तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
सुनिल प्रजापति
(मङ्गलबारबाट सुरु भएको भक्तपुर नगरपालिकाको छैटौँ नगरसभाको उद्घाटन कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले प्रस्तुत गर्नुभएको प्रतिवेदन प्रस्तुत छ ।)
भक्तपुर कला र संस्कृतिमा धनी प्राचीन नगर हो । विश्व सम्पदा सूचीमा सूचिकृत दरबार क्षेत्रलगायत यस नगरमा कैयौँ मूर्त र अमूर्त सम्पदाहरू जीवन्त छन् । ‘पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति’ नारालाई व्यवहारमा उतार्न हामी जनप्रतिनिधिहरू क्रियाशील छौँ । कला र संस्कृतिको संरक्षण गर्दै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यअनुरूप विभिन्न गतिविधि गर्दैछौँ । मौलिक पहिचानलाई कहीँ कतैबाट हस्तक्षेप वा अतिक्रमण नहोस् भन्नेबारे नगरपालिकाका हामी जनप्रतिनिधिहरू अत्यन्त सचेत छौँ ।
हाम्रो परम्परागत निर्माण प्रविधि र निर्माण सामग्रीको प्रयोग कति उत्कृष्ट छन् भन्ने कुरा सयौं वर्ष पुराना हाम्रा सम्पदाहरूले प्रमाणित गरेका छन् । हाम्रा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धारमा परम्परागत प्रविधिलाई नै प्राथमिकतामा राख्दै कार्य अगाडि बढाउँदै छौँ ।
नगरपालिकाको यो छैटौँ नगरसभा हो । मूलतः यो विधेयक सभा हो । आ. व. २०७६÷७७ को लागि विनियोजित रकमको समीक्षा तथा नगरपालिकाका लागि आवश्यक ऐन, नियम, विनियम र कार्यविधिहरू यस नगरसभाले पारित गर्नेछ । नगरसभाले पास गरेका विधेयकहरू राजपत्रमा प्रकाशित भएपछि मात्रै कार्यान्वयनमा आउने कानुनी व्यवस्था छ ।
नगरपालिकाको पाँचौँ नगरसभा २०७६ असार ९ गते सुरु भई असार १८ गते सम्पन्न भएको थियो । उक्त नगरसभाले आ. व. २०७६÷७७ को नीति तथा कार्यक्रम पारित गर्नुका साथै रु. २ अर्ब १३ करोडको बजेट पारित गरेको थियो । नीति तथा कार्यक्रमलाई आधार बनाई पारित गरेको बजेट अहिले कार्यान्वयनमा छ । नीति तथा कार्यक्रममा उल्लेखित अधिकांश कार्यहरू भइसकेका छन् भने विकास निर्माणले तिव्रता पाउँदै छ । यसबारे सङ्क्षिप्तमा यहाँ प्रस्तुत गर्न चाहन्छौँ ।
खर्चतर्फ ः
आ.व. २०७५÷७६ मा चालूतर्फ ८७ करोड ९३ लाख ८८ हजार रूपैयाँ विनियोजन गरिएकोमा २०७५ पौष मसान्तसम्ममा ३१ करोड ७९ लाख ८३ हजार रूपैयाँमात्र खर्च भएको थियो । चालू आ.व. २०७६÷७७ मा ९९ करोड ८० लाख रूपैयाँ विनियोजन गरिएकोमा २०७६ पौष मसान्तसम्ममा ३६ करोड १७ लाख २२ हजार रूपैयाँमात्र खर्च भएको छ, जुन विनियोजित बजेटको ३६.२४ प्रतिशत हो ।
त्यसैगरी पुँजीगततर्फ २०७५।७६ मा ८६ करोड ९६ लाख १२ हजार रूपैयाँ विनियोजन गरिएकोमा सोही आ. व. को पौष मसान्तसम्ममा रु. २१ करोड १४ लाख ५९ हजार खर्च भएको थियो । चालू आ.व. २०७६।७७ मा पुँजीगततर्फ १ अर्ब १३ करोड ३० लाख विनियोजन गरिएकोमा २०७६ पौष मसान्तसम्म २५ करोड १० लाख ९५ हजार रूपैयाँ खर्च भएको छ, जुन विनियोजित बजेटको २२.१६ प्रतिशत हो ।
