भर्खरै :

भक्तपुर महोत्सव नयाँ आरम्भको अवसर

 रवीन्द्र पुरी
भक्तपुर महोत्सवको बेलामा मात्र नभई अहिलेदेखि नै छलफल आरम्भ भएकोमा खुशी लागेको छ । जति चाँडै यसको तयारी र बढी चर्चा हुन्छ, त्यत्ति नै राम्रो हुनेछ । अझ पनि हामीसँग काम गर्ने समय छ । बाँकी अवधिमा हामीले नगरी नहुने काम फत्ते गर्न सक्छौँ ।
सबभन्दा पहिलो कुरा, भक्तपुर नगरको भित्री क्षेत्र (कोर एरिया) लाई सवारीसाधन मुक्त (भेहिकल फ्रि) बनाउन आवश्यक छ । भक्तपुरलाई सवारीसाधन मुक्त मेरो एउटा सपना पनि हो । सवारी साधन मुक्त बनाउन सके भक्तपुर अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा जति प्रख्यात छ, त्यो भन्दा दस गुणा बढी प्रख्यात हुनेछ । भक्तपुर नगरलाई भेहिकल फ्रि बनाउन त्यत्ति गा¥हो पनि छैन । भक्तपुर नगरको भित्री क्षेत्रलाई मात्र हामीले भेहिकल फ्रि बनाउन सके यो संसारकै सबभन्दा ठूलो ‘भेहिकल फ्रि जोन’ हुनेछ । त्यसको फाइदा भक्तपुरबासीले नै पाउने हुन् । भेहिकल फ्रि बनाउन सके भक्तपुरको पर्यटनले ठूलो फड्को मार्नेछ । मान्छेहरूले अहिले अल्पदृष्टिले हेरिरहेका छन् । वास्तवमा भेहिकल फ्रि गर्दा भक्तपुरको मूल्य निकै उच्च हुनेछ । पर्यटकले भक्तपुरको कला र संस्कृतिको मज्जा लिन आनन्दको वातावरण पाउनेछन् ।
म एउटा उदाहरण दिन्छु–डेनमार्कको कोपेनहेगन सहरमा सुरुमा सानो क्षेत्रमा सवारीसाधन मुक्त बनाइएको थियो । त्यो बढ्दै गएर आजभोलि कोपनहेगनको आधा भाग सवारीसाधन मुक्त भएको छ । मान्छेहरूले सुरु–सुरुमा विरोध गर्छन् । भक्तपुर नगरपालिकाले पर्यटकसँग एक डलर लिँदा पनि विरोध गर्नेहरू थिए नि ¤ भेहिकल फ्रि बनाउन सके त्यसको परिणाम निस्केपछि मान्छे आफैँ प्रभावित हुनेछन् ।
भक्तपुर महोत्सवमा भक्तपुर नगरलाई सवारीसाधन मुक्त बनाउने अभियानको थालनी गर्न सक्छौँ । अहिलेलाई महोत्सवभरि भक्तपुर नगरलाई सवारीसाधन मुक्त बनाऔँ । सवारीसाधन भन्नाले मोटरसाइकल पनि हो । सबैतिर नसके पनि जति ठाउँमा सक्छौँ, त्यो गरौँ । गाडी त त्यत्ति धेरै आउने होइन । मोटरसाइकल पनि डिस्टर्बिङ नै छन् । महोत्सव अवधिभर हामीले सवारी मुक्त बनाउन सक्यौँ भने मान्छेहरूले त्यसको महत्व बुझ्नेछन् ।

भक्तपुर महोत्सव हामी सबैको इज्जतको कुरा हो । पाहुनाले ‘कति राम्रो’ भन्नु हामी सबैको गौरव हो । महोत्सवको लागि अब तुरुन्तै गर्नुपर्ने काम भक्तपुर नगरबासीलाई फागुन महिनाभित्र सबै निर्माण कार्य सक्न अनि बाँकी काम महोत्सवपछि मात्र गर्न आह्वान गर्नुपर्छ । महोत्सवको केही समयअघि बाटै कहीँ पनि कुनै निर्माण सामग्री हुनुभएन । नगर निकै सफा देखियोस् । पाँच वर्ष भयो, हामीले बाटोघाटोमा जताततै निर्माण सामग्री झेलिरहेको । कमसेकम महोत्सव अवधिको लागि नगरबासीलाई यसको निम्ति अनुरोध गर्नुपर्छ । नगरबासीले पनि यसमा सहयोग गर्नु कर्तव्य हो । किनभने यो हामी सबैको इज्जतको कुरा हो । संसारभरका मानिसलाई हामी निमन्त्रणा गरिरहेका छौँ । त्यसकारण यो काम आजभोलिबाट नै सुरु गर्न सकिन्छ ।

भक्तपुरमा केही दिन बस्न आउने पर्यटक यहाँको अवस्था देखेर दिनभर घुमेर फर्कने गरेका छन् । अहिलेको अवस्थामा तीन दिन भक्तपुर घुम्छु भनेर आएको पर्यटक एकै दिनमा फर्किने गर्छन् । नगरलाई सवारीसाधन मुक्त बनाउन सके तीन दिन बस्छु भनेर आएको पर्यटक हप्तादिन बस्न बेर लगाउँदैन । सवारी मुक्त हुनेबित्तिकै त्यस्तो आनन्द महसुस गर्छन् ।
अमूर्त सम्पदामा भक्तपुर संसारकै पहिलो स्थानमा आउँछ । मूर्त सम्पदा पनि बिस्तारै राम्रो हुँदै गइरहेको छ । यहाँको सम्पदामा रमाउन आनन्दको वातावरण आवश्यक छ । सम्पदामा मस्त पर्यटकलाई पछाडिबाट मोटरसाइकलले हर्न बजाएर बिथोल्छ भने आनन्द भएन नि ¤ सम्पदा जतिसुकै राम्रो भए पनि त्यसको महत्व भएन । मान्छे वाक्कदिक्क मान्छन् । म कहाँ आउने साथीहरू पनि यही गुनासो गर्छन् –‘भक्तपुर मज्जाले घुम्नै पाइएन ।’ हिजोआज त भेहिकल फ्रिका अभियन्ताहरू पनि छन् । भक्तपुरलाई सवारीसाधन मुक्त गर्नसके उनीहरूलाई पनि यता आकर्षित गर्न सक्छौँ ।
हिजोआज नेपालीहरू पनि घुम्न थालेका छन् । सवारीसाधन मुक्त गर्नसके विदेशी पर्यटक मात्र होइन, स्वदेशी पर्यटकले पनि मज्जा मान्नेछन् । बालबच्चा लिएर आउने आन्तरिक पर्यटकलाई पनि मोटरसाइकलले बच्चालाई हान्ने हो कि भन्ने पीर हुँदैन । त्यसको आनन्द अर्कै हुनेछ ।
भक्तपुर महोत्सव हामी सबैको इज्जतको कुरा हो । पाहुनाले ‘कति राम्रो’ भन्नु हामी सबैको गौरव हो । महोत्सवको लागि अब तुरुन्तै गर्नुपर्ने काम भक्तपुर नगरबासीलाई फागुन महिनाभित्र सबै निर्माण कार्य सक्न अनि बाँकी काम महोत्सवपछि मात्र गर्न आह्वान गर्नुपर्छ । महोत्सवको केही समयअघि बाटै कहीँ पनि कुनै निर्माण सामग्री हुनुभएन । नगर निकै सफा देखियोस् । पाँच वर्ष भयो, हामीले बाटोघाटोमा जताततै निर्माण सामग्री झेलिरहेको । कमसेकम महोत्सव अवधिको लागि नगरबासीलाई यसको निम्ति अनुरोध गर्नुपर्छ । नगरबासीले पनि यसमा सहयोग गर्नु कर्तव्य हो । किनभने यो हामी सबैको इज्जतको कुरा हो । संसारभरका मानिसलाई हामी निमन्त्रणा गरिरहेका छौँ । त्यसकारण यो काम आजभोलिबाट नै सुरु गर्न सकिन्छ ।
सबै काम नगरपालिकाले मात्र गरेर पनि सम्भव छैन । यसमा स्थानीय समुदाय पनि लाग्न जरुरी छ । नगरपालिकाले आह्वान गर्छ र त्यही आह्वानमा समुदायले पनि हातेमालो गर्नुपर्छ । फागुनको अन्तिमसम्ममा निर्माण सामग्री हटाइसके नगरपालिकालाई महोत्सवको अन्तिम तयारी गर्न सहज हुनेछ ।
म संसारका सबैजसो सांस्कृतिक सहरहरू घुमेँ । सबैतिर हेरेपछि मलाई लाग्यो, अमूर्त सम्पदामा भक्तपुरलाई तुलना गर्ने कुनै ठाउँ नै छैन । हामीसँग अथाह अमूर्त सम्पदा छन् । अमूर्त सम्पदाको क्षेत्रमा भक्तपुरले धेरै काम गरेको छ । ती सम्पदालाई प्रदर्शन गर्ने अवसर यही महोत्सव हो । हामीले गरेका छौँ भनेर मात्र पुगेन, देखाउन पनि सक्नुप¥यो । देखाउने अवसर यही हो । भक्तपुरसँग जे छ, जति छन्–नाचगान, बाजागाजा, भेषभुषा, विभिन्न रीतिरिवाज जस्तै वाकासे, इही आदि प्रदर्शन गर्ने समय यही हो । कति मान्छेले ‘बेला न कुबेला इही गर्ने ?’ भनी आलोचना गर्न सक्छन् । तर, हामीले त हाम्रा अमूर्त सम्पदा देखाउन खोजेका हौँ नि ¤
मान्छेलाई भक्तपुर एकदिन घुमेर नपुगोस् । पूरै हेर्नै पाइएन भन्ने होस् । लोप भइसकेका कतिपय कुरालाई पुनः स्थापना गर्ने मौका पनि यही हो । जस्तै दुलहीलाई डोलीमा लिएर जाने भक्तपुरको परम्परालाई महोत्सवमा देखाउन सक्छौं । यस्ता हराएका परम्पराको विषयमा विज्ञहरूबीच कार्यशाला नै आयोजना गरेर पुनः र्जीवन दिन सकिने कुराबारे छलफल गरौँ । त्यस अर्थमा यो महोत्सव एउटा राम्रो मौका हो ।
भक्तपुरलाई प्रवद्र्धन गर्ने धेरै सरल तरिका छन् । भक्तपुरलाई दिउँसोमात्र होइन, राति पनि घुम्न मिल्ने बनाउनुप¥यो । त्यसको लागि प्रकाश व्यवस्थापन (इलुमिनेटिङ) गर्नुपर्छ । त्यसो गर्न खास धेरै पैसा लाग्ने होइन । फेरि यसको लागि स्थानीय समुदाय पनि परिचालन गर्न सक्छौँ । जानकार र विज्ञहरूसँग परामर्श गर्न सकिन्छ । निकै झकिझकाउ बनाउन धेरै पैसा लाग्ने भए साधारणतः सुन्दर बनाउन केही गर्न सकिन्छ । सम्पदा क्षेत्रमा सेतो प्रकाश राख्नुहुन्न, न्यानो प्रकाश (वार्म लाइट) प्रयोग गर्नुपर्छ । प्रकाश व्यवस्था गर्दा आँखामा पर्नुहुन्न । अहिले दरबार क्षेत्रको ध्वाखामा निकै राम्रो इलुमिनेटिङ भएको छ । त्यसरी नै सबैतिर गर्नुपर्छ । बासुकी घरमा पनि हामीले त्यसको प्रयोग गरेका छौँ ।
