भर्खरै :

गंगाजल छर्केर अपराध नसच्चिने

मेरिना शाक्य
शासक दलका नेता र मन्त्रीहरू देश र जनताको सेवाभन्दा देशको सम्पतिमा कसरी आँखा गाड्दा रहेछन् भन्ने कुराको एउटा दृष्टान्त बालुवाटार (ललिता निवास) सरकारी जग्गा खरिद प्रकरण हो । सत्ताको सुख भोग गर्न, देशको राजस्वमा रजाइँ गर्न र सम्पतिमा आँखा गाड्न नै ठूला दलका नेताहरू सरकारमा जान, बस्न र मन्त्री पाउन तँछाडमछाड गर्छन् । मन्त्री र सांसद बन्नकै निम्ति नेताहरू कहिले पार्टीको धुरन्धर विरोध गर्छन् त कहिले पार्टी छोड्ने र फुटाउने कुरासम्म गर्न पछि पर्दैनन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सी आईबी) ले बालुवाटार जग्गा अतिक्रमण सम्बन्धमा अनुसन्धान गरी अध्ययन प्रतिवेदन तयार पारेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर ग¥यो रकर्मचारीदेखि पूर्वउपप्रधानमन्त्रीसम्मका १७५ जना अभियुक्तहरूविरुद्ध मुद्दा दायर ग¥यो ।
त्यसो त आयोगले अदालतमा मुद्दा दर्ता गर्नुभन्दा अघि नै बालुवाटारको सरकारी जग्गा अतिक्रमण सम्बन्धमा सार्वजनिक भएको मुद्दा दर्ता भएपछि देश र विदेशमा प्रचार पनि भयो ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिगत बनाउनेहरू सबै दोषी नै हुन् । जग्गा कसले कति, कसरी आफ्नो बनाए त्यो अर्को अध्ययनको पाटो हो । आफ्नो सरकार र ठूलो दलको हैसियत जोडेर पर्ती जग्गा आफ्नो बनाउनु कुनै हालतमा न्यायोचित होइन । तिनीहरू समाजका दागी हुन् । पुस्तौँपुस्तासम्म तिनीहरू इतिहासमा दागी भएर रहिरहने छन् ।
काशीको गंगाजल छर्के पनि तिनीहरू सज्जन हुने छैनन् । कतिले जग्गा फिर्ता गरेर आफूलाई निष्कलङ्क बनाउने कोसिस गरे । कारबाही गर्ला र बदनाम होला भनेर जग्गा फिर्ता हुँदैमा के तिनीहरू सज्जन हुन्छन् ? जग्गा फिर्ता दिने कुरा बाध्य भएर गरिएको हो । नेकपाका पार्टी सचिव विष्णु पौडेलसमेत त्यस प्रकरणमा फसे । जग्गा फिर्ता दिने कुरा पनि सार्वजनिक भयो । जग्गा फिर्ता कसरी दिन लागेको हो ? अर्को चर्चाको विषय बनेको छ । जग्गाको मूल्य दिएर फर्काउन लागेको हो कि सित्तैमा ¤ जग्गा फिर्तै दिए पनि उनीहरूको नियत सफा नभएको कुरा छर्लङ्गै छ ।
अख्तियारले मुद्दा राखे जति सबै दोषी नै हुन्छन् भन्ने होइन । तर, त्यो छानबिनको घेरामा हुन्छ । निष्पक्ष छानबिन हुनुपर्छ । छानबिन नहुँदै कुनै दल या दलका नेताहरूले अभियुक्तहरूलाई निर्दोष ठानेर मुद्दा फिर्ता लिनुपर्ने या पूर्वाग्रही भएर मुद्दा दर्ता ग¥यो भनी आरोप लगाउनु जायज होइन । जग्गा फिर्ता दिएर आफूलाई निर्दोष ठान्ने प्रयास गर्नु र छानबिन नहुँदै अभियुक्तहरूको मुद्दा फिर्ता माग गर्नु दुइटै गलत हुन् । मुद्दा फिर्ता माग पूर्वउपप्रधानमन्त्री गच्छदारको मात्र हो कि सबैको ¤ पूर्वाग्रही भएर मुद्दा राख्ने काम गच्छदारलाई मात्र हो कि सबैलाई ¤ यसमा नेकाको द्वैधचरित्र देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *