भर्खरै :

सरकार निजी क्षेत्रको गोटी बन्न नहुने

काठमाडौं, १५ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरले निजी क्षेत्रमा भइरहेको श्रम शोषण अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै सरकार निजी क्षेत्रको गोटी बन्न नहुने विचार राख्नुभयो ।
संसदको अर्थ समितिमा बोनस ऐन २०३० लाई संशोधन गर्न बनेको विधेयक, २०७३ मा पार्टीको संशोधन पेश गर्दै सांसद थापामगरले नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानमा बोनस वितरण गर्न नपाउने र त्यस्तो रकम प्रतिष्ठानको उन्नतिमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
नाफा कमाउने संस्थानमा बोनस पाउने र सेवामूलक नाफा नकमाउने संस्थानमा बोनस नपाउने विधेयकको प्रावधान पक्षपातपूर्ण भएको उल्लेख गर्दै सांसद थापामगरले कर्मचारी प्रशासन चलाउन रू.५२ अर्ब ऋण र अनुदान लिनुपर्ने सरकार मगन्ते मानसिकताबाट मुक्त भई आत्मनिर्भर हुनुपर्ने विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *