सन्दर्भ : प्याट्रिस लुमुम्बा जन्म जयन्ति (स्वतन्त्रताका लडाकु प्याट्रिस इमेरी लुमुम्बा – १)
- असार १९, २०८३
काठमाडौँ, २४ माघ । नेपाल सरकारले चीनको उहानमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउने तयारी गरिरहेको छ । कोरोना भाइरसबाट सबभन्दा बढी प्रभावित मध्य चीनको हुपेई प्रान्तको उहानमा रहेका नेपालीलाई नेपाल फिर्ता ल्याएर काठमाडौँ उपत्यकाका चार स्थानमा राख्ने तयारी गरिरहेको समाचार स्रोतहरूले जनाएका छन् । बिहीबार प्रधानमन्त्रीको उपस्थितिमा बसेको बैठकले काठमाडौँ जिल्लाको शिवपुरी र इचङ्गुनारायण तथा भक्तपुरको सूर्यविनायक र खरिपाटीमा ती नेपालीलाई राख्ने निर्णय गरेको छ । तर, नेपाल सरकारको यो निर्णयले काठमाडौँ उपत्यकामा सन्त्रासको अवस्था बन्दै छ । त्यसो त उहानमा कोही पनि नेपाली कोरोना भाइरस सङ्क्रमित भएको अहिलेसम्म खबर छैन । तथापि भाइरसबाट सबभन्दा बढी प्रभावित क्षेत्र भएकोले उहानबाट कोही पनि चिनियाँलाई अन्यत्र र अन्यत्रका कोही पनि व्यक्तिलाई उहानमा पस्न दिइएको छैन । रोगको सङ्क्रमण फैलिनबाट रोक्न चीन सरकारले अरू पनि प्रान्त र सहरमा त्यस्तो व्यवस्था गरेको छ । चीनको सहरलाई पनि विभिन्न स–साना क्षेत्रमा विभाजन गरी सो क्षेत्रमा आवतजावत पूर्णतः बन्द गरेको अवस्था छ । उहानबाट आएको व्यक्तिसँग भेटेको अथवा आफू स्वयम् उहानबाट आएको कुरा सम्बन्धित निकायलाई नभन्दा भाइरसको रोकथाममा समस्या भइरहेको चीनका आधिकारिक निकायले बताइरहेका छन् ।
सरकारले त्यसको निम्ति व्यवस्था गरेका चार स्थान काठमाडौँ उपत्यकाभित्रै छन् । घना बस्ती विस्तार भएको काठमाडौँ उपत्यकाभित्र कदाचित कुनै अप्रिय अवस्था भयो भने त्यसको मूल्य धेरै पर्नेछ । सरकारले व्यवस्था गरेको भनिएका स्थानहरू क्वारेन्टाइनको लागि कुनै भौतिक पूर्वाधार विकास नभएका ठाउँ हुन् । क्वारेन्टाइनको लागि आवश्यक स्वस्थकर वातावरण, अलग कोठा, भान्छा, शौचालयलगायत अन्य चिकित्सकीय आवश्यकता ती स्थानमा अहिलेसम्म बनाइएको छैन । चीनमा दस दिनभित्र अस्पताल बनाएजस्तै नेपालले छोटो समयमा ती ठाउँमा त्यस्ता सुविधासम्पन्न पूर्वाधार बनाउन सम्भव छैन ।
भाइरसको कारण फिलिपिन्समा एक जना मानिसको निधन भयो । २४ देशका २० हजारभन्दा बढी मानिस यो रोगबाट सङ्क्रमित छन् । यो रोग आज चीनमा मात्र सीमित छैन । विभिन्न देश र चीनकै विभिन्न प्रान्तमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण कुनै न कुनै रूपमा चीन, विशेषतः उहानसँग जोडिएको छ । त्यसकारण यतिबेला उहानबाट स्वदेश फिर्ता हुनु बुद्धिमानी होइन । बरू त्यहाँका नेपालीले जे जति समस्या सामना गरिरहेका छन्, ती समस्या समाधानको निम्ति नेपाल सरकारले चीन सरकारसमक्ष कूटनीतिक पहल गर्नुपर्छ । खाना र अन्य बन्दोबस्तीका सामानको अभाव भएको अवस्थामा ती समस्या समाधानको लागि नेपाल सरकारले ध्यान दिनुपर्छ ।
सङ्क्रमित नभए पनि सम्भावित क्षति न्यूनीकरणको लागि उहानबाट फर्केका नेपालीलाई कम्तीमा चौध दिन क्वारेन्टाइन(नियमित जाँच र विशेष बन्दोबस्तसहित अलग बस्ने) मा राखिने छ । सरकारले त्यसको निम्ति व्यवस्था गरेका चार स्थान काठमाडौँ उपत्यकाभित्रै छन् । घना बस्ती विस्तार भएको काठमाडौँ उपत्यकाभित्र कदाचित कुनै अप्रिय अवस्था भयो भने त्यसको मूल्य धेरै पर्नेछ । सरकारले व्यवस्था गरेको भनिएका स्थानहरू क्वारेन्टाइनको लागि कुनै भौतिक पूर्वाधार विकास नभएका ठाउँ हुन् । क्वारेन्टाइनको लागि आवश्यक स्वस्थकर वातावरण, अलग कोठा, भान्छा, शौचालयलगायत अन्य चिकित्सकीय आवश्यकता ती स्थानमा अहिलेसम्म बनाइएको छैन । चीनमा दस दिनभित्र अस्पताल बनाएजस्तै नेपालले छोटो समयमा ती ठाउँमा त्यस्ता सुविधासम्पन्न पूर्वाधार बनाउन सम्भव छैन । त्यसकारण कमजोर भौतिक पूर्वाधार भएको स्थानमा क्वारेन्टाइन राख्नु अर्को गल्ती हुनेछ, जसको मूल्य अचाक्ली हुने खतरा हुन्छ । नेपाल सरकारको काम गर्ने हचुवा शैलीबारे नेपाली जनता राम्ररी अवगत छन् । सञ्चारमाध्यम, अन्तर्राष्ट्रिय समुदाय र जनताले लगातार ध्यानाकर्षण गर्दा समेत सरकारले अन्तर्राष्ट्रिय विमानस्थलमा उचित क्वारेन्टाइनको व्यवस्था गर्नसकेको थिएन । सरकारले चीनबाट फर्केका नेपालीको आवश्यक स्वास्थ्य परीक्षण गर्नु त परको कुरा, ज्वरोसम्म पनि जाँच्ने व्यवस्था गरेको थिएन । यस्तो अवस्थामा सरकारले व्यवस्था गरेका चार स्थानमा हुने कमजोरीले कतै नेपाल अझ विशेषतः काठमाडौँ अर्को ठूलो समस्यामा पर्ने त होइन ¤ सरकारको यो निर्णय ‘राम्रोको लागि बुलाकी लगायो, बुलाकीले नाकै खायो’ हुने खतरा छ ।
निःसन्देह उहानमा रहेका नेपालीको दुःख र पीडा कम छैन । त्यसलाई न्यूनाड्ढन गर्न सकिन्न । यस्तो बेला परिवार र आफन्तसँग हुन पाए मानिस मानसिकरूपमा कमजोर हुँदैन । तर उहानमा नेपाली मात्र होइनन्, अरू पनि धेरै मानिस त्यहाँको सड्ढटको अवस्था मनन गरेर समस्या सामना गरेर बसेका छन् । नेपाललगायत विदेशी नागरिकलाई चीन सरकारले प्राथमिकताका साथ हेरिरहेको छ । चीन सरकारले रोग नियन्त्रणमा आइरहेको नियमित प्रतिवेदन पनि सार्वजनिक गरिरहेको छ । नेपालमा भरपर्दो पूर्वाधार बनिनसकेको, सरकार स्वयम् पनि त्यसको निम्ति तयार नभएको अवस्थामा उहानमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्नुभन्दा त्यहाँका समस्या समाधान गर्नमा सरकारले ध्यान दिनुपर्छ । नेपालको कमजोर स्वास्थ्य प्रणालीको कारण नेपालमा कदाचित कोरोना भाइरस फैलिए त्यसको निकै ठूलो मूल्य भोग्नुपर्ने हुनसक्छ । भावनाबाट भन्दा पनि वस्तुगतरूपमा यो विषयमा सोच्नु उचित हुन्छ । सरकारले काठमाडौँ उपत्यकाभित्र उहानबाट आएकालाई राख्ने तोकिएका स्थानहरू अर्को ठूलो खतराको कारण बन्न सक्छन् ।
Leave a Reply