भर्खरै :

रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

सृजना सैंजू
शिक्षा भविष्यको तयारी नै हो । यसमा दुईमत नहोला । भोलिको देश आजको शिक्षासँग जोडिएको हुन्छ । युग सुहाउँदो शिक्षा र २१ औँ शताब्दीले मागेको असल, निपुण र इमानदार मानिसहरू जन्माउन र हुर्काउन ख्वप लागिपरेको हो । ख्वपका अग्रजहरू, शिक्षाप्रेमी तथा शिक्षाकर्मीहरूको मेहनत अविश्रान्त अगाडि बढून्, शुभेच्छा छ ।
विश्वविद्यालय देशको प्राज्ञिक केन्द्र मानिन्छ । देशका लागि आवश्यक रत्नहरू, चिन्तकहरू त्यहीबाट तयार हुन्छन् । हामी सुन्दै छौँ, हाम्रा विश्वविद्यालयहरू बौद्धिक भ्रष्टाचारको केन्द्र बन्दै छन्, दलीय भागबन्डाको चपेटामा छन्, विश्वविद्यालयहरू । देशलाई आवश्यक विषयहरू इतिहास, भूगोल, राजनीतिशास्त्र पढ्ने विद्यार्थी घट्दै गएको समाचार पुरानो भइसक्यो । सेमेस्टर सिस्टम भन्दै, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको निम्ति भन्दै आयातित पाठ्यक्रमअनुसार विश्वविद्यालय निर्देशित छ । बौद्धिक पलायनको निम्ति विश्वविद्यालय आपैmँ जिम्मेवार देखिन्छ । यी त केही दृष्टान्तहरूमात्रै हुन् । केही समयअगाडि एक विज्ञले लेखेका थिए, ‘विश्वविद्यालयमा प्राध्यापक र विद्यार्थीको पेटमा आगो छैन । नयाँ कुरा दिने, खोज्ने, सिक्ने, अनुसन्धान र अन्वेषणको भोक छैन । विश्वविद्यालय भवन र जमिनले बन्दैन । ज्ञानको सर्वश्रेष्ठता र नयाँ आविष्कारहरूले बन्छ ।’ सरकारले यतातर्पm ध्यान दिनसके देशले राम्रो भविष्य पाउने छ ।
विश्वविद्यालयका बेथितिविरुद्ध ख्वप जनताको विश्वविद्यालयको निम्ति लड्दै छ, लडिरहने छ । जनता आशावादी छन् । त्यसका लागि शैक्षिक उत्कृष्टता र विद्यार्थीमा देशप्रेम ख्वपको महत्वपूर्ण हतियार हुने छ ।
निःसन्देह अब्बल नतिजासँगै देशलाई माया गर्न सिकाउने शैक्षिक वातावरण आजको आवश्यकता हो । देशको सार्वभौमिकता, स्वाधीनता र भूअखण्डताको निम्ति आवाज उठाउनसक्ने बनाउनु आजको आवश्यकता हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा ठीक र बेठीक छुट्याउनसक्ने बनाउनु आजको अपरिहार्यता हो । आजको सन्दर्भमा विद्यार्थीलाई भारतीय विस्तारवाद र एकाधिकार पूँजीविरुद्ध लड्न सिकाउनु, अमेरिकी साम्राज्यवादविरुद्ध उभिन सिकाउनु र तीनका पिछलग्गूहरूविरुद्ध लड्न सिकाउनु साँचो अर्थमा देशप्रेम र देशभक्तिको परिभाषा हुन सक्दछ ।

एमसीसीको नाममा संरा अमेरिकाले ५ वर्षमा दिने ५५ अर्ब रुपैयाँको सर्तसहितको अनुदानले देशमा मनग्य बिजुली उत्पादन हुन्छ, बाटाहरू फराकिला बन्छन्, देश धनी हुन्छ, समृद्धि आउँछ भन्नु ‘पश्चिमबाटै सूर्य उदाउँछ’ भन्नुजत्तिकै झूट हो । एमसीसी नामको आर्थिक अनुदानको आवरणभित्र संरा अमेरिकाको ब्वाँसो नीति छ भन्नेमा हामी स्पष्ट छौँ । ५५ अर्बमा ¥याल चुहाउनेहरूले हेक्का राख्नुपर्ने हो, एमसीसी हिन्द प्रशान्त रणनीतिअन्तर्गतकै कार्यक्रम हो, यसमा विवाद छैन । एमसीसीमार्फत नेपाललाई हिन्द प्रशान्त सैन्य गठबन्धनमा लाने संरा अमेरिकाको योजना हो ।

भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा गाभ्दा, हाम्रो जमिन हडप्दा भारतीय विस्तारवादविरुद्ध हामीले नै सङ्घर्ष ग¥यौँ । सङ्घर्ष जारी छ । सरकार र शासक दलहरूले लिम्पियाधुरासम्मै नेपालको भूमि हो, फिर्ता गर पनि भन्न सकेनन् । आजसम्म त्यसको निम्ति कुनै ठोस पहल भएको देखिन्न । हामीले सडकदेखि सदनसम्म, देशका विभिन्न ठाउँहरूदेखि भारतीय दूतावाससम्म विरोध ग¥यौँ, जनतालाई सचेत र जागरूक बनाउने प्रयास ग¥यौँ । हाम्रा सचेत विद्यार्थीले विरोधको आवाजलाई झन् ठूलो पारे ।ख्वपको नेतृत्व, शिक्षक, प्राध्यापकहरूले विद्यार्थीलाई देश पढाउने र विद्यार्थीलाई देशको सार्वभौमिकता र माटो जोगाउने आन्दोलनमा सरिक बनाउने कार्य निरन्तर अगाडि बढाउन आवश्यक छ ।
देशको सार्वभौमिकता र स्वाधीनतासँगै जोडिएको अर्को विषय एमसीसीको चर्चा सेलाएको छैन । यो विषयमा विद्यार्थीलाई शिक्षित बनाउन आवश्यक छ । मैले सुनेँ, यो तीनदिने प्रदर्शनीमा ख्वपका विद्यार्थीहरूले मिलेनियम च्यालेञ्ज कर्पोरेसन्न र हिन्द प्रशान्त रणनीतिको विषयमा खोज तथा अध्ययनको प्रस्तुति गर्दै छन् । विद्यार्थीहरूको मेहनत फलदायी हुने विश्वास छ ।
एमसीसीको नाममा संरा अमेरिकाले ५ वर्षमा दिने ५५ अर्ब रुपैयाँको सर्तसहितको अनुदानले देशमा मनग्य बिजुली उत्पादन हुन्छ, बाटाहरू फराकिला बन्छन्, देश धनी हुन्छ, समृद्धि आउँछ भन्नु ‘पश्चिमबाटै सूर्य उदाउँछ’ भन्नुजत्तिकै झूट हो । एमसीसी नामको आर्थिक अनुदानको आवरणभित्र संरा अमेरिकाको ब्वाँसो नीति छ भन्नेमा हामी स्पष्ट छौँ । ५५ अर्बमा ¥याल चुहाउनेहरूले हेक्का राख्नुपर्ने हो, एमसीसी हिन्द प्रशान्त रणनीतिअन्तर्गतकै कार्यक्रम हो, यसमा विवाद छैन । एमसीसीमार्पmत नेपाललाई हिन्द प्रशान्त सैन्य गठबन्धनमा लाने संरा अमेरिकाको योजना हो । यदि सत्य त्यो होइन भने अमेरिकाको रक्षा मन्त्रालयबाट आधिकारिकरूपमा प्रकाशित प्रतिवेदनमा ‘नेपाल आईपिएसको पछिल्लो सदस्य देश हुने’ किन लेखिन्छ ? इन्डो – प्यासिफिक अमेरिकी सैन्य कमान्डरले नेपालको पाँचखालको सैन्य प्रशिक्षणालयमै भ्रमण किन गर्छ ? दक्षिणपूर्वी एसियाको लागि अमेरिकी उपसहायकमन्त्री रक्षामन्त्रीसँग किन भेट्छ ? अमेरिकी प्रतिनिधिमण्डललाई नेपालको रक्षा र सैन्य मामिलामा यति चासो किन ? एमसीसीसँगै अमेरिकी साम्राज्यवादको हस्तक्षेप पनि भित्रिसकेको यथार्थ हो ।
