सन्दर्भ : प्याट्रिस लुमुम्बा जन्म जयन्ति (स्वतन्त्रताका लडाकु प्याट्रिस इमेरी लुमुम्बा – १)
- असार १९, २०८३
– ग्लोबल टाइम्स
नोबल कोरोना भाइरसविरुद्ध लड्न चिनियाँ समाज अघिल्लो पटक सार्सविरुद्धको लडाइँमा भन्दा अझ बढी परिचालित भएका छन् । वास्तवमा अहिलेको लडाइँ अभूतपूर्व जनस्वास्थ्यको लडाइँ बनेको छ । महामारीले बढी पिरोलिएका दक्षिणी चीनमा बन्द भएका वा बन्दजस्तै बनेका सहरको सङ्ख्या बढिरहेको छ । त्यहाँका जनता घरबाट बाहिर निस्केका छैनन् । दुई दिनको एकपल्ट वा त्योभन्दा लामो समयावधिमा परिवारको कोही एक जना सदस्यलाई मात्र अत्यावश्यक सामान किनमेलको लागि घरबाट बाहिर निस्कन सक्ने व्यवस्था गरेको छ । सबैले जटिल समय भोगिरहेका छन् ।
यद्यपि अधिकांश मानिस देश र स्थानीय सरकारले गरेको आह्वानको पालना गरिरहेका छन् । मानिसले केही केही गुनासा पनि गरिरहेका छन् । तथापि कोरोना भाइरसविरुद्धको लडाइँ भने व्यवस्थित र सङ्गठित तरिकाबाट नै अघि बढिरहेको छ । केही समयको लागि सहर बन्द हुनुको निम्ति सहर पूर्णतः मृत हुनु होइन । त्यो त महामारीविरूद्धको लडाइँको हिस्सा हो ।
चीनमा नयाँ वर्ष सकिंदै छ । बिदा सकिएसँगै एक ठाउँबाट अर्को ठाउँमा जाने मानिसको सङ्ख्या बढिरहेको छ । त्यसकारण मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा भ्रमण नगर्न बनाइएको नियमलाई अझ कडाइका साथ लागु गरिनुपर्छ । उहानबाट अर्को ठाउँमा गएका वा उहानबाट आएको कोही व्यक्तिसँग सम्पर्क गरेको तर त्यो कुरा लुकाएका मानिसलाई कानुनबमोजिम कारबाही र सजाय हुनुपर्छ । महामारीको समयमा जिम्मेवार निकायको आह्वान अटेर गरेर गम्भीर क्षति सिर्जना गर्नु अपराध हो भन्ने कुरा जनतालाई बुझाउनुपर्छ ।
चीनमा कोरोना भाइरसविरोधी यो लडाइँमा केही समस्या पनि देखिएका छन् । केही मानिसले हालसालै उहान सहर वा हुपेई प्रान्त वा रोगको सङ्क्रमण फैलिएका केही क्षेत्रमा पुगेको कुरा लुकाएको धेरै ठाउँमा फेला परेको छ । यस्तो असहयोगी कामले ठूलो क्षति भइरहेको छ ।
महामारीविरुद्ध सम्पूर्ण चीन एकजुट भएर लडिरहेको समयमा केही मानिसका यस्ता गतिविधि निकै खेदजनक छन् । यस्ता व्यवहारको आलोचना हुनुपर्छ । आलोचनाले नै यस्ता गतिविधि गर्ने वा यस्तो काम गर्ने मनसाय बोकेका मानिसलाई सुधार्न सकिन्छ ।
चीनमा नयाँ वर्ष सकिंदै छ । बिदा सकिएसँगै एक ठाउँबाट अर्को ठाउँमा जाने मानिसको सङ्ख्या बढिरहेको छ । त्यसकारण मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा भ्रमण नगर्न बनाइएको नियमलाई अझ कडाइका साथ लागु गरिनुपर्छ । उहानबाट अर्को ठाउँमा गएका वा उहानबाट आएको कोही व्यक्तिसँग सम्पर्क गरेको तर त्यो कुरा लुकाएका मानिसलाई कानुनबमोजिम कारबाही र सजाय हुनुपर्छ । महामारीको समयमा जिम्मेवार निकायको आह्वान अटेर गरेर गम्भीर क्षति सिर्जना गर्नु अपराध हो भन्ने कुरा जनतालाई बुझाउनुपर्छ ।
महामारी रोकथाम र नियन्त्रण अहिलेको सबभन्दा महत्वपूर्ण विषय हो । धेरै सहरले आफ्ना आन्तरिक र बाह्य यातायात प्रणाली बन्द गरिसकेका छन् । अधिकांश कम्पनी बन्द गरिएका छन् । त्यसको उनीहरूलाई ठूलो क्षति भएको छ । नागरिकलाई यताउता जाने स्वतन्त्रतामा केही बन्देज लगाइएको छ । यी सबै निर्णयको लक्ष्य भनेको सङ्क्रमित मानिस पहिचान गर्नु, विगत र भविष्यमा सङ्क्रमित मानिससँग बाहिरको अर्को व्यक्तिमा सङ्क्रमण रोक्नु हो ।
यस्तो परिस्थितिमा यदि कसैले जथाभावी अरू मानिसको सम्पर्कमा गए, यात्रा गरे, अरूसँग अन्तरक्रिया गरे सङ्क्रमणले अझ भयानक रूप लिनसक्छ । त्यस्तो मनलाग्दो व्यवहार अपराध हो ।
आधिकारिक तथ्याङ्कअनुसार ८० लाख मानिस पेइचिङ फर्किनुपर्ने छ । साङ्घाई, सेनचेन र क्वाङचाओमा पनि धेरै मानिस फर्किंदै छन् । उनीहरू फर्किनुअघि नै दुई वटा काम फत्ते गर्नुपर्छ ।
पहिलो, सबभन्दा बढी सङ्क्रमित बिरामी र रोगको वाहक पत्ता लगाउनुपर्छ । दोस्रो, केही रोगका बाहक समयमै पत्ता लाग्दैन । त्यस्तो अवस्थामा उनीहरूको स्वास्थ्य अवस्थाबाट हुनसक्ने क्षति न्यून गर्न सशक्त खालको स्वास्थ्य प्रणालीको विकास गर्नुपर्छ ।
यो जनताको लडाइँ हो । त्यसकारण यो सबै जनताको परीक्षा हो । राष्ट्रिय परिचालनमा हामीले पनि साथ दिऔँ । भाइरसविरुद्धको लडाइँमा कसैबाट अवरोध नहोस् । महामारीविरुद्धको लडाइँ लडेर हामी अन्ततः पुरस्कृत हुनेछौँ ।
नेपाली अनुवाद ः अनिल .
Leave a Reply