यसरी चालू आ.व.मा जम्मा २ अर्ब १३ करोड १० लाख बजेट पारित भएकोमा चालू तथा पुँजीगततर्फको गरी जम्मा ६१ करोड २८ लाख १७ हजार अर्थात् कुल बजेटको २८.७६ प्रतिशत खर्च भएको छ ।
आन्तरिक आयतर्फ ः
पाँचौँ नगरसभाले आन्तरिक आयतर्फ ४२ करोड रूपैयाँ (जग्गा बिक्रीबाहेक) राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । बितेको ६ महिनामा २० करोड ३५ लाख ८४ हजार रूपैयाँ कर असुली भएको छ । सोही अवधिमा आ.व. २०७५÷७६ मा २० करोड ३७ लाख ३० हजार रूपैयाँ कर असुल भएको थियो । यो वर्ष विगतको वर्षभन्दा ६ महिनामा १ लाख ४६ हजार रूपैयाँ कर असुली कम भएको देखिन्छ ।
पर्यटन ः
२०७६ साउन १ गतेदेखि पौष मसान्तसम्ममा गैरसार्क पर्यटकहरू ७५,५२९ जना र सार्क तथा चिनियाँ पर्यटकहरू ५८,१०३ जना गरी १,३३,६३२ जनाले भक्तपुर भ्रमण गरे । गत आर्थिक वर्षको सोही अवधिमा गैरसार्क पर्यटकहरू ७८,१३९ र सार्क तथा चिनियाँ पर्यटकहरू ५५,८३२ जना गरी कुल १,३३,९७१ जनाले भक्तपुर भ्रमण गरेका थिए । यस अवधिमा गैरसार्क पर्यटकहरू, सार्क तथा चिनियाँ पर्यटकहरू गरी ३३९ जनाले घटेको देखिन्छ । केही समयपहिले नेपालमा पैmलिएको डेङ्गु रोग र हाल चीनमा पैmलिएको कोरोना भाइरसको कारण नेपाल आउने पर्यटकहरूको सङ्ख्यामा कमी आएको देखिन्छ ।
पर्यटन क्षेत्रको प्रवद्र्धनको लागि विभिन्न ६ वटा भाषामा ब्रोसरहरू प्रकाशित गर्दै आएका छौँ । लामो समयसम्म भक्तपुर भ्रमणमा बस्न चाहनेहरूको लागि भिजिटर पासको व्यवस्था, भक्तपुरका महत्वपूर्ण क्षेत्रहरू– दरबार क्षेत्र, टौमढी क्षेत्र, भक्तपुर नगरपालिका क्षेत्रलगायतमा इन्टरनेटको सुविधा, स्थानीय पथ प्रदर्शक तालिम सञ्चालन, भाषा कक्षा तथा समय–समयमा पर्यटन व्यवसायी तथा होटेल व्यवसायीहरूको भेला गर्दै आएका छौँ ।
चालू आर्थिक वर्षमा विभिन्न देशका उच्चपदस्थ पदाधिकारीहरूले भक्तपुरको भ्रमण गरेका थिए । यस क्रममा २०७६ कार्तिक २६ गते मित्रराष्ट्र बङ्गलादेशका महामहिम राष्ट्रपति अब्दुल हमिद, २०७६ जेठ २८ गते चिनियाँ विदेशमन्त्री वाङ यी (Wang Yi) र २०७६ पौष ७ गते बेल्जियमका राजकुमारी एस्ट्रिड (Astrid) ले भक्तपुरको भ्रमण गर्नुभयो ।
शिक्षा ः
शिशु स्याहारदेखि कलेजसम्म आफ्नै स्रोत र साधनले शैक्षिक संस्थाहरू सञ्चालन गर्ने भक्तपुर नेपालकै पहिलो नगरपालिका हो । २ वटा इन्जिनियरिङ्ग कलेजसहित ७ वटा शैक्षिक संस्थाहरूमा देशभरिका ६ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । सरकारले अनुमति दिएमा ख्वप विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गरी सस्तोमा गुणस्तरीय चिकित्सकहरू उत्पादन गर्ने उद्देश्य रहेको छ । नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा देशको आवश्यकतालाई ध्यान दिएर कानुन, चित्रकलालगायतका विषय सञ्चालन सुरु ग¥यौँ । राजनीतिशास्त्र, भूगोल, इतिहास, संस्कृति र नेपालभाषामा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था छ ।