हुँदाहुँदै चीन र नेपालको सुपुर्दगी सन्धि अमेरिकाको चेतावनीकै कारण रोकिएको कसैबाट लुकेको छैन । प्रजग कोरियाको लगानी तथा नागरिक फिर्ता अर्को निन्दनीय कार्य हो । अमेरिकी साम्राज्यवादले विकासोन्मुख देशहरूलाई उठ्न नदिने, उदीयमान अर्थतन्त्रमाथि आक्रमण गर्ने नीति लिएको छ । ऊ जहाँजहाँ जान्छ त्यहाँ त्यहाँ ध्वंश मच्चाउँछ । नेपालले एमसीसी स्वीकारेमा देश अमेरिकी सेनाको अखडा बन्नेछ । रक्तपात र दमनको क्रुर समय सुरू हुने छ । इराक, इरान, लिविया, सिरियाको इतिहासले यही भन्छ । जापान, दक्षिण कोरिया, फिलिपिन्स, कतारलगायत अन्य देशमा आज अमेरिकी सेना परेड खेल्छन् । नेपाली जनतालाई यस्तो नियति स्वीकार्य छैन । नेपाललाई सर्तसहितको अनुदान चाहिएकै छैन । हरेक वर्षको बजेट, पुँजीगततर्फ्को बजेटमात्रै पूर्ण खर्च भए, भ्रष्टाचारमात्रै रोकिए अनुदानमै भरपर्नुपर्ने बाध्यता नहुने जानकारहरू बताउँछन् । बौद्धिक दरिद्रता भएका भ्रष्ट र दास मानसिकताका शासकहरूलाई आत्मनिर्भरता चाहिएकै छैन । तिनलाई देशको सार्वभौमिकता र स्वाधीनता बन्धकमा राखेर आउने अलिकति रुपैयाँको असाध्यै लोभ छ ।
वाग्मती प्रदेशसभामा भने एमसीसीविरुद्ध नेमकिपाबाहेक कसैले चुँ पनि बोलेनन् । नेमकिपा जिल्लाजिल्ला, विद्यालय–कलेज, टोलटोलमा एमसीसीको वास्तविकता राख्दै जनतालाई सचेत बनाउँदै छ ।
सामाजिक सञ्जालमा एउटा तस्वीरले चर्चा पाएको छ । बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित सारङ्गी साँझमा बाँसुरी बजाउँदै गरेका प्रधानमन्त्रीको तस्वीर ।
भारतीय विस्तारवादले गरेको भूमि अतिक्रमण, अमेरिकी साम्राज्यवादको सैन्य गठबन्धन हिन्द प्रशान्त रणनीति र एमसीसीको प्रतिकार गर्नुपर्नेबेला प्रधानमन्त्री बाँसुरी बजाउँदै छन् भन्ने टिप्पणी जनताको छ । न्यायप्रेमी जनताले इतिहास पनि सम्झे, “कुनै बेला रोम जलिरहेको बेला राजा निरो बाँसुरी बजाइरहेका थिए ।”
आधुनिक निरोहरूबारे विद्यार्थीलाई सचेत बनाउन यो कलेज तत्पर रहने विश्वास छ ।
(ख्वप उच्च मावि, ख्वप कलेज र शारदा क्याम्पसको बिहीबारबाट सुरु भएको शैक्षिक प्रदर्शनीको उद्घाटन कार्यक्रममा व्यक्त मन्तव्य–सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *