फिफा स्वतन्त्र खेलकुद संस्था होइन यो एक राजनीतिक उपकरण हो !
- श्रावण १, २०८३
भक्तपुर, १८ माघ । श्वेत भैरव बचत तथा ऋण सहकारी संस्थाको युवा तथा खेलकुद उपसमितिको आयोजनामा जिल्लाव्यापी अन्तरसहकारी बुद्धिचाल प्रतियोगिताको उद्घाटन शनिबार भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले चेसको गोटी चाली गर्नुभएको छ ।
समारोहमा उपप्रमुख जोशीले युवा पुस्तालाई खेलले अनुशासन, शारीरिक, मानसिक र संवेगात्मक विकासमा सहयोग पुग्ने हुँदा खेल जीवनको अभिन्न अङ्गको रूपमा लिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सच्चा नागरिक जो खेलमा संलग्न हुन्छन्, देशको सार्वभौमिकता रक्षा गर्न तत्पर हुन्छन् भन्नुभयो । उपप्रमुख जोशीले भक्तपुरको शिक्षा, स्वास्थ्य र सरसफाइबाट अरू नगर प्रभावित भएको बताउनुभयो ।
स्थानीय केपी कोजूले खेलाडीलाई उत्साहित गर्दै खेलकुद गतिविधिमा निरन्तरता दिनुपर्ने आवश्यकता औंँल्याउनुभयो ।
आयोजक संस्थाका उपाध्यक्ष जितेन्द्र खायमलीले सहकारी समाजको अभिन्न अङ्ग बनिसकेको अवस्थामा सहकारी भावना विकासमा सबै लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका संयोजक लक्ष्मीप्रसाद दुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा महेन्द्र खायमली, रामप्रसाद खायमली, निरञ्जन प्रजापति, मेनसन लाखेमरुलगायतले बोल्नुभयो ।
फिडे रेटिङ च्याम्पियनसीपअन्तर्गत खेलाइएको उक्त प्रतियोगितामा विभिन्न ३१ सहकारी संस्थाबाट सहभागिता जनाएका थिए ।
Leave a Reply