जनसङ्ख्या नियन्त्रणबारे तुलनात्मक अध्ययन
- आश्विन २, २०८३
काठमाडौँ, २३ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मौसम बदली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी बिहीबार विशेष बुलेटिन जारी गर्दै शुक्रबार दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने जनाएको हो ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि शुक्रबारदेखि तीन दिनसम्म मौसम गडबड हुने छ । अहिले देशको पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा सामान्यतया मौसम सफा रहेको छ । आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
शुक्रबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा समान्यतया सफा रहने छ । देशको पश्चिमी पहाडी भेगका धेरै स्थानमा र मध्य तथा पूर्वीपहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातको समयमा देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा सामान्यतया सफा रहने छ भने पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे छ । बिहीबार काठमाडौँको न्यूनतम तामक्रम तीन दशमलब नौ र अधिकतम तापक्रम १७ डिग्रि सेल्सियस रहको छ ।
Leave a Reply