गरिबीको कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नपरून् भनेर प्रतिविद्यार्थी रु. ५ लाखसम्म शैक्षिक प्रमाणपत्र धितो लिएर शैक्षिक ऋण प्रदान गर्ने निर्णय ग¥यौँ । २०७५/७६ मा ३५ जनाले रु. १८ लाख १६ हजार ऋण लिए भने २०७६/७७ मा ९० जना विद्यार्थीहरू ऋण पाउन छनौट भएकोमा हालसम्म ३३ लाख १९ हजार रूपैयाँ ऋण वितरण भइसकेको छ ।
विद्यार्थीहरूको मानसिक र व्यक्तित्व विकासको लागि समय–समयमा चित्रकला, वक्तृत्वकला, निबन्ध लेखन प्रतियोगितालगायतका गतिविधिहरू गर्दै आएका छौँ ।
स्वास्थ्य ः
जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले घरदैलो नर्सिङ्ग र ठाउँ–ठाउँमा स्वास्थ्य केन्द्र सञ्चालन गरेर जनताको सेवा गर्दै आएको छ । यस वर्ष भनपा–१ सल्लाघारी सृजना नगरमा एउटा आधारभूत स्वास्थ्य सेवा केन्द्र बनाउने कार्य अगाडि बढाइसकेका छौँ भने नगरका सबै वडाहरूमा आधारभूत स्वास्थ्य सेवा केन्द्र बनाउने तयारीमा छौँ । सामुदायिक आँखा केन्द्र र आयुर्वेदिक स्वास्थ केन्द्रबाट जनताको सेवा गर्दै आएका छौँ ।
समय–समयमा नगरपालिकाले महिलाहरूको पाठेघर जाँच, आँखा परीक्षण, आयुर्वेदिक उपचार, दन्त परीक्षण शिविरहरू सञ्चालन गर्दै छौँ । नगरवासीहरूमा नसर्ने रोगहरू क्यान्सर, मस्तिष्कघात, मृगौला र मुटु रोगका बिरामीहरू बढी देखिन थालेपछि नगरपालिकाले आफ्नै स्रोतबाट रु. १०,०००।– (दस हजार) र नेपाल सरकारबाट प्राप्त हुने नगद रु. १ लाखका दरले आर्थिक सहयोग प्रदान गर्ने नीतिबमोजिम चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा १०९ जना बिरामीहरूले सहयोग पाइसकेका छन् ।
नेपालमै पहिलो पटक दीर्घ दमखोकीको बिरामीको लागि श्वास प्रश्वास पुनःस्थापन केन्द्र सञ्चालनको तयारी गर्दै छौँ । त्यसको लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जापानमा गएर हाम्रा २ जना चिकित्सकहरूले तालिम लिइसक्नुभएको छ भने भक्तपुरमै ५ जना प्राविधिकहरूलाई जापानी विज्ञहरूबाट तालिम दिइसकेका छौँ । निकट भविष्यमै श्वास प्रश्वास पुनःस्थापन केन्द्र सञ्चालन गर्ने तयारीमा छौँ ।
संस्कृति संरक्षण ः
भक्तपुर नगरपालिकाले कला–संस्कृति र सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान गर्दै आएको छ । हरेक वर्ष प्रत्येक वडाबाट २ जना गरी नगरभरिबाट २० जना सांस्कृतिक गुरुहरूलाई नगदसहित सम्मान तथा विभिन्न सांस्कृतिक प्रतियोगिताहरू सञ्चालन गर्दै आएका छौँ । भर्खरै माघ २५ र २६ गते २ दिन भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न ग¥यौं । कुल ७७ समूहले भाग लिएको उक्त प्रतियोगिताबाट सांस्कृतिक सम्पदा नयाँ पुस्तामा हस्तान्तरण भएको अनुभव गरियो । नयाँ पुस्तालाई प्रोत्साहन दिन यस्ता गतिविधिहरूलाई निरन्तरता दिंदै जानेछौँ ।
गाईजात्रा पर्वलाई पनि थप व्यवस्थित गर्ने सोचले त्यसबेला प्रदर्शन भएका परम्परागत र आधुनिक सांस्कृतिक विधाहरूको छुट्टाछुट्टै मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गरियो ।
विद्यालय र कलेजहरूमा हाम्रा कला–संस्कृतिको महत्वबारे जानकारी दिन स्थानीय पाठ्यक्रममा व्यवस्था गरिएबमोजिम नयाँ पुस्तामा हाम्रो संस्कृति संरक्षणप्रति आकर्षण बढेको छ ।
पुनःनिर्माणः
२०७२ सालको भूकम्पले क्षति पु¥याएका ११५ भन्दा बढी सम्पदाहरूमध्ये हालसम्म ९१ वटा सम्पदाहरूको पुनःनिर्माण सम्पन्न भयो । त्यसको लागि नगरपालिकाले २५ करोड ४९ लाख ५२ हजार खर्च गरिसकेको छ । अभैm डेढ दर्जन पाटी–पौवा, ढुङ्गेधारा, सत्तल, मन्दिर पुनः निर्माणको क्रममा छन् । भनपा वडा नं. ५ स्थित भैरवनाथको मन्दिर हालै जीर्णोद्धार सम्पन्न भयो भने विश्व प्रसिद्ध ङातापोल मन्दिर, भनपा १ स्थित रानीपोखरी र भाज्यापोखरी पनि जीर्णोद्धार भइरहेका छन् । यी सबै कार्यहरू स्थानीय जनताबीचबाट गठित उपभोक्ता समितिमार्पmत भइरहेका छन् ।
सम्पदा पुनःनिर्माणमा मौलिकतालाई जोड दिंदै छौँ । संस्कृतिविद्, पुरातत्वविद्, इन्जिनियर, आर्किटेक्टलगायत विज्ञहरूसँग छलफल गरी परम्परागत निर्माण शैली र निर्माण सामग्रीलाई प्राथमिकता दिई कार्य गर्दै छौँ । २०७६ माघ २० गते भक्तपुर नगरपालिकाको आयोजनामा विश्व प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्वारबारे अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रममा उपस्थित विज्ञहरूको सुझाव अनुसार इ. चन्द्रकिरण कवांको संयोजकत्वमा प्राविधिक समिति गठन गरी कार्य अगाडि बढाइएको छ । यस्तै अन्य महत्वपूर्ण सम्पदाहरूको पनि अभिलेखीकरण गर्दै व्यवस्थित गर्दै आएका छौँ ।
दरबार क्षेत्रस्थित कला सङ्ग्रहालय रहेको न्हेकं झ्य दरबार, पहिले नगरपालिका रहेको थंथु दरवारलगायतका केही संरचनाहरू प्राविधिक कारणले निर्माणमा ढिलाई भइरहेको छ । अरनिको सभाभवन निर्माणको सम्पूर्ण डिजाइन कार्य तथा इष्टिमेटसमेत तयार भईसक्दा पनि प्राविधिक कारणले निर्माण अगाडि बढाउन सकेका छैनौं ।
नगरपालिकाभित्र भूकम्प पीडितहरूको लागि घर पुनःनिर्माण गर्न माटो जोडाइमा १०० प्रतिशत र सिमेन्ट जोडाइमा ७५ प्रतिशत छुटमा नक्सापास गर्दै आएका छौँ । करिब ८ हजार घरमा क्षति पुगेकोमा ६,८८८ लाभग्राही सूचीमा दर्ता छन् । त्यसमध्ये पहिलो किस्ता लिनेहरू ५,६५१ जना, दोस्रो किस्ता लिनेहरू १,९७१ जना र तेस्रो किस्ता लिनेहरूको सङ्ख्या १,७८८ जनामात्र रहेका छन् । भूकम्प पीडितहरूलाई एकमुष्ट रकम दिनुपर्ने र अनुदान रकम समयानुकूल वृद्धि गर्नुपर्नेमा हामीले जोड दिंदै आएका छौँ ।
विकास निर्माण ः
भक्तपुर नगरपालिका वडा नं. ९ च्याम्हासिंहमा ख्वप अस्पतालको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ । ३ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु भएको उक्त अस्पताल लक्ष्त्न्दा अघि नै सम्पन्न गर्ने प्रयास गर्दै छौँ ।
भेलुखेलस्थित ग्यः भिन्द्यो पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । अनुकूल समयमा पुलको उद्घाटन गरिने छ । सो पुल भक्तपुर नगरपालिकाले बनाएको अहिलेसम्मकै सबभन्दा ठूलो आधुनिक पुल हो ।
हनुमानघाट सुधार र त्यहाँका पाटी पुनःनिर्माण सम्पन्न भइसकेका छन् भने छिपा ताँ पुनः निर्माण भइरहेको छ । त्यसबाहेक राममन्दिर, बाराहीस्थान, धालाखुसीको पुल निर्माणमा पनि बजेट विनियोजन भई त्यसको डिजाइन कार्य अगाडि बढेको छ ।
वडा–वडामा थुप्रै विकास निर्माणका कार्यहरू भइरहेका छन् । भक्तपुर नगरपालिकाको बजेटबाट सञ्चालन हुने अधिकांश विकास निर्माणका योजनाहरू उपभोक्ता समितिमार्फत सञ्चालन गर्दै आएका छौँ । नगरपालिकाअन्तर्गत सञ्चालित तुमचो–दुगुरे–चोखा जग्गा एकीकरण आयोजना अन्तिम चरणमा पुगेको छ । त्यस्तै देको–मिवा–इटापाके जग्गा एकीकरण आयोजनाअन्तर्गत हाल निर्माण कार्य तीव्रगतिमा अगाडि बढिरहेको छ । लिबाली र कमलविनायक आवास क्षेत्रका सडकहरू कालोपत्रे गर्ने कार्य अघि बढिरहेको छ भने तुमचो–दुगुरे आयोजनाका सबै सडकहरू कालोपत्रे भइसकेका छन् ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग सहकार्य गरी भक्तपुर नगरपालिका वडा नं. २ सल्लाघारीमा ३ लाख लिटर क्षमताको पानी ट्याङ्की तथा प्रशोधन संरचना निर्माण गरी खानेपानी वितरण कार्य भइरहेको छ । लिबालीमा भएको डीप बोरिङको पानी केयुकेएलको समन्वयमा वितरण भइरहेकोछ ।
पर्यटन केन्द्रित गतिविधि ः
नेपाल भ्रमण वर्षको पहिलो औपचारिक कार्यक्रम भक्तपुरबाट भयो । २०७६ मंसिर २६ गते सन्ध्याकालीन सम्पदा क्षेत्र पदयात्रा गरी त्यसको सुरुवात भयो । दरबार क्षेत्र, टौमढी, दत्तात्रय हुँदै च्याम्हासिंहसम्म पैदलयात्रा गरी उक्त कार्यक्रम सम्पन्न भयो । पुरानो नगरको मूल सडकमा ढुङ्गा छाप्ने, सम्पदा क्षेत्रमा आवश्यक बत्तीको व्यवस्था गर्ने, ठाउँ–ठाउँमा शौचालय निर्माण गर्ने, महत्वपूर्ण सम्पदा क्षेत्रहरूमा सवारी प्रवेश निषेध गर्ने, पर्यटक सूचना केन्द्रहरूको व्यवस्था गर्ने काम भइरहेका छन् ।
स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक शान्ति सुरक्षातर्पm पनि हामीले ध्यान दिंदै आएका छौँ । ‘भक्तपुर सुरक्षित छ’ भन्ने सन्देश दिन प्रहरी प्रशासनसँग समन्वय गरी विभिन्न गतिविधिहरू गर्दै छौँ ।
यो वर्षदेखि सिद्धपोखरीमा नौका विहार सञ्चालन भएको छ । त्यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकहरूले बढी मनोरञ्जन लिन सकून् भन्ने उद्देश्यले त्यसलाई थप व्यवस्थित र विस्तार गर्ने तयारी गर्दै छौँ ।
