भर्खरै :

मनाङ मस्र्याङ्दी विजयी

काठमाडौँ, २६ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एघारौँ चरणको आफ्नो खेलमा मनाङ मस्र्याङ्दी क्लव विजयी भएको छ । न्यूरोड टिमलाई हराउँदै मनाङ मस्र्याङ्दी लिगको तेस्रो स्थानमा उक्लेको हो ।
ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फूटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा मनाङले न्यूरोडलाई ४–१ गोलले पराजित गरेको हो ।
मनाङ मस्र्याङ्दीले पहिलो हाफमा दुई गोल गरेको थियो । दोस्रो हाफमा मनाङले थप दुई गोल ग¥यो । एनआरटीले दोस्रो हाफको अन्तिम समयमा गोल गरेको हो । मनाङ मस्र्याङ्दीका विमल रानाले खेलको ३५ औँ मिनेटमा पहिलो गोल गर्नुभयो । अञ्जन विष्टले खेलको ४३ औँ मिनेटमा दोस्रो गोल गर्नुभयो ।
यस्तै खेलको ६५ औँ मिनेटमा नै अञ्जनले व्यक्तिगत दोस्रो गोल गरी मनाङलाई ३–० को अवस्थामा पु¥याउनुभयो । खेल सकिनै लाग्दा न्यूरोडका लागि सकुल रेग्मीले सान्त्वना गोल गर्नुभयो ।
यस्तै खेलको अतिरिक्त समयमा मनाङ मस्र्याङ्दीका दयानन्द सिंहले चौथो गोल गर्नुभयो । जितसँगै मनाङ मस्र्याङ्दी २२ अङ्कका साथ लिगको तेस्रो स्थानमा पुगेको हो । न्यूरोड १५ अङ्कका साथ लिगको आठौँ स्थानमा छ । त्रिभुवन आर्मी क्लव २६ अङ्कसहित शीर्ष स्थानमा छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *