भर्खरै :

भक्तपुर नगरपालिकाको छैटौँ नगरसभा चालू

भक्तपुर, ४ फागुन । भक्तपुर नगरपालिकाको छैटौँ नगरसभाको बैठक आइतबार पनि बस्यो ।
नगरसभाको विशेष समयमा १९ जना नगर सभासद्हरूले नगरको समसामयिक विषयवस्तुमा आ–आफ्नो धारणा व्यक्त गरे । सभामा शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका संयोजक रवीन्द्र ज्याख्व, निर्माण समितिका संयोजक उकेश कवां, युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, खानेपानी समितिका संयोजक महेन्द्र खायमलीले नगर सभासद्हरूद्वारा व्यक्त जिज्ञासामाथि प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाको छैटौँ नगरसभाको फागुन ४ गतेको बैठकले निम्नबमोजिमका निर्णयहरू गरेको छ ः
१. ऐतिहासिक तथा सांस्कृतिक राजधानीको रूपमा रहेको यस भक्तपुर नपामा सहरीकरणमा भएको वृद्धि र जनसङ्ख्याको बढ्दो चापका कारण वातावरणीय प्रदूषण बढेको अवस्थामा नगरपालिकाका विभिन्न स्थानमा हरियाली व्यवस्थापन र खुला स्थान व्यवस्थापन गर्ने क्रममा भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित चोङा पाँ क्षेत्र र भनपा वडा नं. ९ स्थित ब्रह्मायणी मन्दिर परिसरमा हरियाली पार्क तथा उद्यान बनाउन नेपाल सरकार, काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई अनुरोध गर्ने निर्णय ग¥यो ।
२. भक्तपुर नपा वडा नं. ७ स्थित हनुमानघाट परिसरमा घाट सुधार तथा हरियाली व्यवस्थापन कार्यका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिबाट योजना स्वीकृत भई हाल कार्य भइरहेको अवस्थामा सोसँग जोडिएको पाँचाखेलको वातावरण सुधार हरियाली पार्क तथा उद्यान निर्माण कार्यको गुरूयोजनाबमोजिम निर्माण कार्यका लागि सोही समितिमा अनुरोध गरी पठाउने निर्णय बैठकले ग¥यो ।
३. भक्तपुर नगरपालिकाको नाममा सञ्चालन भइरहेको बा ३ च ७१४९ नम्बरको एम्बुलेन्स र बा.३.च. ५४३ नं. को शवबाहन २२ वर्ष पुरानो भएको हुँदा मर्मत तथा इन्धनसमेत बढी लाग्ने, समय–समयमा बिग्री मर्मत गरिरहनुपरेको अवस्था हुँदा नियमितरूपमा सञ्चालन गर्न समस्या रहेको हुँदा आ.व. २०७६÷७७ को नगरसभाबाट स्वीकृत योजना तथा कार्यक्रममा १ थान एम्बुलेन्स र १ थान शव बाहन खरिद गर्नको लागि बजेट विनियोजन गरी भक्तपुर नपाअन्तर्गत ख्वप अस्पताल २५ शैय्याको स्वीकृत प्राप्त भएको र हाल सो अस्पतालबाट इमर्जेन्सी सेवासहित दैनिक करिब ५०० जनालाई विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ । निकट भविष्यमा १०० शैय्यामा सञ्चालन गर्ने गरी नगरपालिकाबाट आफ्नै स्रोतबाट अस्पतालको भवन तथा भौतिक संरचनाहरू विस्तार गर्ने निर्णय ग¥यो ।
स्थानीय तहले खरिद गर्ने एम्बुलेन्समा राजस्व छुटसम्बन्धी मापदण्ड, २०७५ मा व्यवस्था भएबमोजिम कर छुटसहित एम्बुलेन्स थान एक, शव वाहन थान एक खरिद गर्नको लागि एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०७३ बमोजिम प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिको सहमति प्राप्त गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालयलाई अनुरोध गरी पठाउने र सो समितिको स्वीकृति लिई नियमानुसार पाउने कर छुटको लागि एम्बुलेन्समा राजस्व छुटसम्बन्धी मापदण्ड, २०७५ को अनुसूची–१ को अनुसूची प्रमाणित गरी एम्बुलेन्स सञ्चालन गर्न राजस्व छुटको पूर्व सहमतिको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयमा अनुरोध गर्ने निर्णय बैठकले ग¥यो ।
नगरसभाको बैठक अर्को सूचनापछि गर्ने गरी स्थगित गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *