भर्खरै :

दोस्रो केन्दामा च्याम्पियनसीप – २०७६ सम्पन्न

भक्तपुर, १८ माघ । शनिबार भक्तपुरको सहिद स्मृति खेलमैदानमा भएको दोस्रो केन्दामा च्याम्पियनसीप–२०७६ मा फ्युचर स्टार सेकेन्डरी स्कुल च्याम्पियन बन्न सफल भएको छ । जापानी खेल केन्दामाको प्रबद्र्धन गर्न बनेको नेपाल केन्दामा नेटवर्कको आयोजनामा भएको प्रतियोगितामा भक्तपुरका २१ वटा विद्यालयका २९४ जना विद्यार्थीले भाग लिएका थिए ।
प्रतियोगिताको उद्घाटन नेपालस्थित जापानी राजदूतावासका काउन्सुलर योशियोकाले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाअन्तर्गत युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले केन्दामा खेललाई नगरस्तरीय अन्य प्रतियोगितामा पनि समावेश गर्न सकिने बताउनुभयो ।
नेपाल केन्दामा नेटवर्कका संयोजक पुण्यराम कवांको सभापतित्वमा भएको प्रतियोगितामा जाइका नेपालका प्रमुख आशाकुमा, कान्सेई गकुइन युनिभर्सिटीका प्राध्यापक डा.नारुहो एजाकी र प्राध्यापक ताकाता हिरोहिको, नेटवर्कका उपाध्यक्ष अम्बिका न्याईच्याई, सचिव रमेश सुवाल, कोषाध्यक्ष कृष्णराम त्वानाबासूलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा चम्पक विद्यापिठका विद्यार्थीले केन्दामाको तालमा गीत प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा फ्युचर स्टार से. स्कुलका लक्की सैंजू र चम्पक विद्यापीठका पुकार तामाङ व्यक्तिगत च्याम्पियन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *