भर्खरै :

फाँसीवादी विचारको अवसानको आरम्भ

भारतको दिल्लीमा हालै सम्पन्न विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले कुल ७० सीटमा आठ सीटमात्र हात पा¥यो । आम आदमी पार्टीले भने ६२ सीट पाएर अभूतपूर्व विजय हासिल ग¥यो । निर्वाचन परिणामसँगै दिल्लीमा तेस्रो कार्यकालको लागि आम आदमी पार्टीका नेता अरबिन्द केजरिवाल मुख्यमन्त्री बन्दै छन् । राजधानी प्रदेशमै केन्द्रीय सरकारको नेतृत्व गर्दै आएको भाजपाको यस्तो लज्जाजनक हारले ल्याएको तरङ्ग भारतीय राजनीतिमा मात्र सीमित छैन, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवाहित भएको छ ।

मोदी सरकारप्रति भारतीय जनताको आक्रोश दिल्लीको चुनावमा पोखिएको छ । केही प्रचारमाध्यमले केजरीवालको विजयलाई ‘विकासको राजनीतिको विजय’ भनी व्याख्या गरे । तर, वास्तवमा दिल्लीमा केजरीवालको विजय मोदी सरकारप्रतिको असन्तोष र घृणाको परिणाम हो । यसअघि पनि तीन वटा प्रान्तमा भएको निर्वाचनमा मोदी सरकारले पराजय भोग्नुपरेको थियो । दिल्लीमा आम आदमीको विजय उसको उदारपन्थी नीतिको परिणामभन्दा पनि भाजपाको दक्षिणपन्थी धार्मिक अन्धतामा आधारित राजनीतिक कार्यक्रमप्रतिको जनअसन्तोष हो ।

सन् २०१९ को लोकसभा निर्वाचनमा हासिल गरेको विजयलाई भाजपाले मोदीको अघिल्लो कार्यकालको काम जनताबाट अनुमोदन भएको ठान्यो । चुनावी विजयबाट उन्माद चढेको हिन्दू अतिवादी भाजपा सरकारले भारतीय जनताको भावनाविपरीत एकपछि अर्को निर्णय ग¥यो । भारतीय संविधानले जम्मु र काश्मीर प्रान्तलाई दिएको विशेषाधिकार मोदी सरकारले खारेज ग¥यो । त्यस्तै, भारतीय राजनीतिक व्यवस्थाको धर्मनिरपेक्षताको भावना लत्याउँदै मोदी सरकारले धर्मको आधारमा नागरिकता दिने नयाँ कानुन लागू ग¥यो । भारतमा हिन्दू धर्ममा आस्था राख्नेको बहुमत छ । तर, संसारमा सबभन्दा धेरै मुस्लिम धर्ममा आस्था राख्ने जनता बस्ने देशमा भारत पनि शीर्ष स्थानमा पर्दछ । मोदी सरकारले भारतका तिनै मुस्लिम धर्मावलम्बीप्रति विभेदको नीति अवलम्बन ग¥यो । फलतः भारत आज विभेदकारी सरकारविरुद्ध आगो बनेर उठेको छ ।
मोदी सरकारप्रति भारतीय जनताको आक्रोश दिल्लीको चुनावमा पोखिएको छ । केही प्रचारमाध्यमले केजरीवालको विजयलाई ‘विकासको राजनीतिको विजय’ भनी व्याख्या गरे । तर, वास्तवमा दिल्लीमा केजरीवालको विजय मोदी सरकारप्रतिको असन्तोष र घृणाको परिणाम हो । यसअघि पनि तीन वटा प्रान्तमा भएको निर्वाचनमा मोदी सरकारले पराजय भोग्नुपरेको थियो । दिल्लीमा आम आदमीको विजय उसको उदारपन्थी नीतिको परिणामभन्दा पनि भाजपाको दक्षिणपन्थी धार्मिक अन्धतामा आधारित राजनीतिक कार्यक्रमप्रतिको जनअसन्तोष हो । सत्ताको उन्मादमा उन्मत्त भाजपालाई जामिया इस्मालिया विश्वविद्यालय, जेएनयूलगायत देशभरिका विश्वविद्यालयमा उठेको विद्यार्थी आन्दोलन, दिल्लीकै शाहिन बागमा भारतीय महिलाहरूको ऐतिहासिक धर्ना, काश्मीरका उठेको विरोधको आवाज, आसाममा उठेको जनसङ्घर्षलाई सजिलै दबाउन सकिने लागेको हुनुपर्छ । जनताको आन्दोलनलाई मोदी सरकारले लगातार उपेक्षामात्र गरेन, बरू दमनको ताण्डव नृत्य देखायो ।
लोकतन्त्रमा जनताले न्याय गर्ने समय भनेको चुनाव हो । आज दिल्लीमा भएको चुनावमार्फत जनताले भाजपालाई जनविरोधी निर्णयबापत सजाय सुनाएको छ ।
मोदी सरकारको फाँसीवादी नीति इतिहासले म्याद नाघेको घोषणा गरिसकेको विचार हो । फाँसीवादी नीतिले संसारलाई कदापि सही निष्कर्षमा पु¥याउन सक्दैन । भारत आज विभाजित हुनुको मूल कारण भाजपाको हिन्दू अतिवादी फाँसीवादी नीति हो । भारतीय जनताको मूल समस्या–बेरोजगारी, आर्थिक सङ्कट, अशिक्षा, भोकमरी, बलात्कार, विभेद आदिलाई मोदी सरकारले बेवास्ता गर्दै आएको छ । भारतीय जनतालाई ‘राम्रा दिन’ ल्याउने मोदीको वचनबद्धता ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भएपछि जनताको आँखामा छारो फाल्न भाजपा सरकार विभिन्न बखेडा थप्ने उद्योगमा लागेको छ । भारतीय जनतालाई भ्रममा पारेर आफ्नो शासन लम्ब्याउने मोदीको चालबाजीलाई जनताले गरेको बहिष्कारको शिलशिला हो–दिल्लीको चुनाव । दिल्लीको चुनाव फासीवादी विचारको पराजयको सुरुवात हो । हिन्दू अतिवादी शासन बहुमत भारतीय जनताको भावनाविपरीत छ । त्यसको पराजय अवश्यम्भावी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *