भेटिकन सिटिजस्तै भक्तपुर नगर
- असार १९, २०८३
कानुन कसैलाई धेरै र कसैलाई थोरै लागू हुने होइन । कानुनको नजरमा सबै समान हुन्छन्, हुनुपर्छ । शासनमा बसेको मानिसलाई एकथरी कानुन र भुइँ तहको मानिसलाई अर्को कानुन हुने गर्दैन ।
विडम्बना ¤ आज देशमा त्यही भइरहेको देखिन्छ । ललिता निवासको जग्गा सरकारको जग्गा हो । सरकारको जग्गा जनताको सम्पत्ति हो । जनताको सम्पत्ति कोही पनि व्यक्तिले आफ्नो निजी सम्पत्ति बनाउनु भ्रष्टाचार हो । ललिता निवासको जग्गा हिनामिनाको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकार नजिकका केही मानिसलाई भने जोगाउने खालको निर्णय गरेको छ । अख्तियारले मुद्दा दायर गरेका व्यक्तिलाई राजनीतिक निकटता वा शक्तिको आधारमा छुट दिनु गलत हो । त्योभन्दा ठूलो गल्ती भनेको अख्तियारले राजनीतिक शक्तिको आधारमा कोही पनि व्यक्तिलाई मुद्दा दायर नगर्नु हो ।
ललिता निवासको जग्गा कौडीको भाउमा किन्ने अनि अहिले भ्रष्टाचारको कालो छाया लाग्दा सत्ताशक्तिको दुरुपयोग गरेर ‘जग्गा फिर्ता गर्छु’ भनेर सजायबाट मुक्त हुन खोज्नु बदमासी हो । ललिता निवासको मुद्दा बाहिर नआए अख्तियारले मुद्दा लगाएका मान्छेहरूले जस्तै विष्णु पौडेलले पनि सरकारी जग्गा कुम्ल्याउने थिए । तर, भ्रष्टाचारको मुद्दा चल्दा सत्ताकै आडमा विष्णु पौडेलमात्र जोगिने कुरा न्यायमा पूर्वाग्रह हो ।
ललिता निवास प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेललगायत धेरै नेता विवादित छन् । तर, अख्तियारले भने तिनै पौडेललाई छुट दिएको देखियो । प्रश्न मुद्दा दायर भएका व्यक्तिलाई किन मुद्दा दायर गरियो भन्ने होइन । विषय, यो मुद्दामा मुछिएका व्यक्तिलाई किन अनुसन्धानको कारबाहीमा ल्याइएन भन्ने हो । कसैलाई काखा र कसैलाई पाखा गर्नु न्याय कदापि हुनसक्दैन । सत्ताको न्यानोको आडमा कसैमाथि अनुसन्धान नगर्दा भ्रष्टाचार अझ बढ्ने छ ।
ललिता निवासको जग्गा कौडीको भाउमा किन्ने अनि अहिले भ्रष्टाचारको कालो छाया लाग्दा सत्ताशक्तिको दुरुपयोग गरेर ‘जग्गा फिर्ता गर्छु’ भनेर सजायबाट मुक्त हुन खोज्नु बदमासी हो । ललिता निवासको मुद्दा बाहिर नआए अख्तियारले मुद्दा लगाएका मान्छेहरूले जस्तै विष्णु पौडेलले पनि सरकारी जग्गा कुम्ल्याउने थिए । तर, भ्रष्टाचारको मुद्दा चल्दा सत्ताकै आडमा विष्णु पौडेलमात्र जोगिने कुरा न्यायमा पूर्वाग्रह हो ।
सत्ताको नजिक हुनु नै निर्दोष हुनुको प्रमाण होइन । सत्ताशक्तिको प्रयोग गरी आफूले गरेको भ्रष्टाचारबाट चोखिन खोज्नु अर्को भ्रष्टाचार हो । भ्रष्टाचारको निवारण अर्को भ्रष्टाचारबाट हुन सक्दैन । भ्रष्टाचारको ठूलो र अलि ठूलो भनी वर्गीकरण हुनसक्दैन । भ्रष्टाचारको आरोप विपक्षीमाथिको दमन गर्ने र आफ्नो पक्षलाई जोगाउने हतियार पनि बन्न हुन्न । ‘भ्रष्टाचारीको मुखै हेर्न मन नपराउने’ प्रधानमन्त्रीले आफ्नो कोठाभित्र बसेका भ्रष्टाचारीलाई भने भिटामिन खुवाउनु द्वैधचरित्र र जनतामाथि बदमासी हो ।
प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले आफ्ना नेता विजय गच्छदारलाई अख्तियारमा मुद्दा दायर भएपछि उनको रक्षाको निम्ति चिच्याउनु पनि भ्रष्टाचारीकै संरक्षण हो । अख्तियारले ललिता निवासमा भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्री गच्छदारविरुद्ध उजुरी दर्ता ग¥यो । त्यसबाट नेकाको निद्रा खल्बलाउनु उचित होइन । बरू गच्छदारलगायत यो मुद्दामा सामेल सबै भ्रष्टाचारका आरोपीलाई कारबाही गर्न पहल गर्नुपर्छ ।
Leave a Reply