भर्खरै :

विदेश जानेलाई सहुलियत ऋण, स्वदेशमै गर्नेलाई खोइ ?

–विनय राययादव, जनकपुर
केन्द्र सरकारले घोषणा गरेझैँ प्रदेश नंं २ सरकारबाट पनि वैदेशिक रोजगारीमा जाने युवाले बिनाधितो सहुलियत ऋण पाउने घोषणा भएको छ । बिहीबार प्रदेश सरकार, सीप परियोजना र प्रभु बैङ्कबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिनाधितो ऋण उपलब्ध गराउन सम्झौता भएको बताइएको छ । बिहीबार भएको सो सम्झौताअनुसार बैङ्कले युवालाई ऋण दिन सुरुआत गरेको छ ।
प्रभु बैङ्कले सो सेवा सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा वैदेशिक रोजगारमा जाने युवालाई उपलब्ध गराउने बताइएको छ ।
सिरहा, धनुषा र महोत्तरीमा एसबिआइ बैङ्कले सेवा दिने जनाइएको छ । ती बैङ्कले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाउँमा बचत खाता खोली दिने र राहदानी लिई श्रमसम्झौतापछि बैङ्कमा जम्मा गरेपछि पाँच दिनभित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ ।
बैङ्कहरूले आफ्नो पुँजी लगानी गर्ने अवसरका लागि विदेश जानेलाई ऋण दिनमा जोड दिएका कुरा बुझ्न गा¥हो छैन तर सरकारहरू स्वयम् स्वदेशमै रोजगार सिर्जना गर्नेभन्दा युवाहरूलाई विदेशिन जोड दिइरहेको सही लागेको छैन ।
आज गाउँ गाउँमा युवाहरू नभएर विकास निर्माणका काम हुन नसकेका, खेतीहरू बाँझै पल्टेका र कतै कतै त मलामी जाने युवा पुरुषसमेत नभएका समाचार बरोबर आइरहेका छन् । स्वदेशमा नै बसेर केही गर्नु भन्नेलाई कुनै सहुलियत छैन । ऋण लिन गएमा पनि अनेक निहुँ खोजिन्छ, सडकले नछोएको जग्गा धरौती चल्दैन । युवा स्वोजगार कोष र अन्य युवामुखी संस्था पनि देखाउने दाँत बढी भएका छन् । युवाहरूले स्वदेशमै उत्पादनमूलक काम गरेमा मात्र हाम्रो देशमा साँचिकै गरिवी निर्मूलन भई समृद्धि आउनसक्छ । विदेशमा काम गरेर आएको रेमिटयान्सको रकम अधिकांश विदेशिइरहेको समय समयका तथ्याङ्कले पनि देखाइरहेको छ । विदेश जानेलाई सहुलियत ऋण दिने सरकारले स्वदेशमै काम गर्नेहरूलाई सहुलियत ऋणको बन्दोबस्त गरिदिएको खोइ ?
के सरकारले विदेश जाने जति सरकारका मानिस र नजाने जति सरकारविरोधी मानिस भनी छुटयाउन खोजेको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *