भर्खरै :

प्रतिनिधिसभा बैठक अवरूद्ध

काठमाडौँ, २३ माघ । प्रमुख प्रतिपक्ष नेकाले बिहीबार प्रतिनिधिसभाको बैठक अवरोध ग¥यो । नेकाका सचेतक पुष्पा भुसालले ललित निवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकाका उपसभापति तथा प्रतिनिधिसभाका उपनेता विजय गच्छदारविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको पूर्वाग्रही भएको उल्लेख गर्नुभयो ।
सचेतक भुसालले मन्त्रिपरिषद्मा हुने प्रधानमन्त्रीको स्वीकृतिविना मुख्य सचिवले पेश नगर्ने हुँदा ललित निकास प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पनि जिम्मा लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद भुसालले ललित निवासको जग्गा फिर्ता गर्ने भनेको आधारमा कसैलाई मुद्दा नलगाउने अख्तियारको नीति नेकालाई स्वीकार्य नभएको उल्लेख गर्दै संसद चलाउन सहयोग नगर्ने स्पष्ट गर्नुभयो ।
दिउँसो १ बजे सुरू भएको प्रतिनिधिसभा बैठकमा नेकाका सांसदहरू सबै उठेर अवरोध गरेका थिए । बैठकमा नेका सभापति शेरबहादुर देउवाको उपस्थिति थिएन भने सत्तापक्षका नेताहरू प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपालको पनि उपस्थिति थिएन । नयाँ शक्ति पार्टीबाट चुनावबाट जितेका समाजवादी पार्टीका बाबुराम भट्टराईको उपस्थिति थियो । पूर्वप्रम भट्टराईले पनि ललित निवास प्रकरणको एउटा निर्णय गरेका थिए । प्रमलाई नीतिगत निर्णयमा संलग्न भएको भनी अख्तियारले छुट दिएको थियो ।
नेपालको राजनीतिमा बहुदलीय व्यवस्था पुनःस्थापनालगत्तै नेका पञ्चायती पदचिह्नमा र एमाले माओवादी (नेकपा) नेकाको पदचिह्नमा हिँडेको हुँदा यति अराजकता र भ्रष्टाचार बढेको हो । सरकारमा गएका पार्टीहरूले बनाउनै नहुनेलाई मन्त्री बनाएको हुँदा नेपालको ज्येष्ठ उद्योग विराटनगर जुट मिलदेखि भक्तपुर इँटा कारखानासम्म ध्वस्त गरे । ती भ्रष्ट मन्त्रीहरूलाई अझै कारबाही नभएकोमा जनताको कडा विरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *