तिब्बतमा शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
- कार्तिक ७, २०८३
काठमाडौँ, २९ माघ (रासस) । चितवन जिल्लाका न्यायाधीश विनोदकुमार गौतमले ललिता निवास रहेको बालुवाटारको जग्गा प्रकरणमा आफूलाई कारबाही नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । भ्रष्टाचारको आरोप लागेको जिल्ला न्यायाधीश गौतमले वारेस मञ्जिल खनालमार्फत अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदनमा काम कारबाही नगर्न माग गरिएको छ ।
रिट निवेदनमा नेपालको संविधानले न्यायाधीशलाई कारबाही गर्ने अधिकार न्यायपरिषद्लाई मात्र भएको र अख्तियारलाई न्यायाधीशमाथि कारबाही गर्ने अधिकार नै नभएको उल्लेख छ । “आयोगका अनुसन्धान अधिकृतलाई न्यायाधीशउपर अनुसन्धान गर्न अख्तियार नै नभएकोले दूषित तवरबाट भएको अनुसन्धान र आरोपपत्र दायर गरेकै कारणबाट न्यायाधीश निलम्बन हुनसक्दैन”, रिट निवेदनमा भनिएको छ, “भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम न्यायाधीश स्वतःनिलम्बन हुन पनि त्यसको अनुसन्धान र अभियोजन न्यायपरिषद्बाट मात्र हुनुपर्छ ।”
न्यायाधीश गौतमले आफूमाथि मुद्दा चलाउने अख्तियारको माघ २२ गतेको निर्णय र माघ २३ गतेको निलम्वित गर्ने असंवैधानिक भएको उल्लेख गर्दै न्यायाधीशको रूपमा काम गर्न दिन र आफूमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश माग गरिएको छ । रिट निवेदनमा भनिएको छ, “निवेदनको अन्तिम किनारा नभएसम्म दायर भएको आरोपपत्रमा कुनै कारबाही नगर्नु, स्वतःनिलम्बनमा नराख्नु, आफ्नो पदमा रही यथावत कार्यसम्पादन गर्न दिनु भनी अन्तरिम आदेश जारी गरी पाऊँ ।”
Leave a Reply