भर्खरै :

कहिले सफा हुन्छ वाग्मती ?

– विनिता थापा, लोकन्थली, भक्तपुर
विक्रम संवत् २०७० साल जेठ ५ गतेदेखि साप्ताहिक रुपमा बाग्मती नदी सफाइ गर्ने अभियान सुरु भएको थियो । अभियानको उद्देश्य सफा, कञ्चन बाग्मती बनाउनु हो । अभियन्ताहरूका अनुसार शिवरात्रीसम्ममा बाग्मतीको पानी नुहाउन मिल्ने बनाइनेछ । तर, आजभोलि बाग्मतीको अवस्था हेर्दा के फागुन महिनामा पर्ने शिवरात्रीसम्ममा यहाँ बग्ने पानी नुहाउन मिल्ने बन्ला त ? अहँ, यसो भनियो भने यो प्रश्नले नै बाग्मतीलाई गिज्याएको जस्तो हुन्छ ।
बाग्मती सफाइ अभियानमा विभिन्न व्यक्ति, सङ्घसंस्थाका धेरथोर प्रयासबाट नै अघि बढिरहेको छ । ‘स्वच्छता मेरो पहिचान सफाइ मेरो योगदान’ भन्ने नाराका साथ गत शनिबार बाग्मती नदी सफाइ महाअभियानको ३५० औँ हप्ताको सरसफाइ पूरा पनि भएको छ । प्रत्येक शनिबार बाग्मतीको फोहोरमैला सफा गरिने यो कार्यक्रम नियमित रूपमा गरिएको तीन सय पचास हप्ता पुग्दा पनि नदी सफा हुन सकेको छैन । यस अभियानले बाग्मती नदीको भित्र भएको फोहोर कम गर्न सफल भएको छ तर नदीको किनारमा अझै पनि फोहोरको डङ्गुर देखिन्छ । त्यस्तै, नदीमा फोहोर फाल्ने र ढलसमेत मिसाउने कार्य अझै रोकिएको छैन । यसले गर्दा पनि नदी सफाइमा चुनौती थपिएको छ । सरसफाइ अभियानसँगसँगै नदीमा फोहोर नफाल्ने सचेतना जगाउन सके बाग्मती सफाई अभियानले सार्थकता पाउने थियो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *