भर्खरै :

बुद्धि–विवेकको लडाइँमा जित्न नसक्दा साम्रँज्यवाद कीटाणु युद्धमा !

भक्तपुर, २४ माघ । नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरको सातौँ जिल्ला सम्मेलन शुक्रबारदेखि प्रारम्भ भयो । ‘क्रान्तिकारी भूमिसुधारको लागि किसान आन्दोलन, सार्वभौमिकता रक्षाको लागि जिल्ला सम्मेलन’ भन्ने उद्घोषका साथ भएको सो सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुभएको थियो ।
सम्मेलनको पूर्ण सफलताको कामना गर्दै अध्यक्ष बिजुक्छँेले भन्नुभयो, “पुराना पुस्ताका अग्रज किसानहरू सङ्घर्षशील, सहनशील र दुःख सहन्छन्, नयाँ पुस्ताका साथीहरू शिक्षित र सुसंस्कृत हुनेछन् । विगतका दिनमा पुराना साथीहरू आ–आफ्नो ठाउँमा सक्रिय भए भने नयाँ पुस्ताका साथीहरू देश र अन्तर्राष्ट्रिय समुदायका मजदुर र किसानमाझ पुगेर सुसूचित हुनेछन् ।”
हरेक कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रवादी हुने स्पष्ट पार्दै उहाँले संसारका शोषित–पीडित जनताको आन्दोलन, गतिविधि र ऐन–कानुनबारे कार्यकर्ताहरूले अध्ययन गर्नुपर्छ भन्नुभयो ।
चीनको उहान सहरमा फैलिएको कोरोना भाइरसको रोकथाम गर्न चिनियाँ सरकार, चिनियाँ कम्युनिस्ट पार्टी, स्वास्थ्यकर्मी र जनता भित्री दिलदेखि लागिपरेको प्रस· उल्लेख गर्दै अध्यक्ष रोहितले चिनियाँ सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले गरिरहेको योगदान छोप्न साम्राज्यवादी संरा अमेरिकाले अनावश्यक हल्ला गरिरहेको बताउनुभयो ।
कोरोना भाइरस सङ्क्रमित या संक्रमण आशड्ढित नेपालीहरूको स्वास्थ्य परीक्षण गर्ने उपाय, विधि र कुनै औषधोपचारको विनातयारी नेपाली फर्काउने र उपत्यकामा राख्ने नेपाल सरकारको निर्णयप्रति विमति राख्दै उहाँले भन्नुभयो, “त्यो रोग नेपालमा फैलिएमा सरकारले नियन्त्रण गर्नसक्ने छैन र ठूलो महामारी हुने सम्भावना छ ।”
बुद्धि र विवेकले काम नगरेपछि संरा अमेरिकी साम्राज्यवादले कीटाणु युद्ध, रासायनिक युद्ध र आणविक युद्ध थालेर ठूलो धन–जन नष्ट गराएको इतिहासबारे जानकारी दिँदै अध्यक्ष रोहितले भन्नुभयो, “चिनियाँ सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले जनतालाई काम–माम–कपडाको व्यवस्था गरेको र चिनियाँ जनताको मध्यमस्तरको अर्थतन्त्रको विकास देख्न नसकेर÷नचाहेर संरा अमेरिकाले चीनमा कोरोना भाइरस फैलाएको त होइन भन्ने शड्ढा छ ! चीनको अद्भूत विकास संरा अमेरिकाको लागि असह्य भइरहेको छ ।”
पुँजीवादी व्यवस्थामा नाफाको निम्ति तल्लो स्तरको घृणित कार्य हुने गरेको उदाहरण धेरै भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “कसैलाई शोषण र भ्रष्टाचार नगरी कोही व्यक्ति एकाएक धनी हुनैसक्दैन । भ्रष्टाचार र शोषण पुँजीवादी व्यवस्थाको प्रवृत्ति हुन् ।”
अध्यक्ष रोहितले भन्नुभयो, “हरेक जनताको अन्तिम इच्छा देशलाई मुक्त गर्ने हुनुपर्छ । जनता मिलेमा जस्तोसुकै प्रतिक्रियावादी सरकारको पतन निश्चित छ । अमेरिका जतिसुकै शक्तिशाली भए पनि भियतनामी जनताले पराजित गरेको इतिहास छ ।”
“जुनसुकै स्वतन्त्र र सार्वभौम देशमा साम्राज्यवादी शक्तिले हमला या आक्रमण गरेमा त्यसको विरोध गर्नु कम्युनिस्टको कर्तव्य हो र देश जोगाउनको लागि अन्तिम दमसम्म लड्न नेमकिपा तयार छ । नेमकिपाले संरा अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीसमक्ष कहिल्यै आत्मसमर्पण गर्ने छैन”, अध्यक्ष रोहितले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले पार्टी र सङ्घले देशभरिका किसानहरूको हक–हितको निम्ति सडकदेखि सदनसम्म सङ्घर्ष गरिरहेको छ भन्नुभयो ।
