भर्खरै :

बीस वर्ष नपुग्दै विवाहः अधिकांश बच्चा कुपोषित

– लक्ष्मी भण्डारी
वीरेन्द्रनगर, १ फागुन । सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १७ वर्षीया सुनिता विक कलिलै उमेरमा विवाह बन्धनमा बाँधिनुभयो । उहाँ एक वर्षमै बच्चाको आमा बनिसक्नुभएको छ । सुत्केरी हुन स्वास्थ्य संस्था पुग्नुभएकी उहाँलाई स्वास्थ्य संस्थाले थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा पठायो । प्रदेश अस्पताल सुर्खेतमा उहाँको बच्चा जन्मियो तर बच्चा कम तौलको थियो । उहाँको बच्चाको तौल जम्मा एक किलो ७०० ग्राममात्रै छ । १५ दिनकी सुत्केरी उहाँ राम्रोसँग बोल्न पनि सक्नुभएको छैन । Fलामो व्यथा लागेकाले मलाई केही थाहा भएन”, उहाँले भन्नुभयो । बच्चाको अवस्था कस्तो छ र हुनुपर्ने कस्तो हो त्यो विषयमा केही थाहा छैन । विद्यालय पढ्दापढ्दै गाउँकै एक युवकसँग प्रेम विवाह भयो, कलिलो अवस्थामा आमा बनेकी उहाँलाई आमा हुँदा के–के गर्नुपर्छ राम्रोसँग जानकारी छैन ।
१७ वर्षमा विवाह बन्धनमा बाँधिनुभएकी सुर्खेत वीरेन्द्रनगर–६ की तुलसा सिंहको पहिलो सन्तान जीवित रहेन । गर्भवती भएको सात महिनामै जन्मिएको बच्चा बचाउन नसकिएको उहाँले बताउनुभयो । पहिलो सन्तान बितेको एक वर्षको अन्तरालमा लगातार दुई वटा सन्तान जन्मिए ।
पहिलो सन्तान छोरा जन्मिएको एक वर्षपछि छोरी जन्माइन् तर उहाँको छोरी कुपोषित भइन् । बर्सेनि बच्चा जन्माइरहने र आमालाई पोषणको कमी हुँदा उहाँका जन्मिएका बच्चा कुपोषित भएका हुन् । Fराम्रोसँग बच्चालाई खुवाउने दूध नआएकोले छोरीलाई कुपोषण भयो”, उहाँले भन्नुभयो । छोरीले दूध खुवाउँदा पनि नखाने गर्नाले पनि कुपोषण भयो छोराको त अवस्था ठिक्कै छ । छोरी कुपोषण भएपछि उहाँ उपचारको लागि प्रदेश अस्पतालको पोषण पुनःस्थापना गृहमा पुग्नुभयो । अहिले उहाँले विगत एक महिनादेखि पुनःस्थापनागृहबाट छोरीको उपचार गराइरहनुभएको छ ।
दैलेख पाचिकाडाकी सुन्तली शर्मा पनि कुपोषित बच्चालाई पुनःस्थापनागृहमा राखेर उपचार गराइरहनुभएको छ । सुन्तलीको १८ वर्षको हुँदा विवाह भयो १९ वर्षको हँुदा पहिलो सन्तानलाई जन्म दिनुभयो, Fमेरो उमेर नपुगेर मैले विवाह गरे बच्चा जन्माउने बेला धेरै पीडा भयो”, उहाँ भन्नुहुन्छ । घरमा घाँस दाउरा गरिरहनुपर्ने कामैकाम दूध खुवाउने पनि फुर्सदै पाइन । उहाँले न त आफूले पोषिलो खाना खान पाउनुभयो न त छोरीलाई राम्रोसँग दूध खुवाउन । यसले गर्दा उहाँको छोरीलाई कुपोषण भयो ।
कर्णाली प्रदेशमा कलिलै उमेरमा विवाह गरेका आमाबाट जन्मिएको अधिकांश बच्चामा कुपोषणको समस्या देखिएको छ । कम उमेरमा बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने विषयमा जानकारी नहुँदा कम उमेरमा बच्चा जन्माउने प्रवृत्ति अन्त्य हुनसकेको छैन ।
कर्णाली प्रदेशको प्रदेश अस्पतालको पोषण पुनःस्थापना गृहमा २० वर्षमुनिका बच्चाको आमा प्रायः आउने गरेका छन् । पुनःस्थापना गृहका प्रमुख प्रभा सिंहले पुनःस्थापना गृहमा आउने अधिकांश आमा २० वर्षमुनिको रहेको जानकारी दिनुभयोे । Fहामीले आमाको छुट्टै रेकर्ड नराखे पनि यहाँ आएकालाई सोधपुछको क्रमबाट पनि उनीहरू २० वर्षमुनिका रहेको पाइन्छ”, उहाँले भन्नुभयो । यस वर्षबाट बच्चासँगै आमाको पनि छुट्टै रेकर्ड राख्ने तयारी गरेका छौँ ।”
पोषणगृहको तथ्याङ्कअनुसार यस आर्थिक वर्षको साउनयता ६० बालबालिका उपचार गर्न पोषणगृहमा आएका छन् । तीमध्ये २१ बालिका र ३९ बालक रहेका छन् । शीघ्र कुपोषण भएका ३१ र मध्यम कुपोषण भएका २९ बालबालिका थिए । प्रमुख सिंहका अनुसार ४७ बालबालिका निको भएर गएका र छलाई अन्यत्र रिफर गरिएको छ । कुपोषणमा प्रायः पाँच वर्षमुनिका बालबालिका पर्ने गरेको जनाइएको छ ।
आव २०७५÷०७६ मा मात्रै गृहमा १०३ बालबालिका आएका थिए । कुपोषण पुनःस्थापना गृहमा आएका आमा र बालबालिलाई हामीले विभाजन गरेर राख्ने गरेका छौँ । उहाँले भन्नुभयो, Fअघिल्लो वर्ष शीघ्र कुपोषण भएका ६५ र मध्यम कुपोषण भएका ३८ आएका थिए कोही पूर्णरुपमा निको भएर गए भने कोहीबीचमै भागेर गएका थिए ।”
कर्णालीमा बालविवाहको दर बढ्दो छ । प्रसूति हुन स्वास्थ्य संस्थामा आउने एक चौथात्न्दा बढी किशोरी रहेको तथ्याङ्क छ । भेरीगङ्गा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी सीता शर्माका अनुसार नगरपालिकामा प्रसूति हुने झन्डै आधा सङ्ख्या २० वर्षमुनिको आमा रहेको बताउनुभयो । Fसुर्खेतमा बालविवाहको अवस्था भयावह छ”, उहाँले भन्नुभयो । जसले गर्दा कलिलै उमेरमा आमा बन्नेको सङ्ख्या धेरै छ । सानै उमेरमा बच्चा जन्माएका कारण पहिलो त आमा र बच्चाको ज्यान नै खतरामा पर्ने गर्दछ । बाँचेका बच्चा पनि कुपोषत हुनुको साथै विभिन्न रोग तथा सङ्क्रमणबाट ग्रसित हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *