तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २९ माघ । भक्तपुरमा आउँदो फागुन २ देखि ४ गतेसम्म पुस्तक प्रदर्शन हुने भएको छ । आरम्भ नेपाल भक्तपुरले भक्तपुरको लामगाल कमलबिनायकमा तीन दिने पुस्तक प्रदर्शन गर्न लागेको बुधबार आयोजित पत्रकार तथा लेखक भेटघाटमा जानकारी दिइएको हो ।
कार्यक्रममा प्रदर्शनबारे जानकारी दिंदै आरम्भ नेपालका अध्यक्ष बालकृष्ण बनमालाले पुस्तक पढ्ने संस्कृति प्रबद्र्धन गर्न नसक्दा समाजमा अनेक विकृति मौलाउने भएकोले समाजका सचेत युवाको नाताले पुस्तक प्रदर्शन आयोजना गरेको बताउनुभयो ।
प्रदर्शनमा साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, अल्केमी पब्लिकेशन, इन्डिगो इन्क पब्लिकेशन, मञ्जरी प्रकाशन, पाँचपोखरी प्रकाशन, नेपालय, विवेक सिर्जनशील प्रकाशन, परिचय पब्लिकेशन, बुक हिल पब्लिकेशन, साङ्ग्रिला पब्लिकेशन, शिखा प्रकाशन, रत्न पुस्तक भण्डार, रुम टु रिड, जनप्रकाशन गृह, भक्तपुर बुक्स, कथालय, एडुकेशन पब्लिकेशनलगायत १८ भन्दा बढी प्रकाशनले सहभागी बन्ने आयोजकले जानकारी दिएको छ । प्रकाशनहरूले पुस्तक प्रदर्शनमा ‘प्रदर्शन छुट’ दिने बताइएको छ ।
प्रदर्शनको पहिले दिन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गर्नुहुनेछ । सो दिन साँझको सेसनमा कथा वाचन पनि गरिनेछ । प्रदर्शनको दोस्रो दिनअन्तर्गत पहिलो सेसन ‘भक्तपुर महोत्सव र पर्यटन’ बारे अन्तरक्रिया र साँझको गजल तथा कविता वाचन कार्यक्रम हुनेछ । तेस्रो दिन बाल कविता प्रतियोगिता हुनेछ ।
प्रदर्शनमा साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, अल्केमी पब्लिकेशन, इन्डिगो इन्क पब्लिकेशन, मञ्जरी प्रकाशन, पाँचपोखरी प्रकाशन, नेपालय, विवेक सिर्जनशील प्रकाशन, परिचय पब्लिकेशन, बुक हिल पब्लिकेशन, साङ्ग्रिला पब्लिकेशन, शिखा प्रकाशन, रत्न पुस्तक भण्डार, रुम टु रिड, जनप्रकाशन गृह, भक्तपुर बुक्स, कथालय, एडुकेशन पब्लिकेशनलगायत १८ भन्दा बढी प्रकाशनले सहभागी बन्ने आयोजकले जानकारी दिएको छ । प्रकाशनहरूले पुस्तक प्रदर्शनमा ‘प्रदर्शन छुट’ दिने बताइएको छ ।
प्रदर्शनको पहिले दिन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गर्नुहुनेछ । सो दिन साँझको सेसनमा कथा वाचन पनि गरिनेछ ।
प्रदर्शनमा तीन लाख पुस्तक प्रदर्शन गरिने आयोजकले बताएको छ ।
पुस्तकको अतिरिक्त प्रदर्शनमा नेवारी मौलिक खाजा, चित्रकला, मूर्तिकला, नवदुर्गाको मुखुन्डो प्रदर्शनका स्टल पनि रहने बताइएको छ । प्रदर्शनमा लेखक, कवि, कलाकार, विभिन्न कलेज–विद्यालयका विद्यार्थी, अध्येता, पाठकको सहभागिता हुने आयोजकले विश्वास व्यक्त गरेका छन् ।
पत्रकार भेटघाटमा आरम्भ नेपालका लक्ष्मीप्रसाद चवाल र दिनेश प्रधानले पनि बोल्नुभएको थियो ।
Leave a Reply