प्रकाश व्यवस्थापनको लागि मात्र अलग एउटा टोली बनाउनुप¥यो । सामान कहाँ–कसरी व्यवस्था गर्ने हामी सहयोग गर्न सक्छौँ । म आफैं त्यसमा सल्लाह दिन सक्छु । भक्तपुरको प्रकाश व्यवस्थापन देखेर मानिस राति पनि घुम्न आऊन् । महोत्सवको समयमा मात्र होइन, अरू बेला पनि देशका विभिन्न ठाउँका पर्यटक भक्तपुरमा तान्न सकिन्छ । राति पनि घुम्ने अवस्था बने यहाँका रेस्टुराँ, क्याफे मज्जाले चलाउन सकिन्छ । अनि सबै कुरा आफसेआफ विकास हुँदै जान्छ । यो काम पनि भक्तपुर महोत्सवको मौका पारेर सुरु गरौं ।
आजभोलि डिजिटलको जमाना छ । भक्तपुर नगरसँग जे–जे छन्, ती कुरालाई डिजिटलाइज्डरूपमा विकास गरी प्रचार गरिनुपर्छ । त्यसको लागि एउटा अर्कै टोली हुन जरुरी छ । सबभन्दा महत्वपूर्ण काम नै उनीहरूले गर्न सक्छन् । विद्युतीय प्रचार सामग्री आकर्षक र सुन्दर हुनुपर्छ । प्रचार सामग्रीमा फोटो र भिडियो राम्रा हुनुपर्छ । अहिले नै केही ठाउँमा प्रकाश व्यवस्थापन गरी प्रचार सामग्रीमा त्यहाँका तस्वीर राख्न सकिन्छ । प्रचार सामग्री हेर्दैै मानिसलाई जाऔँ जाऔँ लागोस् न ¤
भक्तपुरको नवदुर्गा जस्तो संस्कृति संसारमा कहीं पनि छैन । भारत हिन्दु बाहुल्य देश हो । त्यहाँ पनि त्यस्तो संस्कृति देखिनँ । नवदुर्गा संस्कृतिको प्रवद्र्धन गर्नसके, ५–७ लाख भारतीय पर्यटक त्यही नवदुर्गाको दर्शन गर्न आउने बनाउन सकिन्छ । देखाउन मिल्ने त्यस्ता कुरा त हामीसँग कति छन् कति ¤
विदेशी पर्यटकसमक्ष प्रचार गर्न मुख्यत ः ट्राभल एजेन्सीहरूसँग समन्वय गर्नुप¥यो । त्यसको लागि त हामी अलि ढिला पनि भइसकेका छौँ । ट्राभल एजेन्सीहरूलाई बोलाएर सहयोगको लागि आग्रह गर्नुपर्छ । नगरपालिकाले गर्नेबाहेक हामीले पनि हाम्रोतर्फबाट गर्न सकिने काम धेरै छन् ।
भक्तपुरमा नेमकिपा, नगरपालिका र समुदायबीचको पर्खाल अझै भत्काउन सकिरहेका छैनौँ । नगरपालिका र नेमकिपाले केही गर्न खोज्यो कि विरोध गरिहाल्ने प्रवृत्ति पनि छ । आलोचना गर्नुपर्ने कुरालाई आलोचना गरे ठीकै हो । तर, राम्रो कुरालाई त समर्थन गर्नुप¥यो नि ¤ महोत्सव सफल बनाउन सहयोगको भावना आवश्यक छ । नगरपालिका र समुदाय मिले भने महोत्सवको प्रभाव नै बेग्लै हुनेछ । विरोध गर्नेलाई कसरी चित्त बुझाउने हो ? योजना निर्माणदेखिकै चरणमा उनीहरूलाई सहभागी बनाउन सकिन्छ कि ? सबैलाई समेटेर कसरी अझ राम्रो गर्ने भन्नेमा विचार गर्नुपर्छ । महोत्सवको लागि मात्र होइन, भविष्यको लागि पनि यसमा ध्यान दिनुपर्छ । त्यसको लागि हामीले खेल्नुपर्ने भूमिका के हुनसक्छ, त्यो भूमिका खेल्न हामी तयार छौँ । सबैका राम्रा विचार सुनेर व्यवहारमा लान सके अझै धेरै राम्रो गर्न सकिन्छ ।