भक्तपुर महोत्सव ः
नेपाल भ्रमण वर्षको अवसरमा २०७६ चैत ४ गतेदेखि ८ गतेसम्म ५ दिन भक्तपुर महोत्सव गर्दै छौँ । महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न नगर प्रमुखको संयोजकत्वमा १६१ सदस्यीय महोत्सव व्यवस्थापन समिति तथा आवश्यक विभिन्न उपसमितिहरू गठन गरी तयारी तीव्र पारेका छौँ ।
महोत्सवमा भक्तपुरको जीवन शैली, माटोका भाँडाको सीप प्रदर्शनी, स्थानीय उत्पादन, खाद्य उत्सव, दही उत्सव, पुस्तक तथा शैक्षिक प्रदर्शनी, सांस्कृतिक प्रतियोगिता, व्यापार मेला, महिला तथा बालबालिका मैत्री गतिविधिहरूलगायत प्रदर्शनी गर्ने योजना छ । यसमा सबैको सहयोग हुने हाम्रो अपेक्षा छ ।
खेलकुदः
सबै नगरवासीहरूलाई स्वस्थ बनाउने उद्देश्यले खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएका छौँ । निर्वाचन घोषणापत्रबमोजिम हरेक वर्ष एक वटा खेलको अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यो वर्ष यही फागुन ८ गतेदेखि १२ गतेसम्म अन्तरनगर एथ्लेटिक्सप्रतियोगिता सञ्चालन गर्दैछौँ । २०७६ कार्तिक १७ गतेदेखि २३ गतेसम्म सम्पन्न अन्तर विद्यालय खेलकुद प्रतियोगितामा ७२ विद्यालयका २,१०० खेलाडीहरूले सहभागिता जनाए । पुस २ गते नगरपालिका स्थापना दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारीहरूबीच छुट्टाछुट्टै खेलकुद प्रतियोगिताहरू सम्पन्न भए । खेलकुदलाई हरेक नागरिकको जीवनको एक अभिन्न अङ्ग बनाउने उद्देश्यअनुसार समय–समयमा विद्यालयहरूमा खेलकुद गतिविधि सञ्चालनमा जोड दिंदै छौँ ।
स्थानीय जनताको स्वास्थ्यलाई ध्यानमा राखेर प्रत्येक वडामा व्यायामशालाहरू बनाइसकेका छौँ । यसलाई स्कूल र कलेजमा पनि क्रमशः विस्तार गर्दै छौँ । ख्वप कलेज र ख्वप इन्जिनियरिङ्ग कलेजमा पढ्ने विद्यार्थीहरूले त्यो सुविधा पाइसकेका छन् । विद्यालय र कलेजहरूमा खेलकुद अभ्याससम्बन्धी तालिम पनि सञ्चालन गर्दै छौँ ।
सीपमूलक तालिम ः
युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्न पाक शिक्षा, फोटोग्राफी, रेडियो प्रस्तोता, पथप्रदर्शक, भाषालगायतका तालिमहरू सञ्चालन गर्दै आएका छौँ । किसान र महिला लक्षित माटो परीक्षण, कीटनाशक औषधि प्रयोग विधि, बेमौसमी खेती, कौसी खेती, ५ महिने कृषि प्राविधिक तालिमसम्पन्न ग¥यौं ।
बजार अनुगमन ः
नियमित बजार अनुगमनको क्रममा खाद्य, अखाद्य वस्तुहरू बेचबिखन गर्ने, मासु पसल, औषधि पसलजस्ता जनताको स्वास्थ्यसित प्रत्यक्षरूपमा जोडिएका विषयहरूको अनुगमन गर्दै आएका छौँ । अनुगमनको क्रममा म्याद नाघेका, कुहिएका वा खान अयोग्य देखिएका वस्तुहरू नष्ट गर्ने, कारबाही गर्ने, चेतावनी दिने र दण्ड जरिवाना गर्दै आएका छौँ । यस काममा प्रहरी प्रशासनको तर्पmबाट आवश्यक सहयोग प्राप्त भएको छ ।
Leave a Reply