खासाङखुसुङ खोला सफाइ अभियान चासो, बुझाइ र वास्तविकता
- असार १४, २०८३
– रोजिना सुलु, भक्तपुर
संसारको सबै ठाउँमा रात हुन्छ । कालो, अँध्यारो ती रातलाई उज्यालो बनाउने बत्ती सबै ठाउँमा हुन्छन् । बत्तीबिनाको रात हामी कल्पना पनि गर्नसक्दैनौँ । बत्ती आविष्कार गर्ने महान वैज्ञानिक
ग्यालिलियो ग्यालियोलाई संसारका सबै मानिसहरूले चिन्छन् । उहाँको आविष्कारको कारणले गर्दा आज संसारका सबै ठाउँ रातमा पनि उज्यालो भएको छ ।
मानिसहरू बत्तीको प्रयोग रात र मिर्मिरे बिहानमा गर्ने गर्छन् । बत्तीको आवश्यक घरमा मात्र नभएर सडकमा पनि उत्तिकै आवश्यक पर्दछ । सडकमा सडक बत्ती नभएको कारणले गर्दा विभिन्न दुर्घटना हुने गरेको छ । सवारी चालक र पैदल यात्रीलाई सडक बत्ती नभएको कारणले गर्दा विभिन्न किसिमका समस्याहरू भोग्नुपरेको छ ।
भक्तपुरबाट चाँगु जाने बाटोको धेरैजसो पोलहरूमा बत्ती छैनन् । यसले गर्दा सवारी चालक र पैदल यात्रीलाई समस्या भएको छ । मिर्मिरे बिहान र राति घर फर्कने र कार्यालय, स्कूल, कलेज जाने तथा अन्य मानिसहरूलाई सडक बत्ती नभएको कारणले समस्या भएको छ । बस्ती तथा घरहरू भएको ठाउँमा मात्र बत्ती भएको र घरहरू नभएको ठाउँमा बत्ती नभएको कारणले पैदलयात्रीलाई बाटोमा हिँड्न डर र समस्या भएको छ । यदि सडकमा बत्ती भएमा पैदल यात्री र सवारी चालक दुवैलाई सजिलो हुन्छ । दुर्घटना पनि हँुदैन । सडक बत्तीको व्यवस्थाका निम्ति सम्बन्धित निकायको ध्यान जाओस् । के सडक बत्तीको व्यस्थापनामा विद्युत् प्राधिकरणले बटुवाहरुको सेवा गर्नुपर्दैन ?
Leave a Reply