अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
महोत्तरी, १९ माघ । सरकारले दिने उखु किसानलाई अनुदानवापतको रकम किसानले अझै पाउन सकेका छैनन् । किसानहरूले अनुदानस्वरूप पाउनुपर्ने रकम गत वर्षको पनि नपाएको गुनासो गरेका छन् । “सरकारले अनुदानवापत प्रतिक्विन्टल ६५ रूपैयाँ २८ पैसा किसानलाई उपलब्ध गराउनुपर्ने हो”, कुशवाहाले भन्नुभयो, “यसको झण्झटिलो र खर्चिलो प्रक्रिया बनेको हुँदा किसान पनि रनभुल्ल परेका छन् ।” महोत्तरी जिल्लामा गत वर्षको २१ लाख ३६ हजार क्विन्टल उखुको अनुदान किसानले नपाएका किसानहरूले जनाएका छन् ।
यता उखु किसानको बैङ्क खाता नहुँदा उद्योगले दिनुपर्ने भुक्तानीमा ढिलाइ भएको छ । बैङ्क खाता उपलब्ध गराउन नसक्दा किसानलाई दिनुपर्ने रकम भुक्तानी बाँकी रहेको महोत्तरी जिल्लाको रामनगरस्थित एभरेष्ट चिनी उद्योगले जनाएको छ ।
उद्योगका अधिकारीहरूले बैङ्क खाता उपलब्ध गराएका किसानको पुरानो बक्यौता खातामा पठाइसकेका गरेको दाबी गर्दै केही किसानको बैङ्क खाता प्राप्त हुन बाँकी रहेकोले भुक्तानीमा समस्या भएको बताएका छन् । गत पुस १३ गते उखु क्रसिङ थालेको उद्योगले पुस २५ गतेसम्मको भुक्तानी दिएर अहिले दोस्रो पाक्षिकको रकम पनि धमाधम किसानको खातामा पठाउन थालेको छ ।
उद्योगले सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानका प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगमा बुझाइएको उखुको प्रत्येक १५÷१५ दिनमा भुक्तानी दिन थालेको दासको भनाइ छ । उद्योगले यसपाली गत पुस २५ गतेसम्मको पहिलो पाक्षिकको भुक्तानी दिएर अहिले त्यसयता माघ ६ गतेसम्मको दोस्रो पाक्षिकको भुक्तानी धमाधम दिइरहेको जनाएको हो । गत पुस १३ गते क्रसिङ थालेको उद्योगले माघको दोस्रो सातासम्म १३ लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ । उखु किसानहरू राजधानीमा आएर धर्ना दिएपछि सरकार र उद्योगीहरू दबाबमा परेका छन् । उनीहरूले यसपटक उखुको भुक्तानी गर्न केही सुधारको प्रयास गरिरहेको छ । उद्योगले यसपाली भुक्तानीमा तदारूकता देखाएको जिल्ला उखु उत्पादक कृषक सङ्घले पनि स्वीकार गरेको छ । “उद्योगले गत वर्षको बाँकी रकमसँगै यसपालीको पनि पहिलो पाक्षिक भुक्तानी ग¥यो”, सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले भन्नुभयो, “बैङ्क खाता नभएर भुक्तानी अल्झिएका किसानको बैङ्क खाता मिलाएर भुक्तानी माग्ने तयारी गरिएको छ ।” समयमा खेतीसम्बन्धी सुविधा र भुक्तानी नपाएर विरक्तिएका किसान उद्योगले देखाएको तत्परताबाट उत्साहित भएका कुशवाहा बताउनुहुन्छ ।
जिल्लाको मुख्य नगदेबाली मानिने उखुबालीको भुक्तानी समयमा नपाएका हुँदा बर्सेनी उखु खेती घट्दै आएको देखिन्छ । पछिल्लो तीन वर्षको उखुखेतीको अवस्था हेर्दा यसपाली उखुखेतीको क्षेत्रफल दुई वर्षअघिको भन्दा आधाले घटेको छ । विसं २०७४ मा १६ हजार ५०० बिघामा रहेको उखु खेती २०७५ मा ११ हजार र यसपाली २०७६ मा सात हजार ५०० बिघामा झरेको हो । यसपाली अहिले कटान भइरहेको मध्ये चार हजार ५०० बिघामा खुट्टी उखु रहेको हुँदा अर्को वर्ष उखुखेती झनै घट्ने कुशवाहा बताउनुहुन्छ ।
Leave a Reply