खासाङखुसुङ खोला सफाइ अभियान चासो, बुझाइ र वास्तविकता
- असार १४, २०८३
दानबहादुर कपाली
‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने प्रधानमन्त्री केपी ओलीको ‘महावाणी’ माथि विचार गर्दा उनीमात्र होइनन्, देशमा कसैले पनि भ्रष्टाचार नगर्नुपर्ने हो । तर, भ्रष्टाचार भने व्यापक भइरहेको छ । भ्रष्टाचार नहुँदो हो त राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारको बहुआयामिक दुश्चक्र नियन्त्रण नगरिँदा सार्वजनिक सेवा प्रवाह दुरूह बन्दै समुन्नतिको बाटो अवरोध हुने कुरा भन्नुपर्दैनथ्यो । देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन र विधिको शासन कायम गर्न सबै क्षेत्रको सहकार्य र सहयोग जरूरी रहेको विचार राष्ट्रपति भण्डारीले किन व्यक्त गर्नुप¥यो ?
राष्ट्रपतिले भ्रष्टाचारका विभिन्न पात्र र प्रवृत्तिलाई पूर्णरूपमा निरूत्साहित नगरेसम्म राज्यले अपेक्षा गरेको सुशासन र समृद्ध नेपालको आकाङ्क्षा प्राप्त गर्न कठिन हुन्छ किन भन्नुप¥यो ? यसले नेपालमा भ्रष्टाचार व्यापक भएको सङ्केत गरेको छ ।
पञ्चायत र नेकाको पालामा भ्रष्टाचारले देश खाएको थियो । भ्रष्टाचार गरेरै अकुत सम्पत्ति कमाएका थिए–पञ्च र नेकाका नेताहरूले । त्यस्तै भ्रष्टाचार ‘कम्युनिस्ट’ भनिने सरकारको पालामा पनि जारी छ । नेकपाका जिम्मेवार नेता र सांसदहरू भ्रष्टाचारमा फसेका छन् । विकास योजनाको नाममा त्यसैमा कमिसन कुम्ल्याएर सम्पत्ति थुपारिरहेका छन् । जनतालाई विकास ल्याएको भनी फुक्ने तर त्यही विकासको रकम सिध्याउने कार्यकर्तामात्र होइनन्, सांसद र नेता धेरै छन् । अनियमितता गर्ने, घूस खाने, कमिसन लिने, ढिलासुस्ती गर्नेहरू वास्तवमा सत्तारूढ दल र प्रमुख प्रतिपक्ष दल नेकासितै बढी आबद्ध छन् । देशमा कुन एउटा मालपोत कार्यालय छ, जहाँ कसैले घूस लिंदैन । घूस लिँदालिँदै पक्राउ परेका समाचार हप्ता दिन नबिराएर आइरहेका छन् । यसले भ्रष्टाचार बढिरहेको पुष्टि हुन्छ ।
हो, भ्रष्टाचार अन्त्य गर्नुपर्छ । भ्रष्टाचार अन्त्य गर्न प्रतिबद्धता चाहिन्छ । प्रतिबद्धता व्यवहारमा लागू हुनुपर्छ । भ्रष्टाचार अन्त्य गर्न देशभरका कर्मचारीदेखि नेता, मन्त्री, सांसद, कार्यकर्ता र जनप्रतिनिधि इमानदार हुनुपर्छ । सच्चरित्रवान् हुनुपर्छ, स्वच्छ छविको हुनुपर्छ । सबैले आ–आफ्नो पदअनुसारको काम–कर्तव्य पालना गर्नुपर्छ । निःस्वार्थी हुनुपर्छ । देश र जनताप्रति जवाफदेही हुनुपर्छ । तर, सत्तारूढ दलले यसरी चरित्रवान नागरिक तयार गर्नेतर्फ कहिल्यै ध्यान दिएको छैन । न त नेकाले नै ध्यान दिएको छ । भ्रष्टाचारविरूद्धको अभियान आफ्नै मन्त्रिमण्डल, आफ्नै सांसद, आफ्नै पार्टीका नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूबाट थालिनुपर्छ । यस्तो अभियानको थालनी नभएसम्म, भ्रष्टाचारीमाथि कडा कारबाही नगरिएसम्म भ्रष्टाचार अन्त्य त के बढ्नेबाहेक घट्ने छैन ।
Leave a Reply