प्रेम सुवाल
मङ्गलबार मन्त्रिपरिषद्ले कोरोना भाइरस सङ्क्रमित क्षेत्र चीनको हुपेईबाट नेपाली फर्काउने निर्णय गरेको समाचार प्रकाशित भयो ।
यसबारे चीनमा एक दशकदेखि बस्नुभएका आन्हुईको हफेइमा जनप्रशासनमा पोष्टडक गरिरहेका नेपाली लोचन बटालाले आजको कान्तिपुर दैनिकमा लेख्नुभयो, “चीनमा रहँदा यो महामारीबाट पूर्ण असुरक्षित हुने र नेपाल फर्कदा पूर्णरूपमा सुरक्षित होइने सोच नै अवैज्ञानिक छ ।”
सच्चा मित्रले अर्को मित्रलाई दुःख पर्दा ढाडस दिने हो । आफूलाई असहज पर्दा चट्ट छोडेर जानु र सहज पर्दा ट्याप्प टाँसिनु स्वार्थीपनमात्र हो । नेपाल सरकारले चीनको उहानमा मात्र कोरोना भाइरसको सङ्क्रमण छ र त्यतामात्र जीवन कष्टकर रहेको छ भन्ने बुझाइ राखेको शतप्रतिशत गलत छ ।
चीनबाट छात्रवृत्ति पाउने टप टेन देशमा नेपाल पनि पर्छ । नेपालभन्दा बीसौँ गुणा बढी विद्यार्थी पठाएको पाकिस्तानले चीनको सङ्क्रमणविरुद्धको लडाइँलाई समर्थन र विश्वास गरी कुनै नागरिकलाई पाकिस्तान फिर्ता नगर्ने घोषणा ग¥यो । चिनियाँ राष्ट्रपति सी चिनफिङले पाकिस्तानको यो घोषणालाई उच्च मूल्याङ्कन गर्दै ‘फलामे मित्रता’ भन्नुभयो अर्थात् सदावहार मित्रता ¤ कम्बोडियाले यसअघि नै चीनसँगको आफ्नो उडान स्थगित नगर्ने घोषणा गरेको होे ।
बटालाजीले आफ्नो लेखमा १६ वर्षदेखि चीनमा बसोबास गर्दै आउनुभएका अर्को एक नेपाली डा. संगम भण्डारीको भनाइ पनि उल्लेख गर्नुभयो । डा. भण्डारीको भनाइ छ, “हामी हतार–हतारमा घर (नेपाल) फर्कियौँ भने बरु पूर्णतः जोखिममुक्त नरहन सक्छौँ । यो सङ्क्रमण हामीमार्फत नेपालमा फैलियो भने सिङ्गो देशले नसोचेको क्षति व्यहोर्नुपर्ने हुन्छ ।
बटालाजी भन्नुहुन्छ, विश्वविद्यालयभित्रै बसेका कुनै पनि विदेशी विद्यार्थी सङ्क्रमित छैनन् । विदेशी विद्यार्थीका लागि अत्यावश्यक उपभोग्य सामग्रीहरूको आपूर्ति निःशुल्क र सुरक्षितरूपले भइरहेको छ ।
नेपालीहरूले उद्धारका लागि भारत सरकारलाई आग्रह गरेको र चीनमा रहेका नेपालीहरूको जीवन अन्तिम अवस्थामा पुगेको भन्ने खालका समाचारले सबै देशभक्त नेपालीलाई चोट पु¥याएको छ । आफ्नो धरातल बिर्सने, विदेशी गुहार्ने, अतिरञ्जित हल्ला फैलाउनेजस्ता क्रियाकलाप बन्द गर्नु आवश्यक छ ।
बटालाजीको लेखमा भनिएको छ, “उहानमा मात्र १४७ देशका विद्यार्थी अध्ययनरत छन् । अमेरिका, भारत, जापानलगायत केही सीमित देशले मात्र आफ्ना मानिस उद्धार गरेका हुन् । अमेरिकाले उहानस्थित वाणिज्य दूतावासमा रहेका करिब एक सय कर्मचारीको मात्र उद्धार गरेको हो । हाल उहानमा करिब ३ हजार अमेरिकी नागरिक अङ्ग्रेजी भाषा शिक्षकको रूपमा कार्यरत छन् । बटालाजीले स्पष्ट गर्नुभयो । चीनसँग व्यापार युद्धका कारण यो प्रकरणमा मनोवैज्ञानिक दबाब दिनु अमेरिकाको अभीष्ट रहेका बुझ्न गा¥हो छैन ।
अमेरिकाले कोरिया, भियतनाम, इराकमा जीवाणु युद्ध र रसायनिक युद्ध गरेको थियो बेलायतले अमेरिकी आदिवासीविरुद्ध आवाद जग्गा कब्जा गर्न बिफरका कीटाणु प्रयोग गरेको थियो ।
चीनको उहान उडानको लागि तयारीमा राखिएको विमानका क्याप्टेनले भन्नुभएको छ, “नेपाली विद्यार्थीलाई जहाजको इकोनोमिक सीटमा राखिसकेपछि चालक दल र क्याविन क्रुले उनीहरूसँग नजिक पुगेर सम्पर्क गर्ने छैन । उनीहरूको लागि खाना–पानी पहिले नै सीटमा राखिएको हुने छ । विश्व स्वास्थ्य सङ्गठनको नियमानुसार रोगका जीवाणुलाई निस्तेज गर्न फिर्ता भएपछि उक्त जहाज कम्तीमा ४८ घण्टा उडानमा जाने छैन ।”
क्याप्टेनको यो भनाइअनुसार स्थानीय जनताले भक्तपुर खरिपाटीस्थित घनाबस्तीभित्रको नेपाल विद्युत् तालिम केन्द्रको भवनमा उहानबाट फर्काइने विद्यार्थीलाई राख्न नहुने भनी विरोध गरेको जायज छ । सानो त्रुटिले कुनै एक जनामा सङ्क्रमण फैलिए काठमाडौँका ८० लाख जनताले धेरै पीडा भोग्नुपर्ने छ । यसकारण क्वारेन्टाइन स्थल काठमाडौँ उपत्यकाबाहिर बस्तीबाट टाढा ध्ज्इ को मापदण्ड पु¥याएरमात्र निर्धारण गर्नु आवश्यक छ । मानव स्वास्थ्यको हितलाई ध्यान नदिई बस्तीबीच परेको भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनस्थल बनाउनका लागि सिफारिस गरेका सम्बन्धित मन्त्रालयका सचिवहरूलाई निलम्बन गरी कारबाही गर्नुपर्दछ ।
(नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले २०७६ माघ २९ गते प्रतिनिधिसभा बैठकको विशेष समयमा व्यक्त मन्तव्य)