भक्तपुर महोत्सवको लागि मैले आफ्नो ठाउँबाट गर्नुपर्ने काम सोचिसकेको छु । महोत्सवभरि नमुना घर खुला राखिनेछ । अरू ठाउँमा पनि प्रकाश व्यवस्थापन गर्ने तयारी गरिररहेको छु । टोनी हागन हाउसको ग्यालेरी पनि खुला गरिनेछ । नगांचामा पनि एउटा सेमिनार हल छ । त्यहाँ पनि सांस्कृतिक कार्यक्रम गर्ने सोचमा छु ।
भ्रमण वर्ष
नेपाल भ्रमण वर्ष भनियो । तर, खास त्यसले गति लिन सकेको छैन । सरकारले मार्केटिङ गर्ने होइन, मार्केटिङको जिम्मेवारी निजी क्षेत्र र स्थानीय तहलाई दिइनुपर्छ । सरकारको काम पूर्वाधार निर्माण गर्नु हो । सरकारले भ्रमण वर्षमा बीस लाख पर्यटक ल्याउने भनेको छ । तर, हाम्रो विमानस्थलले त्यत्ति पर्यटक ठेग्नै सक्दैन भने ल्याएर के गर्नु ¤ झन् बदनाम मात्र हुन्छ । सरकारले चाहिने–नचाहिने ठाउँमा खर्च गरिरहेको छ । विमानस्थल व्यवस्थापनमा खर्च गर्न जरुरी छ । एकपल्ट व्यवस्थित भएपछि भविष्यमा सुचारु हुँदै जानेछ ।
पाँच–छ दिनअघि एक जना पाहुना आउनुभएको थियो । पार्किङको समस्या भएर विमानस्थलमाथि आकाशमा दुई घण्टा विमान घुमाएको घुमाई गरिदिएछ । नेपाल हेर्छु भन्ने उसको उत्साह त्यही सेलाएछ । बीस लाखको नारा दिने तर आएका पर्यटकको अवस्था त्यस्तो । एक त काठमाडौँको विमानस्थल खतरनाक विमानस्थलमध्ये पर्छ । यस्ता कुरा त हामीले व्यवस्थापन गर्न सक्नुपर्ने हो नि ।
विमानस्थलमा घण्टौँ लाइन बस्नुपर्ने, लगेज आउन ढिला हुनेजस्ता समस्या त अझै समाधान भएका छैनन् । चीनमा कोरोना भाइरसको सङ्क्रमण त नेपाल भ्रमणको दुर्भाग्य बनेको छ । आजै नियन्त्रण भए पनि मानिसलाई मानसिकरूपमा तयार गर्न महिनौँ लाग्छ । नियन्त्रण हुने कहिले ? फेरि नेपाल भ्रमण वर्षको अलि बढी ध्यान नै चिनियाँ पर्यटकतिर थियो ।
भ्रमण वर्षको मार्केटिङ गर्ने भनेको मजस्तो मान्छेले हो । म आफैँ मार्केटिङमा लागेको छैन ।
प्रकृति र संस्कृति