देशभरका जालीफटाहाहरू काठमाडौँमा भित्र्याएर किसानहरूलाई परनिर्भर बनाउने काम सरकारमा गएका पार्टीहरूले गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “युवाहरूलाई वैदेशिक रोजगारमा पठाएर देश कहिल्यै आत्मनिर्भर हुनेछैन ।”
कृषि उत्पादन बढाउन, कृषकहरूको जीवनस्तर उकास्न र देशको आयस्रोत बढाउन देशमा रासायनिक मल कारखाना स्थापनाको लागि पार्टी र किसान सङ्घले सुरूदेखि सरकारको ध्यानाकर्षण गरिरहेको जानकारी दिँदै उहाँले क्रान्तिकारी भूमिसुधार लागू गर्न नेक्राकिसङ्घ सङ्घर्षरत छ भन्नुभयो ।
“आफ्ना नेता–कार्यकर्ता बचाउने नाउँमा भ्रष्टाचारी, कमिसनखोरलाई सफाइ दिई सरकारले अपराधीहरूको संरक्षण गरिरहेको छ”, उहाँले भन्नुभयो ।
काफ्लेले जोड दिनुभयो, “किसानको जीवन सुनिश्चित गर्न किसानहरूलाई निवृत्तिभरणको व्यवस्था गरिनुपर्छ । कृषि उत्पादन वृद्धि गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बताउनेतर्फ सरकारको ध्यान जान आवश्यक छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले नेमकिपा कसैको प्रलोभन, पद र पैसामा नभुली देश र जनताको इमानदारीपूर्वक सेवा गरिरहने पार्टी हो भन्नुभयो ।
बहुमत किसान र कामदार जनताको निम्ति ओली सरकारले काम गर्न नसकेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “नेकपा कम्युनिस्ट पार्टी नभएको हुँदा ओली सरकारले कामदार जनताको हितमा काम नगर्ने निश्चित छ ।”
राजनीतिक परिवर्तनको निम्ति जेल–नेलको परबाह नगरी गरिएका अग्रजहरूको सङ्घर्ष खेर नगएको उल्लेख गर्दै केन्द्रीय सदस्य गोसाईले प्रतिक्रियावादीविरूद्ध एकता, उच्च भावना र सङ्घर्षको आवश्यकता छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “देशमा भ्रष्टाचार र लुटको परिस्थिति सत्तारूढ दलले नै सिर्जना गरेको हो । पुँजीवादी व्यवस्थाले किसानको हित गर्दैन ।”
नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरका संयोजक एवम् कार्यक्रमका सभापति गोविन्द दुवालले क्रान्तिकारी भूमिसुधार लागू गर्न र देश जोगाउन किसानहरूले आन्दोलन गरेको स्मरण गर्दै नेक्राकिसङ्घले स्थापनाकालदेखि किसानहरूको मुक्तिको लागि अन्याय–अत्याचार र शोषणको विरूद्ध सङ्घर्ष गरिरहेको बताउनुभयो ।
“प्रतिक्रियावादी शक्तिको अगाडि झुक्न नहुने विचार व्यक्त गर्दै उहाँले विदेशी हस्तक्षेप भए पनि मौन बस्ने सरकारको विरोध गर्नुपर्छ, नेता तथा कार्यकर्ताहरूले पद र पैसाको लागि आफ्नो स्वाभिमान गुमाउनु हुँदैन, सही राजनीति गरे देश र जनताले दुःख पाउने छैनन्”, उहाँले भन्नुभयो ।
समुद्घाटन समारोहमा नेमकिपा जिल्ला समिति भक्तपुरका सदस्य नारायणबहादुर दुवाल, नेक्राकिसङ्घ काठमाडौँका प्रतिनिधि गुणदास महर्जन, नेक्राकिसङ्घ काभ्रेका प्रतिनिधि धनबहादुर तामाङ, नेक्रामजदुर सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष उपेन्द्र सुवालले शुभकामना मन्तव्य दिनुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घ जिल्ला समिति भक्तपुरका सह–संयोजक केशवप्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य दिनुभएको थियो ।
उद्घाटन कार्यक्रमअघि भनपा वडा नं. १ स्थित दूधपाटीबाट ¥याली सुरू भएको थियो । ¥याली बजार परिक्रमापछि उद्घाटन समारोहमा परिणत भएको थियो ।
दूधपाटीमा किसान कार्यकर्ताहरू गंगाराम ज्याख्व र नारायणभक्त न्हेम्हाफुकीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *