकाले नेपालको विद्यार्थी आन्दोलनको धज्जी उडाएको छ । भागबन्डा मिलाउने नाममा विद्यार्थी सङ्गठनमा धेरै उमेरका मानिसलाई नेतृत्व दिनु ‘…लाई भन्दा देख्नेलाई लाज’ भएको छ । नेपाल सरकारले १६ देखि ३५ वर्ष उमेरका व्यक्तिलाई मात्र युवा भनी परिभाषा गरेको छ । क्याम्पसमा विद्यार्थी युनियनको उम्मेदवार बन्न अधिकतम २८ वर्षको उमेर तोकेको छ । यसको अर्थ अध्येताको रूपमा विद्यार्थी बन्न उमेरले नछेके पनि विद्यार्थी राजनीति गर्न २८ वर्षको उमेरबन्दी तोकेको हो । त्यसमा असहमत हुनेहरूले पनि कम्तीमा १६–३५ को उमेरलाई विद्यार्थी राजनीतिमा संलग्न हुने उमेर मान्न सक्छन् । तर, ४६ वर्ष भनेको यी दुवै मापदण्डभन्दा निकै माथिको उमेर हो । संसारका धेरै देशमा यो उमेरका मानिस राष्ट्रप्रमुख र सरकार प्रमुख छन् । अनि नेपालमा एउटा विद्यार्थी सङ्गठनको नेता नै आधा शताब्दी उमेरको कुरा लाजमर्दो हो ।
नेपालमा विद्यार्थी सङ्गठनलाई राजनीतिक दलले आफ्नो नर्सरी मान्ने गर्छन् । आज राजनीतिको उचाइमा पुगेका धेरै व्यक्तिहरूको राजनीतिक जीवन विद्यार्थी गतिविधिबाट नै सुरू भएको देखिन्छ । बीउ राम्रो भए फल राम्रो हुन्छ । विद्यार्थी सङ्गठनमा सही मानक र मान्यता स्थापित गर्न सके भविष्यले अनुशासित राजनीतिक नेता पाउने हो । बीउमै समस्या भए फलमा खोट लाग्नु प्राकृतिक हो । विद्यार्थी सङ्गठनमा गैरविद्यार्थी हावी हुने, युवा सङ्गठनमा गैरयुवा हावी हुने, किसान सङ्गठनमा जमिनदार हावी हुने, मजदुर सङ्गठनमा उद्योगपति र व्यापारी हावी हुने समस्याले जनताका विभिन्न तहको पेशागत र अधिकारको आन्दोलन कमजोर र दिशाहीन हुने गर्छ ।
बिहीबार नेकाले ४६ वर्षका राजीव ढुङ्गानालाई नेविसङ्घको नेता तोकेको हो । क्याम्पसमा काम गरिरहेका धेरै नेविसङ्घका नेताहरूको निम्ति उनको उमेर बुबाको उमेर जत्तिकै छ । यसरी उमेर धेरै भइसकेको व्यक्तिलाई सभापति बनाउनुले नेपालको विद्यार्थी आन्दोलनमा जाम भएर बसेका समस्या र विकृति समाधान गर्न नेकाका नेताहरू तयार नभएको देखिएको छ । राजनीतिमा सही र स्वस्थ मानक र नजिर स्थापना गर्न सके नेतृत्वको दीर्घकालसम्म प्रभाव रहन्छ । तर, नेतृत्वले आफ्नो निहीत स्वार्थ सिद्धिका लागि गलत निर्णय गर्छ भने समग्र समाज र सङ्गठनले नै नकारात्मक असर भोग्नुपर्ने हुन्छ । नेविसङ्घभित्र ४६ वर्ष उमेरको व्यक्तिलाई सभापति चयन गर्नु नेपाली राजनीतिमा झाङ्गिएको विकृतिको परिणाम हो ।
नेपालमा विद्यार्थी सङ्गठनलाई राजनीतिक दलले आफ्नो नर्सरी मान्ने गर्छन् । आज राजनीतिको उचाइमा पुगेका धेरै व्यक्तिहरूको राजनीतिक जीवन विद्यार्थी गतिविधिबाट नै सुरू भएको देखिन्छ । बीउ राम्रो भए फल राम्रो हुन्छ । विद्यार्थी सङ्गठनमा सही मानक र मान्यता स्थापित गर्न सके भविष्यले अनुशासित राजनीतिक नेता पाउने हो । बीउमै समस्या भए फलमा खोट लाग्नु प्राकृतिक हो । विद्यार्थी सङ्गठनमा गैरविद्यार्थी हावी हुने, युवा सङ्गठनमा गैरयुवा हावी हुने, किसान सङ्गठनमा जमिनदार हावी हुने, मजदुर सङ्गठनमा उद्योगपति र व्यापारी हावी हुने समस्याले जनताका विभिन्न तहको पेशागत र अधिकारको आन्दोलन कमजोर र दिशाहीन हुने गर्छ ।
देशमा आज झाङ्गिएका धेरै राजनीतिक विकृति नेकाको कोखबाट जन्मिएको हो । राजनीतिलाई अनुशासन, सिद्धान्त र सक्रियताको सङ्गम बनाउनुपर्नेमा नेता स्वयं नै आफ्नो स्वार्थसिद्धिको लागि सबै नैतिकता र अनुशासन तोड्दै हिँड्छ भने त्यसले राजनीतिलाई स्वार्थको खेल बनाउनु कुनै आश्चर्यको विषय होइन । राजीव ढुङ्गाना र त्यसअघि पनि निकै उमेरदार मानिसलाई विद्यार्थी सङ्गठनको सभापति बनाएर नेका नेपाली विद्यार्थी आन्दोलनमा गलत नजिरको जन्मदाता बनेको छ । नेकाले जन्माएका अधिकांश विकृति क्रमशः एमाले र माओवादीमा सङ्क्रमण गरेको मनग्य दृष्टान्त छ । नेविसङ्घको नेतृत्वको प्रश्नमा नेकाले गरेको यो निर्णयको प्रभाव अब क्रमशः नेकपाका जनवर्गीय सङ्गठनमा विस्तार हुने पक्का छ । झट्ट हेर्दा यो ती सङ्गठनका आन्तरिक मामिलाजस्ता छन् । तर, यसले नेपालको राजनीतिमा अझै पनि थिग्रिएका विकृति तत्काल समाधान नहुने सङ्केत गरेको छ । राजनीतिमा युवा सहभागितालाई यस्ता निर्णयले कमजोर बनाउनेमा दुईमत छैन ।
Leave a Reply