हामीले संस्कृति र प्रकृति नासेको नासेकै छौँ । तै पनि हामीसँग संसारलाई देखाउने सकिने संस्कृति र प्रकृति कति छन् कति ¤ भेनिस सहरमा वर्षको ३ करोड ६० लाख पर्यटक पुग्छन् । नेपालको जनसङ्ख्याभन्दा बढी । भेनिस भनेको भक्तपुरभन्दा सानो ठाउँ हो । भक्तपुरलाई भेनिसभन्दा पनि लोकप्रिय बनाउन सकिन्छ । दस वर्षको योजना बनाऔं । नेपालभरिको जनता भक्तपुरले पाल्न सक्छ । यो नगरपालिकाले मात्र गर्ने कुरा होइन, सरकारले गर्ने काम हो । तीन करोडको कुरा नगरौं, बीस लाख पर्यटकको लागि समेत हामीसँग पूर्वाधार छैन । बीस लाख पर्यटक साँच्चै नेपाल आए उनीहरू फर्केर कहिल्यै नेपाल आउने छैनन् । त्यत्ति भद्रगोल अवस्था छ । पूर्वाधार विकासको कुरा गर्दा, यहाँ सबैलाई कमाउनु नै छ । देशको लागि कसले कहाँ सोच्छन् र ¤
विमानस्थल नबनाई यो देश विकास हुँदैन । तर, रुख काटेर वातावरण विनाश गरेर विमानस्थल बनाउने सोचाइ उपयुक्त होइन । त्यो त मुसा मारेर बिरालो पोस्ने अनि पुण्य कमाएँ भन्नुजस्तो भयो ।
हामी नेपाली आजको अवस्थामा बस्नुपर्ने मान्छे नै होइन । यो देशका शासक र कर्मचारीतन्त्रको कारणले हामी यो अवस्थामा बस्नुपरेको हो । हाम्रो देशको भ्रष्टाचार एकतिहाइ मात्र नियन्त्रण गर्नसके हाम्रो देशमा परिवर्तन गर्न सम्भव छ ।
नयाँ पुस्ता
नयाँ पुस्तालाई यो क्षेत्रमा आकर्षण गर्न नयाँ पुस्तालाई नै परिचालन गर्नुपर्छ । आजको पुस्ता पूरै ग्याजेटमा गइसकेको छ । उनीहरूलाई आफ्नो बनाउन ग्याजेट नै प्रयोग नगरी हुन्न । आजको समय रातारात परिवर्तन भइरहेको छ । हामीलाई यो प्रवाह भेटाउन नै गा¥हो हुन्छ । कलेज कलेजका राम्रा विद्यार्थीलाई भेटेर उनीहरूकै कुरा सुनेर योजना बनाउनु ठीक हुन्छ । भक्तपुरका युवा त अझ तुलनात्मक रूपमा संस्कृतिप्रति आकर्षित छन् । नयाँ पुस्तासँग काम गर्न हामी पनि सक्छौं । भक्तपुरकै विषयविज्ञ र अन्यत्रका विज्ञलाई पनि यहाँका कलेजहरूले लेक्चरको शृङ्खला चलाउनु पनि उपयुक्त हुन्छ । त्यसमा म पनि सहयोग गर्न सक्छु ।
भक्तपुर महोत्सवले स्थानीय एकताको भावना बलियो बनाउँछ । नयाँ पुस्तामा त्यो अझ बढी हुन्छ । विशेष गरी आर्किटेक्ट र संस्कृतिका विद्यार्थीलाई अङ्ग्रेजीमै गाइड गरी भक्तपुर नगर घुमाउने कार्यक्रम आयोजना गर्न सकिन्छ । त्यसो गर्दा उनीहरूमा पर्यटकलाई नगर घुमाउने आत्मविश्वास विकास हुन्छ ।
संसारभर सिकाउँदै हिँडेको छु, आफ्नै ठाउँमा भाइबहिनीलाई सिकाउन पाए अझ सन्तुष्ट हुन्छु ।
(रवीन्द्र पुरी सम्पदाकर्मी हुनुहुन्छ ।)
नीरज लवजू र सुनिल सुवालसँगको कुराकानीमा आधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *